यसैबीच, संविधानसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एकजना वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादीले विगतका सम्झौता पालना नगरे संविधानसभाबाटै विद्रोह थाल्ने चेतावनी दिएका छन्। पौडेलको जोड थियो- माओवादीले शान्ति सम्झौता र त्यसपछिका सबै सहमतिहरुको अक्षरस: पालना गर्नुपर्छ र देशभर कब्जा गरिएका सम्पत्तीहरु १५ दिन भित्र फिर्ता गरिने भन्ने माओवादी उद्घोषको कार्यान्वयन हुनु पर्छ। उनले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डका भनाइहरुको समेत तिब्र आलोचना गर्दै भने,“प्रधानमन्त्रीले यहि रोष्ट्रमबाट बहुदलीय व्यवस्थाप्रति अनास्था देखाउनुले देशभर जनताहरुलाई चिन्तित बनाएको छ।” नेपाली कांग्रेसका अर्का वक्ता पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नयाँ बजेटले माओवादी पूर्व लडाकुहरु र माओवादी कार्यकर्ताहरुलाई पोस्ने काम गरेको दोहोर्याएका थिए। प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणकार्यलाई सहज बनाउन नेपाली कांग्रेसलाई समेत ६ दलीय सरकारमा सहभागी गराउने कुरा गरिरहेका छन्। यस्तो समयमा दुबै पक्षबीच जारी आरोप प्रत्यारोपले राम्रो संकेत नगर्ने कतिपय विश्लेषकहरुको धारणा छ।
यता सरकारले लगाएको थप पाँच प्रतिशतको सेवा कर अभिभावक एवं बिरामीहरुले तिर्ने बीलमा जोडिएर आउनेछ भन्दै निजी स्कूल तथा अस्पताल सञ्चालकहरुले एउटा सरकारी निर्णयका कारण सर्वसाधारणहरुलाई शिक्षा र स्वास्थ्य झनै महंगो पर्न जाने चेतावनी दिएका छन्।
सरकारले मानिसको आधारभूत अधिकार मानेको शिक्षा र स्वास्थ क्षेत्रमा त्यसरी थप कर लगाएर अन्याय गरेको आरोप व्यवसायीहरुले लगाएका छन्। सरकारको निर्णयले मारमा पर्ने ठानिएका अभिभावकहरु पनि आक्रोशित भएका छन्। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले थप कर फिर्ता नलिए आन्दोलन गरिने चेतावनी दिए। "हामी भद्र अवज्ञा आन्दोलन गर्छौं। अभिभावकहरुलाई नतिर्न भन्छौं र निजी स्कूलहरुसंगपनि यस विषयमा सहकार्य गरेर अगाडि बढ्छौं।" निजी अस्पताल सञ्चालकहरु पनि उत्तिकै आन्दोलित भएका छन्। निजी स्वास्थ्य संस्था संघका अध्यक्ष डा: भोला रिजालका अनुसार यसले बिरामी, चिकित्सक, मेडिकल विद्यार्थी तथा नर्सिङ क्षेत्रलाई असर पार्नेछ। सरकारी निर्णयमाथि गम्भीर आपत्ति जनाउने निजी व्यवसायीहरु त्यसले गर्दा उपभोक्ताहरु मारमा पर्ने वताउँछन्। उसै त राम्रो शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति खर्च जुटाउन हम्मेहम्मे परिरहेको बेला उपभोक्ताहरु सरकारको नयाँ निर्णयले आफ्ना खल्ती रित्तीने पो हो कि भनेर चिन्तित भएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले असन्तुष्टि जनाउँदै भने, "एकातिर शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्या'छौं भन्ने अर्कोतिर कर बढाउने?


नेपालका निर्माता prthibi narayan saha का सालीक तोड्ने मात्र होइन, जोड्ने, माया गर्ने को पनि सन्ख्या कम छैन : सालीक रङ रोगन पछी सालीक लाई माया गर्दै एक सर्बसाधारण - photo nepaljapan
hoina ho hamro nepal aba somalia hunenai bhayo ta hagi.
ReplyDelete- hari silwal
belgium