20080927

रोइ कराइ गरेपनी प्रचन्ड को सुनुवाई अझै भएन अमेरिकामा..


जती हल्ला गरे पनि प्रचन्ड को प्रस्तुती फितल्लो नै देखियो र अन्य राष्ट्र प्रमुख तथा सरकार प्रमुख ले पनि तेती महत्व दिएको पाइएन प्रचन्ड लाई संयुक्त राष्ट्र संघ मा। बुश् ले ५ मिनेट भेट्दा संसार जितेजत्तिकै गरेका प्रचन्डको भाउ भने छोइनस्क्नु छ अमेरिकामा । आतंककारी सुची बाट हटाइदिन रोइ कराइ गरेपनी प्रचन्ड को सुनुवाई अझै भएको छैन यहाँ । संयुक्त राष्ट्रसङ्घको ६३ औ महासभामा प्रधानमन्त्री पुष्पकमल दाहालले आˆनो मन्तव्यमा भन्नुभएको छ- म यहा विश्वका नेताहरूको अघि उभिरहेका बेला म र मेरो दलले आमनागरिकलाई तत्कालीन राजनीतिक व्यवस्थाको युगीन दमन, उत्पीडन, उपेक्षा र अपहेलनाबाट मुक्त गर्ने एउटै मात्र लक्ष्य राखेर गरेको सङ्घर्षको स्मरण गर्न चाहन्छु ।
उहाले अगाडि भन्नुभएको छ- मेरो देशका महिला तथा पुरुषहरू हिमाल तथा उपत्यका, तराई तथा सहरी क्षेत्रमा दिनरात काम गरिरहेका छन् तर पनि उनीहरू अझै जीवनका सामान्य आवश्यकताहरू समेत पूरा गर्नसक्ने अवस्थामा छैनन् ।
आज मैलै सुदूरपश्चिमका दलित युवा, पूर्वी भेगमा थिचोमिचोमा परेका जनजाति महिला, घरबारविहीन थारू युवती र भूमिहीन मधेसी र पहाडी भेगका झुपडीमा बस्ने अन्य किसानको आाखामा विशाल आशा झल्किरहेको देखिरहेको छु- प्रधानमन्त्रीले विश्वका नेतासामु आˆनो मन्तव्यमा नेपालका वास्तविक चित्रलाई शब्दमा उतार्नु भएको छ । त्यस्तै प्रधानमन्त्री 'प्रचण्ड'ले गरिबीको समुद्र बीचमा रहेको सम्पन्नताको टापु कहिले पनि दिगो नहुने र यसले आपसी द्वोष बढ्ने तथा द्वन्द्वलाई बल पुग्ने हुदा त्यसबाट दीर्घकालीन रूपमा विकसित राष्ट्रको प्रगति कमजोर हुने बताउनुभएको छ ।
नेपालको शान्ति प्रक्रियाको बारेमा चर्चा गर्दै प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया आˆनै सिर्जनात्मकता भएको उल्लेख गर्नुभयो र यो विश्वका अन्य भागमा नमुना बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक राजनीतिक रूपान्तरणपछि सामाजिक-आर्थिक रूपान्तरण नै कार्यसूची रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको सामाजिक-आर्थिक रूपान्तरणका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसाग प्रभावकारी साझेदारी निर्माण गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले अल्पविकसित राष्ट्रहरूको फरक प्रकृतिका कारण उनीहरूमा जोखिम उच्च हुने उल्लेख गर्दै राष्ट्रसङ्घले ती मुलुकका समस्यालाई अलग्गै हेर्नुपर्ने र उनीहरूका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पनि सो सम्बोधनमा व्यक्त गर्नुभएको छ ।
नेपाल अल्पविकसित मुलुक मात्र नभएर भू-परिवेष्टित मुलुक पनि भएकाले विकासको चाहना परिपूर्ति गर्ने क्रममा दोहरो अप्ठ्यारोको सामना गरिरहनुपरेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ ।
यस्तै विकसित मुलुकहरूलाई उनीहरूले वाचा गरेका आˆनो गार्हस्थ उत्पादनको केही प्रतिशत अल्पविकसित मुलुकका लागि छुट्याउन र त्यो रकमलाई व्यापारमा सहुलियत प्रदान गर्न, ऋणमोचन तथा अन्य क्षमता अभिवृद्धिको कार्यक्रममा लगानी गर्न पनि आग्रह गर्नुभएको छ ।
साथै प्रधानमन्त्री प्रचण्डले मन्तव्यमा भन्नुभएको छ- हाम्रोतर्फबाट नेपालले विगतमा गरेको प्रतिबद्धताअनुसार नै गरिबी निवारण र गरिबमुखी सुशासनका नीतिलगायतका विकासका कार्यक्रमहरू पूरा गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
विश्वमा अहिले देखिएको जलवायु परिवर्तनबाट नेपाल पनि प्रभावित भएको र यहाा रहेका हिमाली शृफ्लालाई संरक्षण गर्नु आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको पर्यावरण संरक्षणका लागि सहयोग गर्न सबैसाग आग्रह गर्नुभएको छ ।
उहाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाका रूपमा जलविद्युत्को प्रशस्त सम्भावना रहेको र त्यसका लागि जलविद्युत् परियोजनामा लगानी गर्न प्रोत्साहित तथा आमन्त्रण गर्न नेपाल तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाल एउटा प्रजातान्त्रिक मुलुक भएकाले कुनै पनि परिस्थितिमा आˆना नागरिकहरूको मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताउादै भन्नुभएको छ- सरकार दण्डहीनताको वातावरण अन्त्य गर्न प्रतिबद्ध छ ।
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय शान्तिसुरक्षालाई प्रभावकारी बनाउन अहिले देखिएका थुप्रै चुनौतीको समाधान गर्न राष्ट्रसङ्घ आफैमा सुधार र यसको प्रजातान्त्रीकरण गर्नु आवश्यक रहेको पनि आˆनो मन्तव्यमा व्यक्त गर्नुभएको छ ।
राष्ट्रसङ्घको विश्व शान्ति कायम गर्ने सबै प्रयासमा नेपालले साथ दिने प्रतिबद्धता दोहोर्‍याउादै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- नेपाल आफै तरबारलाई कसरी एउटा हलोको फालीमा परिणत गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ ।
प्रधानमन्त्रीले नेपालले राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा शान्ति सेना पठाएर सहयोग गरेको स्मरण गर्दै नेपाली शान्ति सेनाले देश तथा विदेशमा देखाएको व्यावसायिक दक्षताबाट आफू गौरवान्वित भएको र शान्तिसेना पठाउने कार्यलाई निरन्तरता दिने पनि जनाउनुभएको छ ।
त्यस्तै नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको स्मरण गर्दै अल्पविकसित मुलुकहरूले सबै मुलुकबाट सबैखाले व्यापारजन्य उत्पादनको भन्सार तथा कोटामुक्त बजार पाउनुपर्ने कुरा पनि आˆनो मन्तव्यमा व्यक्त गर्नुभएको छ ।
उहााले नेपाल शान्ति प्रक्रियाबाट अघि बढिरहेका बेला विश्व खाद्य सङ्कट तथा खनिज तेलको मूल्यमा भएको वृद्धि र जलवायु परिवर्तनको खतराले पनि गाज्न पुगेको मन्तव्यमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै नेपालमा केही समयअघि मात्र एसिया प्रशान्त क्षेत्र हेर्ने राष्ट्रसङ्घीय निःशस्त्रीकरणको कार्यालय स्थापनामा सहयोग पुर्‍याएको तथा राष्ट्रसङ्घीय नियोग अनमिनको स्थापनाका लागि पनि राष्ट्रसङ्घ र विशेषगरी महासचिवलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

1 comment:

  1. yo 15 thausand people marne aparadhi ko tauke lai aatankakari ko suchi bata hataye kaslai rakhne ho ??, tesaile USA le hataunu hudaina. chal hernu ni hatiyaar, sampatti kabja, atanka jari nai chha.

    Kaml kc
    newyork

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक