20240603

गुल्मी जिल्लाको छत्रकोट गाउँ पालिकामा स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' सार्वजनिकीकरण एवम् सम्मान कार्यक्रम सम्पन्न


गुल्मी/ गुल्मी जिल्लाको छत्रकोट गाउँ पालिकामा स्थानीय पाठ्यक्रम  ''हाम्रो छत्रकाेट''  सार्वजनिकीकरण एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम ''हाम्रो छत्रकाेट'' (कक्षा १- ८) काे  छत्रकाेट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वनिकीकरण गर्नुभयो । उक्त अवसरमा आधारभूत तह तथा मावि तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका सयभन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरियाे । पाठ्यक्रम निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरियाे ।



पालिका अध्यक्ष रामप्रसाद पाण्डेले सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालकाे संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजान सफल भएकोले यो ऐतिहासिक दिन रहेको विचार उहाँले व्यक्त गर्नुभयो । ३.२ जिपिएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा हामीलाई चुनाैती र जिम्मेवारी थपिएको कुरा उहाँले झल्काउनुभयाे । गुरुहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले हाम्रो लक्ष्य सजिलै प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

 निवर्तमान अध्यक्ष मधुकृष्ण पन्तले आफूले २०७८ मा थालेको अभियानले आज पूर्णता प्राप्त गरेको विचार व्यक्त गर्नुभयो । व्यक्तित्वलाई विद्यार्थीलाई उत्कृष्ट बन्न शुभकामना व्यक्त गर्नुभयो । शिक्षकलाई पनि जिम्मेवारी र कर्तव्यबोध गर्नसमेत  सुझाव दिनुभयो । याे पुस्ताले भाेलिकाे पुस्तालाई समृद्ध  छत्रकाेटकाे जिम्मेवारी सुम्पन पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

उपाध्यक्ष सावित्रा ज्ञवालीले आजको दिन विशेष रहेको कुरा उठाई सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्व उपाध्यक्ष नर्मदा भण्डारीले हाम्राे पहिचान पाठ्यक्रममा समेटिएकोले खुसी लागेको विचार व्यक्त गर्नुभयो ।

   सामाजिक विकास संयाेजक गुणाकर ज्ञवालीले स्थानीय विषय र पहिचानकाे ज्ञान हुने कुरामा पाठ्यक्रम साधक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 पाठ्यक्रम निर्माण समितिका तर्फबाट उत्तरकुमार पराजुली, डा. टंकप्रसाद पन्थ र डा. नारायणप्रसाद पन्थले पाठ्यक्रमका विषय क्षेत्र, सान्दर्भिकता, शिक्षण विधि मूल्याङ्कनकाे सन्दर्भलाई जाेड दिई  कार्यान्वयन पक्षमा सक्रिय  सफलताको शुभकामना  व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूलाई स्वागत गर्ने काम प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले गर्नुभएको हाे । कार्यक्रमकाे सञ्चालन शिक्षाशाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियो ।

















अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक