20080928

अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरीकाद्वारा अभिनन्दन

अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिकाका तर्फ बाट अभिनन्दित अमेरिकामा रहेका नेपाली हस्तीहरु : बाँया बाट क्रमश ए एन ए का पूर्व सभापति कृष्ण निरौला, नाशा बैज्ञानीक डा. महेन्द्र कार्की, दाँया बाट क्रमश नेपालहोरिजोन्स डट कम का सुबुप्रताप केसी, सगरमाथा टि भि का राम खरेल, रेडियो दोभान का तर्फ बाट डिक बहादुर तमाङ्, बिचमा आयोजक अन्तरराष्ट्रिय कलाकार मंचका सभापति एबम लोक गायक रामप्रसाद खनाल । ____________________________________________________________________________________ अमेरिकामा नेपाली मन्दिरको आठौ वार्षिकोत्सव र अभिनन्दन सम्पन्न
-कमल भट्टराईबाट-
अमेरिका (मेरिल्यान्ड्),नेपाली पशुपती बद्ध मन्दिरको आठौ वार्षिकोत्सव एबम अन्तरराष्ट्रिय कलाकार मन्च्,अमेरिकाको अभिनन्दन कार्यक्रम संयुक्त रुपमा मन्दिर पेरिसरमा सम्पन्न भएको छ। पन्डित श्रीधर ज्ञवालीबाट मन्दिरामा पूजा,अर्चना र डा. प्रमिला आचार्यद्वारा धार्मिक प्रवचन पछि मन्दिर परिसरमा आयोजित कार्यक्रममा नेपाल एजुकेसन कल्चर सेन्टरका अध्यक्ष एवं नाशाका बैज्ञानिक डा.महेन्द्र कार्की,एशोसिएसन अफ नेपलिज इन अमेरिकाज (ANA) पूर्व अध्यक्ष ई. कृष्ण निरौला,सगरमाथा टी. भि. अमेरिकाका संचालक तथा सस्थापक राम खरेल्,नेपाल होराइजन्स डट कम का संचालक, प्रधान सम्पादक सुबु प्रताप के सी ,रेडियो दोभान्,नेपाली पोस्ट डट कम लाई सेमत अन्तरराष्ट्रिय कलाकार मन्च,अमेरिकाका तर्फ बाट अध्यक्ष रामप्रसाद खनालले अभिनन्दन गर्नुभयो। अमेरिकामा ५ वर्ष भन्दा बढी समय देखि नेपाल र नेपालीका लागि बिभिन्न क्षेत्रबाट योगदान पुर्याएको आधारमा यो अभिनन्दन तय गरिएको र नेपाली कम्युनिटिका लागि योगदान दिनेहरुको अभिनन्दन जारी राखिने मन्चका अध्यक्ष खनालले बताउनुभयो। भिडियो तल हेर्नुहोश
भिडियो भाग एक:
भिडियो भाग दुई:
अध्यक्ष खनाल,डा. श्याम कार्की,ANS का अध्यक्ष प्रेम सङ्रौलाले अभिनन्दित व्यक्तित्वलाई माला लगाइ दिएर र अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अभिनन्दित व्यक्तित्वहरु डा महेन्द्र कार्की ई. कृष्ण निरौला,सगरमाथा टी. भि. का संचालक राम खरेलले यस किसिमका कार्यक्रम र अभिनन्दनले नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। डा. श्याम कार्की र प्रेम सङ्रौलाले समेत् मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,अमेरिकाका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

1 comment:

  1. great job, keep it up khanal ji.

    shisir
    Japan

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक