20080927

स्याबाश दिनैपर्छ हाम्रा नेताहरुलाई !!

बरु बिदेशीले नेपालबाट सिके कशो होला ??????!!!!!!!!

काठमाडौं , भन्छन कोही सामन्ती शासन गयो, गणतन्त्र आयो, अझ कोही भन्छन अब नयाँ नेपाल बन्दै छ, यसो हेर्दा लाग्छ, साचै लाग्छ हाम्रा नेता हरुले नयाँ नेपाल गज्जब ले बनाउन थाले किनकी :
- ६०१ जनाको सदन
- हतियार सहित् माओवादी सदन मा
- गृहमन्त्री भन्छन हतियार बोक्न पाइदैन
- माओवादी भन्छन गृहमन्त्री को आदेश टेर पुछर लाइदैन
- कांग्रेस भन्छ प्रजातन्त्र मास्न दिदैनौ
- सदन छ अबरुद्ध
- बजेट आएको छ नौटंकी
- एकै पटक ८ जना मन्त्री छन बिदेश भ्रमण् मा
- पूर्व का बाढि पीडित भोकै छन, पश्चिम मा तेस्तै छ
- वाइशियल, युथ फोर्श , तरुन दस्ता कृयाशिल छन रचनात्मक काम मा
- सर्बहारा प्रधानमन्त्री लाई दुई लाख को पलङ नभै निन्द्रा पर्दैन, टाइ सुट नलाई नेपाली पोसाक हुँदैन, जेल नलगाइ कपाल कोरिदैन, श्री मती , छोरा छोरी नबोकी क्रम भङता हुँदैन
- राष्ट्रिय सेना र कथित जना सेना समायोजन् गरी राष्ट्रिय सेना बनाइदै छ
- मन्त्री आँफै जनता का घर जग्गा कब्जा गरी भुमी सुधार गर्दैछन
- भारतीय आशिर्बाद, चाइना र अमेरिका को आशिर्बाद थाप्ने होड छ
- गरीबी बेरोजगारी, अशान्ति, हत्या, आतंक, अपहरन, बन्द, बढ्दो छ
- तराइ अलग प्रदेश हुँदैछ
- कपडा सिलाउन, राम्ररी हलो जोत्न नजान्ने हरु एक्काइसौ सताब्दी को संबिधान लेख्दैछन
- देश को अर्थतन्त्र डामादोल छ
- स्वदेशी पुजी बिदेश पलायन हुँदैछ
- नसक्ने भारत , बिश तिश हजार जुटाउन सक्ने कतार, अरब , मलेसिया , अली सक्ने हरु अली राम्रा देश पलायन हुने क्रम जारी छ
- बुढा बुढी लुलालङदा अपाङ्ग बाहेक घर मा भेटिन गाह्रो छ
- जात जाती, भाषा भाशी, हिमाल पहाड तराइ नारा लाग्दै छ
- बजार भाउ आकासियेको छ
- मटितेल, डिजेल , पेट्रोल , ग्यास हाहाकार छ
- लोड्सेदिङ् ले बिजुली छैन
- उद्योग धन्दा ब्यापार चौपट छ
- जता हेर्यो उतै भताभुँग छ
- एउटै देश मा दुइवटा सेना छन
- प्रहरी सेना निस्क्रिय छ
- पढ्ने देखी पढाउने सम्म , गर्ने देखी गराउने सम्म सबै बिदेश पलायन हुने क्रम जारी छ
स्याबाश दिनै पर्छ हाम्रा नेताहरुलाई , यस्तो पो हुनु पर्छ है , बरु बिदेशी ले नेपाल बाट सिके कशो होला ??????!!!!!!!!

3 comments:

  1. lau hai, nepali news site arko thapiyechha, khushi lagyo.

    Sarad Thapa
    UK

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. "PEN IS MIGHTIER THAN SWORD BHANEKO THIKAI HO" banduk ko bal ma sattama aune kati din tikcha ra,bhasan ma euta kuro karya ma arko
    mantri huna pauda napaudei bidesh bhraman ko ghuicho, bhatta chei 360 dollar, gazab cha prachanda, afu matrei haina chora ra srimati sahit ko bhatta tyo pani dollar ma, je hos jati jogi aye pani kanei chireka. gazab le banne bhayo naya nepal. aru ko photocopy garera tasna namilne, natra switzerland banaisakeka thiye

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक