20081103

होइन सम्माननिय ज्यु शुट टायी कता ??


भन्दा जनता का लागि तर वास्तवमा सत्ता र कुर्सिका लागि राजनीति गर्ने हाम्रा पछिल्ला सम्माननिय प्रधानमन्त्री राजनीति मा जती रुप फेर्न माहिर हुनुहुन्छ त्यती जनता लाई बोको बनाउन पनि, नपत्याये हेर्नुश त दौरा सुर्वाल को बली चढायेका प्रचन्ड दम्पत्ती सोझा साझा गुरुङ मगर लाई बेकुफ बनाउन उनिहरुको ड्रेस मा, होइन सम्माननिय ज्यु शुट टायी कता राख्नुभाछ हँ ???

तिहारमा बाँदरलाई टिका र टोपी लगाइदिएर राष्ट्रपती र प्रधानमन्त्री लाई ब्यंग
घामको उज्यालोमै, सुरक्षाकर्मीको नाकैनिर र मानिसको भीडभाडमै अपहरण, हत्या र लुटपाट हुने नेपालमा कहिलेकाहीँ आल्हादकारी र उच्च मानवीय संवेदनाको दृष्टान्त दिने घटना पनि समाचार बन्छन् । स्याङ्जाकी एक महिलाले राज्य र पारिवारिक सम्बन्धलाई मीठो व्यंग्य हुनेगरी यसपटकको तिहारमा बाँदरलाई भाइटीका लगाइदिएको घटना यस्तै सुखद समाचार बन्न पुगेको छ । हेर्दा सामान्य लाग्ने यस घटनाले धेरै प्रकारका सन्देश दिन्छ नेपाली संस्कृतिको महत्ताबारे धेरै लेखिन्छन् । नेपाली संस्कृतिको सौन्दर्य, मानवीय पक्ष र उज्यालो पक्ष भन्नेबित्तिकै प्राचीनतासँग गाँसेर हेर्ने र नवीकरण गर्न नचाहने मूढाग्रही पक्ष एकातिर बलशाली छ भने त्यसलाई पूरै निषेध गरेर हेर्ने कथित् आधुनिक पुस्ता पनि कमजोर छैन । तथापि, तिहार यस्तो महापर्व हो, जसले हाम्रा सम्बन्धको पुनरुत्थान गर्छ, हाम्रो सामाजिकतालाई पुनर्परिभाषित गर्न मद्दत गर्छ र सहज मानवीय चासोलाई प्रकट गर्ने अवसर दिन्छ । ६ दाजुभाइकी दिदी स्याङ्जा सिर्सेकोट-४ की सीतालाई संस्कृतिका यस्ता नानाथरी 'इन्टरप्रिटेसन’बारे ज्ञान भए पनि, नभए पनि बाँदरप्रति उनले प्रकट गरेको प्रेम कम चाखलाग्दो छैन ।
नेपाली विद्युतीय सञ्चारमाध्यमले तिहारमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रमुख हस्तीहरूले टीका लगाए/नलगाएको फेहरिस्त दिइरहँदा सीताले बाँदरलाई ढाकाटोपी लगाइरहेकी थिइन् । राष्ट्रपति यादव र प्रधानमन्त्री प्रचण्डले आफ्नी दिदीबहिनीबाट टीका थापेनन्, कांग्रेसप्रमुख गिरिजा र एमालेका वरिष्ठ नेता माधव नेपालले टीका थापे । उता स्याङ्जाकी २४ वर्षे सर्वसाधारण युवतीले आफूकहाँ आफ्ना दाजुभाइ नआए पनि आफूले परिवारका सदस्यझैँ गरी पालन-पोषण गरिराखेको बाँदरलाई भाइ मानिन् । लाग्छ, नेपाली राजनेता र नेपाली जनताबीच यस्तै विपरीतार्थक सम्बन्ध विद्यमान छ । राष्ट्रपति र प्रधानमन्त्रीका दिदीबहिनीले यस्तो दृष्टान्त प्रस्तुत गरेको भए अझ प्रभावकारी व्यंग्य हुने थियो । सीताले आफ्ना दाजुभाइको लाममा बाँदरजस्तो मनुष्यको निकट प्राणीलाई थपेर नेपाली संस्कृतिको व्यापकतालाई अझ फराकिलो पारिदिएकी छिन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक