20240601

स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका नाममा !



पञ्चायतकालमा, त्यो बेला हामी विद्यार्थी, युवा थियौँ, रगत तातो थियो । तत्कालीन हाम्रा नेता भनाउँदाहरूले हामीलाई पञ्चायत, राजा र राजतन्त्र नै देशको मुख्य शत्रु हो भनेर सिकाए, हामीहरू नेताका अन्धभक्त भयौँ, पञ्चायती व्यवस्था - मुर्दावाद, बिरे चोर - देश छोड, पम्फादेवी ठकुरानी - मुर्दावाद, स्विस बैङ्कमा राखेको कालो धन - फिर्ता ले जस्ता अराजक नारा लगाउनु, देश भर पञ्चायत, राजा रानीका विरुद्ध जहर फैलाउनु हामी अन्धाहरूले राम्रो काम ठान्यौँ । तर ठिक उल्टो रहेछ वास्तविकता जुन आज देखिँदै छ भोगिँदै छ । ती राजा वीरेन्द्र होइन हामीलाई राजनीतिक जहर पिलाउने नेताहरू अपराधी रहेछन्, देशका शत्रु रहेछन् । आज मैले मात्र होइन लुटेराहरूका केही स्वार्थी मतियारहरू बाहेक हरेक नेपाली जन जनले पश्चात्ताप मान्ने दिन आएको छ ।

आज जेठ १९, इतिहासको कालो दिन । राजा वीरेन्द्र र सम्पूर्ण परिवारको राजदरबार भित्रै बीभत्स हत्या गरिएको र नेपाललाई २०० वर्ष पछाडि धकेलिएको दिन । राजन, तिमी र तिम्रो परिवार मात्र लगेनन् पापी, अधर्मी, अपराधीहरूले । तिमी सँगसङै स्वर्ग जस्तो नेपाल देश, संस्कृति, हर कुरा ओरालो लाग्दै गइरहेका छन् । तिम्रा विरुद्ध नाराबाजी गर्ने म लगायतका म जस्ता हरेक जन जनले अहिले पश्चात्तापको आगो पिएर बाँचिरहेका छौं । तिमी र तिम्रो योगदान स्मरण गरिरहेका छौँ ।  म जस्तै पश्चातापले तड्पिरहेका हरेक नेपालीहरुलाई पनि माफ गर राजन । हामीलाई पाप लागे जस्तै भएको छ जसले तिमी र देशलाई माया गर्ने त्यो धुरी आज निकै मिस गरिरहेका छौँ । राजन, तिमी र तिम्रो परिवारको स्वर्गमा बास होस हार्दिक श्रद्धा सुमन । हामीलाई सराप नदिए राजन । हामी यहाँ भन्दा बढी सराप भोग्न सक्ने अवस्थामा छैनौँ अब । तिम्रो सम्पूर्ण परिवारको आत्माले शान्ति पाओस् । हामी बाँचुन्जेल तिमी र तिम्रो परिवार, तिम्रो योगदान र देशभक्तिलाई सम्झिरहने छौँ, सलाम गरिरहने छौँ ।  

- रामप्रसाद खनाल


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक