20240607

भारतको प्रधानमन्त्रीमा एनडीए गठबन्धनका नेता मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीमा नियुक्त, आइतबार साँझ ६ बजे शपथ लिने कार्यक्रम

 भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त हुनु भएको छ । एनडीए गठबन्धनका नेता मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न सफल हुनु भएको हो । एनडीएका सांसदहरुको बैठकले भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरुले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले पर्सि आइतबार साँझ ६ बजे शपथ लिने कार्यक्रम छ । सो सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ ।  नवनियुक्त प्रधानमन्त्री मोदीलाई राष्ट्रपति मुर्मूले शुभ साइतको दही खुवाएकी थिइन् ।     





अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक