20080929

१४ वटै भुमिगत सशस्त्र समुहका नेताहरुको भारतको विहारमा संयुक्त बैठक, तराई पुन आतंकको घेरामा


उनीहरुलाई पक्राउ गर्न न नेपालवाट कुनै प्रयास भएको छ न भारतवाट नै !!!

तराईमा रहेका करिव १४ वटा विद्रोही समुहहरु अहिले भारतको विहारमा संयुक्त बैठक बसेर संयुक्त मोर्चा र संयुक्त कार्यक्रम निर्माणका लागि छलफलमा जुटेको समाचार प्रकाशमा आएको छ । बैठकमा १४ वटै भुमिगत सशस्त्र समुहका नेताहरुको सहभागिता रहेको छ । बैठकस्थल विहारको कटिहारीमा बैठक बसिरहेको शनिवार नै सार्वजनिक भएको हो । तर उनीहरुलाई पक्राउ गर्न न नेपालवाट कुनै प्रयास भएको छ न भारतवाट नै । बैठकमा जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वालािसंह जनतान्त्रिक मुक्तिमोचा रणवीर मधेसी टाइर्गस तराई मधेस मुक्ति टाइगस्र तराई कोब्रा तराई लिबे्रसन फोस्र मधेसी भाइरस्र किलस्र जयकृष्ण गोइतको अखिल तराई मुक्तिमोर्चालगायत १४ भूमिगत संगठनका नेताको सहभागिता छ । स्वतन्त्र तराईको राजनीतिक मागका साथ हतियारको बलमा अपाराधिक काम गर्दै आएका तराईका विभिन्न आपराधिक समुहहरु लामो समय मौन बसेपछि अब उनीहरु समाप्त भए भन्ने चर्चा चलेको थियो ।
कोसीमा आएको बाढिको कहरमा उनीहरु सबै बगे भन्ने जस्ता टिप्पणिहरु पनि नसुनिएको हैन । हुनपनि यो विचमा ज्वाला िसंह र जयकृष्ण गोइतका नाममा विज्ञप्तीहरु आएनन । तराईमा अपहरण र हत्याको श्रृंखला न्युन बनिसकेको थियो । त्यही विचमा सरकारको नेतृत्व परिर्वतनसंगै गृहमन्त्री बनेका बामदेव गौतमले अब सबै आपराधिक समुहलाई तह लगाउने घोषणा गरे । त्यसको पनि कुनै प्रतिकृया नआएपछि लौ अब सबै सकिएछन तराइका विद्रोही भन्ने शन्देस गएको थियो । तरहैन रहेछ । उनीहरुको मौनता त आधि आउनु अगाडिको सुन्यता समान रहेछ । उनीहरु तराईलाइ पुन आतंकको घेरामा पार्न भारतको विहारमा संयुक्त योजना निर्माणमा पो सकि्रय रहेका छन । - hamroblog

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक