20240604

भारतमा बढेको अत्यधिक गर्मीले दर्जनौँ मानिसको मृत्यु

 भारतमा बढेको अत्यधिक गर्मीले दर्जनौँ मानिसको मृत्यु भएको छ । करिब २५ हजार मानिस लु लागेर बिरामी भएका छन् । मार्चदेखि देशभरि फैलिएको गर्मीको लहरका कारण हजारौँ मानिसलाई लु लागेको सरकारी तथ्यांकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ उत्तर प्रदेश, बिहार र ओडिशा राज्यमा भर्खरै सम्पन्न आम निर्वाचनमा ड्युटीमा खटेका निर्वाचन अधिकारीसहित कम्तीमा ३३ जनाको मृत्यु भएको थियो । मे महिना मात्रै राजधानी नयाँ दिल्ली र राजस्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो । यसैबीच, भारतका उत्तर पूर्वी राज्य आसाममा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक