20240615

रुसले दाबी गरेको सम्पूर्ण क्षेत्रमा युक्रेनले आत्मसमर्पण गरेमात्रै युद्ध अन्त्य गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताए !

 रुसले दाबी गरेको सम्पूर्ण क्षेत्रमा युक्रेनले आत्मसमर्पण गरेमात्रै युद्ध अन्त्य गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन । राष्ट्रपति पुटिनले युक्रेनी अन्य भूभागलाई समेत गाभिने बताए । नेटोमा सामेल हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो निर्णयमा पुर्नविचार गर्नुपर्नेमा समेत पुटिनले जोड दिए । रुसले युक्रेन विरुद्धको युद्ध अन्त्यका लागि आफ्ना सर्तहरुलाई थप कडाईका साथ प्रस्तुत गरेको छ । पश्चिमी देशले गरेको प्रतिबन्धले रुसको अर्थतन्त्रलाई प्रभाव पारे पनि अपागंता नै भने नबनाएको राष्ट्रपति पुटिनको भनाई छ । स्विस शान्ति सम्मेलनको अघिल्लो दिन राष्ट्रपति पुटिनको यस्तो भनाई आएको हो । सो सम्मेलनमा करिब सय देशका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलनमा रुसलाई भने आमन्त्रण गरिएको छैन ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक