20240601

गुल्मेली सम्पर्क समाज रूपन्देहीले आफ्नो २१ औँ स्थापना दिवसका अबसरमा आयोजना गरेको कार्यक्रममा के के भयो ?



बुटवल / गुल्मेली सम्पर्क समाज रूपन्देहीले आफ्नो २१ औँ स्थापना दिवस समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, ब्रह्मनिष्ठ शन्त शिरोमणि श्री लोकानन्द स्वामीको प्रमुख आतिथ्य, उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत, तथा महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समाजको २१ औं स्थापनाका अवसरमा गुल्मी प्रभास स्मारिका लोकार्पण गरिएको छ । समाजले आफ्नो स्थापना कालदेखि वर्तमान समयसम्म गरेका कामको गतिविधिसहित गुल्मेली भाषा, कला, साहित्य, पर्यटन, शिक्षा, इतिहास, धर्म, संस्कृति, आयुर्वेदलगायत विविध विषयवस्तुलाई समेटेर ३६६ पृष्ठको स्मारिका तयार गरेको हो । 

स्मारिकाको  खण्ड ‘क’ मा गुल्मेली सम्पर्क समाज रूपन्देही र यस संस्थाको गुरुयोजना अनुसार सञ्चालित श्री शृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलनकेन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा संरक्षकत्व प्रदान गरेको छोरी शिक्षा कार्यक्रम एवम् समाजको भैरहवा शाखाको परिचय तथा गतिविधिलाई समेटिएको छ । 

स्मारिकाको खण्ड ‘ख’ मा गुल्मीसँग सम्बन्धित लेखहरू समावेश छन् । त्यसैगरी खण्ड ‘घ’ मा कविता, गीत, गजल, कथा, मुक्तक, लघुकथा आदि समावेश गरिएका छन् ।

खण्ड ‘ङ’ मा समाजका आजीवन सदस्यहरूको नामावली र समाजसँग सम्बन्धित गतिविधिलाई दृश्यमा प्रस्तुत गरिएको छ । 




कार्यक्रममा प्रमुख अतिथि ब्रह्मनिष्ठ शन्त शिरोमणि श्री लोकानन्द स्वामीले समाजले सामाजिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो  ।

विशिष्ट  अतिथि विशिष्ट  अतिथि  राष्ट्रिय सभा सदस्य माननीय विष्णु सापकोटाले गुल्मेली सम्पर्क समाजले गरेका प्रेरणादायी  रचनात्मक कार्यको अरुले पनि अनुकरण गर्नुपर्ने बताउनु भयो ।  विशिष्ट  अतिथि रेसुङ्गा नगरपालिकाका प्रमखु खिलध्वज पन्थीले समाजका काम सराहनीय रहेको बताउनुभयो । 

कार्यक्रममा  गुल्मी जिल्ला समन्वय समिति सदस्य सुनिता जि.सी. कुँवर तथा विशिष्ट अतिथि व्रहकुमारी शान्ति दिदीले गुल्मेली सम्पर्क समाजले अनुकरणीय र प्रशंसायोग्य काम गरेको बताउनुभयो । 

कार्यक्रममा प्रकाशन उपसमितिका संयोजक लोकनाथ उपाध्याय, आर्थिक व्यवस्थापन उपसमितिका संयोजक हेम थापा, सम्पादन मण्डलका संयोजक पुरुषोत्तम पाण्डेयले स्मारिका प्रकाशन, सम्पादन र आर्थिक व्यवस्थापनका बारेमा बताउनुभएको थियो । 



उक्त कार्यक्रममा  वरिष्ठ साहित्यकार ऋषिराम भुसालले स्मारिकाको सङ्क्षिप्त समीक्षा गर्दै स्मारिकाले गुल्मीका धेरै विषयक्षेत्र र समाजका गतिविधिलाई समेटेको बताउँदै आगामी दिनमा गुल्मी विद्वान् स्रष्टाका थप लेखहरू समेट्न सके स्मारिका अझ बढी स्तरीय हुने बताउनुभयो । 



उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ई. हिराबहादुर भलामी , स्मारिका प्रकाशन समितिका संयोजक तथा समाजका सल्लाहकार लोकनाथ उपाध्याय,  धामका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद ज्ञवाली, ज्येष्ठ  नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पान्डे तथा छोरी शिक्षा कार्यक्रमका संरक्षक ओमी पुन, सिनपा शाखा अध्यक्ष केशवराज ज्ञवालीले  समाजको २१ स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । 

श्री शृङ्गेश्वर धामको सभाहलमा भएको कार्यक्रममा समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले स्मारिका प्रकाशनका क्रममा अहोरात्र खट्नुभएका समाजका पदाधिकारी, प्रकाशन, आर्थिक व्यवस्थापन र सम्पादन मण्डलका संयोजक तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा थप रचनात्मक कार्य गर्दै जाने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा स्मारिका प्रकाशन, सम्पादन र आर्थिक व्यवस्थापन उपसमितिका पदाधिकारीलाई सम्मान पत्र तथा समाजमा आजीवन सदस्यता लिएका व्यक्तिव्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।













अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक