20081003

नयाँ नेपालका नयाँ प्रधानमन्त्री प्रचण्डको आश्चर्यजनक प्रस्ताव ““देशभरिका जेलहरू खाली गरौं, सबै कैदीहरू छोडिदिऔं”


कपालमा जेल, गालामा र जुंगामा तेल, नेपाली पोसाक दौरा सुर्वाल को साटो टाइ सुट लगाएर, मोडेल बनेर श्रीमती र कम्प्युटर अप्रेटेर छोरा सहित् हिंड्ने हाम्रा महान क्रान्तिकारी, सर्बहारा का नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूका नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले गणतन्त्र आएको खुशीयालीमा देशभरिका जेल खाली गरौं भन्ने प्रस्ताव राखेपछि अन्य नेताहरू झस्किएका थिए। प्रधानमन्त्री प्रचण्डले 'विजया दशमीको अवसरमा जेलका कैदीहरू छोड्ने प्रचलन यसपालि नि गणतन्त्र आएको खुशीयालीमा देशभरिका जेलहरू खाली गरौं, सबै कैदीहरू छोडिदिऔं' भन्ने प्रस्ताव राखे!
प्रचण्डको त्यस्तो प्रस्ताव सुनेपछि सबैभन्दा बढी एमालेका नेताहरूले आक्रोश व्यक्त गर्दै त्यसो गरे कानुनी राज र गणतन्त्रकै खिल्ली उड्ने बताएपछि प्रचण्डपछि हट्न बाध्य भएका प्रचण्डले हिजो राखेको प्रस्ताव भने जेल नै खाली बनाउने भन्ने थियो। यसको अर्थ ज्यानमारा, डकैती, बलात्कारी, लागूऔषध ओसार–पसारमा संलग्न, तस्कर, महिला बेचबिखनकर्ता र अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिसँग जोडिएका सबै कैदीहरू मुक्त गर्न खोजेको नै देखिन्छ। प्रचण्डले हठातमा त्यस्तो प्रस्ताव किन ल्याएका हुन् भन्ने कुराको खोजी हुन आवश्यक छ। तर, जानकारहरूका अनुसार, प्रचण्डको उक्त प्रस्तावका पछाडि काठमाडौं जेलमा रहेर मुद्दा खेपिरहेको अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजलाई जेल मुक्त गर्ने नियत लुकेको देखिन्छ। शोभराजलाई जेल मुक्त गराउन नेकपा माओवादीको नेतृत्व तहसम्म प्रयत्न भइरहेको समाचार केही समययता प्रकाशमा आएका छन्। नेकपा माओवादीका सभासद्समेत रहेका अधिवक्ता खिमलाल देवकोटाकी अधिवक्ता श्रीमतीले नै शोभराजका तर्फबाट अदालतमा बहस गर्दै आएकी छिन्। उनीलगायत माओवादीका केही नेता र सभासदहरूमार्फत् माओवादी नेतृत्वमाथि शोभराजलाई छुटाउन दबाब पर्दै आएको बताइन्छ। प्रचण्डले सत्तारुढ दलका नेताहरू समक्ष जेल खाली गर्न प्रस्ताव राखेपछि त्यसको प्रतिवाद गर्दै अन्य दलका नेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूलाई विचार गर्नुपर्छ भनेपछि गृह र कानुन मन्त्रालयका अधिकारी रहेका कार्यदल बनाउने र त्यसको प्रतिवेदनका आधारमा दशैंमा उदारतापूर्वक केही कैदी छोड्ने निर्णय भएको छ।
यसै बिच रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता केपी शर्माओलीले माओवादी एकदलीय अधिनायकवादतर्फ उन्मुख भएको, जनगणतन्त्रको नाममा पालपोटशैलीको शासन ल्याउन खोजिएको आरोप लगाउनुभयो।
तत्कालका लागि सहमति र सहकार्यको विकल्प नभएको अवस्थामा माओवादीले द्वन्द्व चर्काउन खोजेको ,जनगणतन्त्रका नाममा तानाशाही राज्यव्यवस्था ल्याउन खोजे माओवादीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो। उहाँले नेपाली सेनालाई अपमानित गर्ने काम एमालेका लागि सह्य हुननसक्ने भन्दै राष्ट्रिय सेनालाई खलबल्याउने कुनै पनि नीति स्वीकार्य नहुने प्रस्ट पार्नुभयो। माओवादीले कार्यकर्तालाई एक थरी र विदेशीसंग अर्को थरी कुरा गरेर झुक्याउने काम गरिरहेको आरोप समेत उहाँले लगाउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक