-संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराँती
सरकारका तर्फवाट ब्यवस्थापिका संसदको वैठकमा जवाफ पेश गर्दै प्रधानमन्त्रीले विगतमा भएका सवै सहमति पालना गर्ने, द्वन्दकालमा कब्जा गरिएको जग्गा फिर्ता गर्ने तथा त्यसको क्षतिपूर्ति समेत उपलब्ध गराउने, वाइसिएलको अर्धसैनिक कार्यशैली भंग गर्ने तथा राजनीतिक दलका नेताहरुको दोहोरो सुरक्षा ब्यवस्था हटाइ केवल राज्यले जिम्मा लिने प्रतिबद्धता जनाए लगत्तै दुई घण्टा बित्न नपाउदै नेपालमा अब ८०० जिल्ला बनायिदैछ भन्दै हिंडेका सरकारकै अर्का मन्त्री संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराँतीले सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई श्रीपेच लगाएर पुनः गद्दीमा राख्नु र त्यस्तो सम्पत्ति फर्काउनु उस्तै हो भन्नुभयो । माओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले 'फिर्ता गर्न मिल्ने जति सबै सम्पत्ति र घरजग्गा फिर्ता गरिसकिएको छ, अब बाँकी फिर्ता गरिंदैन, जनविरोधीका रूपमा चिनिएकाहरूको घरजग्गा कब्जा गरिएको हो, त्यो फर्काउनुपर्छ भन्ने केही छैन' भन्नुभयो । सञ्चारकर्मीको एक जिज्ञासाको जवाफमा उहाँले विगतमा कब्जा गरिएका घर-जग्गा र सम्पत्ति फिर्ता नगरिने स्पष्ट गर्नुभयो । झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा मन्त्री किराँतीले अन्य दलको असहयोगी भूमिकाका कारण सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभयो । सरकारले पेस गरेको आर्थिक कार्यक्रम तथा नीति सदनबाट पारित भएपछि मात्रै संविधान लेखन प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव झलनाथ खनालले जनयुद्धका समयमा कब्जा गरिएका जनताको सम्पत्ति माओवादीले फिर्ता गर्नुपर्ने बताउनुभयो ।
मन्त्रीहरुवार्ता गर्न भारतीय भूमिमा
वार्ता समितिका सदस्य एवं स्थानीय विकासमन्त्री रामचन्द्र झा, अर्का सदस्य एवं शिक्षामन्त्री रेणु यादवले सशस्त्र समूहहरुका प्रतिनिधिसित वार्ता गर्न भारतीय भूमिमा पुगेका छन्। उनीहरुसित भेट गर्न सशस्त्र समूहका केही नेताहरु पनि त्यहाँ पुगेका छन्। तराईमा चार दर्जन जति सशस्त्र समूहहरु सकृय छन्। सरकारले दसैंदेखि नै उनीहरुसित वार्ता हुने भन्दै आएको थियो। तर सशस्त्र समूहहरुले आफूहरूले राखेको शर्त पूरा नभएसम्म वार्तामा नबस्ने अडान राख्दै आएका छन्। उनीहरुले सरकार वार्ताप्रति इमान्दार नभएको आरोप समेत लगाउन थालेका छन। वार्ताको प्रयास भैरहँदा तराईमा फेरि अपहरण, चन्दा असुली र हत्या जस्ता हिंसात्मक घटनाहरु बढन थालेका छन्।
माओवादी नेताहरु झुट बोल्न कती माहिर
माओवादी नेताहरु झुट बोल्न कती माहिर हुन्छन भन्ने कुरात बिगतका हजारौं घटनामा उनिहरुले देखाएका चरित्रले स्पस्ठ पारिसकेको छ । पहिला होइन भन्ने, त्यस पछी हामी घटनाको छानबिन गर्छौ भन्ने , लुकाउन नसके गल्ती भएछ भन्ने, दोशी लाई कारबाही गर्छौ पनि भन्ने, आयी उपाय नलागे पछी हामीबाट गल्ती भयो आत्मालोचन गर्छौ भन्ने, यो बानी पारिसकेका माओवादीले फेरी अर्को झुट बोलेर दुनियाँ लाई लाज लाग्ने गराएका छन । त्यो हो चितवन को घटना, हेर्नुश तल यो समाचार :
रक्षामन्त्री रामबहादुर थापा बादलले काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न कालिबहादुर खान विविधलाई आफूले भेटेको भन्ने समाचार निराधार र झूटो भएको दाबी गरेका छन ।
व्यवस्थापिकाको हैसियतमा आईतबार बसेको बैठकमा जवाफ दिँदै मन्त्री थापाले निर्वाचन क्षेत्रको कार्यक्रमका सिलसिलामा आफू कार्तिक ४ गते चितवन गएको भए पनि दिनभरी नै औपचारिक काममा व्यस्त रहेको दाबी गरे, मन्त्री थापाले व्यक्ति हत्याको आरोप लागेका र आफ्नो पार्टीले समेत कारावाही गरेको व्यक्तिलाई आफूले भेट्ने भन्ने प्रश्नै नआउने दाबी गर्दै आफ्नो पद र जिम्मेवारीप्रति आफू सचेत रहेको जाली कुरा गरे, कानुनी शासनको पालनामा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री थापाले दोषीलाई कारवाही र पिडितलाई क्षतिपूर्ति दिने दाबी गरे,यसअघि सभामुख सुभाष नेम्वाङले प्रकासित समाचारका सम्बन्धमा जानकारी गराउन मन्त्री थापालाई रुलिङ गरेका थिए, मन्त्री को यो झुट कुरा सुनेर चितवन मात्र होइन सिङो नेपाल तिन्छक परेकोछ किनकी बादलले भेटेको सत प्रतिसत सत्य हो
कब्जा गरिएका घर जग्गा फिर्ता गर्नुपर्ने
नेपाली काङग्रेसले शान्ति प्रक्रिया र बजेटसम्बन्धी ९ बुँदे मागपत्र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बुझाएको छ । काङग्रेसको संसदीय दलको बसेको बैठकको निर्णयअनुसार माग पत्र बुझाइएको हो । माओबादीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, कब्जा गरिएका घर जग्गा फिर्ता गर्नुपर्ने लगायतका मागहरु कांग्रेसले राखेको छ ।
यस्तै वाइसियलको अर्धसैन्य कार्यशैलीको अन्त्य हुनुपर्ने, माओबादीले कब्जा गरेको घरजग्गा अविलम्ब फिर्ता गर्नुपर्ने, माओबादीबाट अतिक्रमण गरिएको सरकारी कार्यालय फिर्ता गर्नुपर्ने माग पनि कांग्रेसले अघि सारेको छ ।
यसैगरी, राजनितीक दलका नेताहरुकालागी सरकारले व्यवस्था गरेको सुरक्षा बाहेक अलग सुरक्षा सँयन्त्र नराख्ने, सहमतिको कार्यान्वयन नभएकोमा गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने काङग्रेसले माग गरेको छ । भौतिक योजना मन्त्रालय र स्थानिय विकास मन्त्रालय अन्तर्गत गत बर्षदेखी चालु रहेका योजनालाई विना भेदभाव रकम विनीयोजन गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेसको मागपत्रमा अहिलेको बजेटमा हटाइएको सँसदीय क्षेत्र विकाश कार्यक्रमलाई पुर्नस्थापना गर्नपनि प्रधानमन्त्रीको ध्यानकर्षण गराइएको छ । काङग्रेसले आफ्ना मागहरु बजेट पारित हुनुभन्दा अगाडीनै कार्यान्वयन हुनुपर्नै बताएको छ ।
20081109
2 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
बादलले या पत्रकारले, आखिर कसले झुठ बोल्यो ?
ReplyDelete"विविधसंग एक दुई पटक मात्र हैन पटक पटक भेट भएको छ । कुराकानी भएको छ । फोटोमा मात्र देखेको भएपनि झुक्किएको पो हो कि भन्नु । टाढावाट देखेको भएपनि के हो के हो भन्ने हुन्थ्यो । राम्रैसंग परिचित मान्छे माओवादीकै नम्बर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भएपनि उनी यति नजिकवाट गए कि अनुहार देखिने अलिकति पातोसम्मको हाम्रो दृष्टी पुगेको थियो । त्यसैले यो भ्रम हो भन्ने लागेन ।"
व्यापारी रामहरी श्रेष्ठका हत्याको आरोपी विविधसंग रक्षा मन्त्री रामबहादुर थापा बादलले भेटेका हुन या हैनन अहिले यसैमा बहस गरम छ । बादलले आइतवार संविधान सभा बैठकमा स्पष्टीकरण िदंदै आफुले विविधसंग नभेटेको दावी गरे । तर तत्काल उनले विविधसंग भेटेको दावी गर्ने चितवनका पत्रकारहरुले संयुक्त प्रेस विज्ञप्ती नै जारी गरेर यसको प्रतिवाद गर्दै भने-बादलले झुठ बोले । तर किन वास्तवममा वादललले झुठ बोलेका हुन कि पत्रकारले प्रश्नको जालो जेिलंदै गएको छ । यसैविचमा चितवनका पत्रकार रमेशकुमार पौडेलले त्यो दिनलाई जस्ताको तस्तै उतारेका छन । त्यही यहां प्रस्तुत गरेको छु ।
बादलले किन झुट बोले ?
-रमेशकुमार पौडेल
कार्तिक ५ गते माओवादी तेस्रो डिभिजन कमाण्डर विविध सांझ सांढे पांच वजेतिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन । यो मेरो आंखाले देखेको कुरा हो । यो दृष्टीभ्रम पनि हुनसक्छ भनेर त्यहा आएका ब्यक्ति विधि हुन या होइनन भन्नका लागि क्रस चेक गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियो । तर आइतवार रक्षा मन्त्री बादलले विविध त्यहा नआएको कुरा सदनमा भनेको सुन्दा अचम्म लाग्यो ।
त्यसदिन दिउसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार वजे त्यही बजेको थियो । त्यहावाट निस्केर अफिस आइपुग्दा नपुग्दै पांच वजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने खवर आयो । क्रान्तीकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म समयमै जिल्ला कार्यक्रमस्थलमा पुगेको थिए । तर रक्षा मन्त्री बादलले जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए ।
प्रशासनको कायौलयको सभाकक्षभित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलका उत्तरतर्फको झ्यालमा गएर केही बेर मैले बादललको कुरा सुने । त्यत्ति बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने- जेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाइ आम माफि दिएर छाडिदिए हुन्छ । फेरी सबैलाई छाड्नुपर्छ भनेको पनि हैन । शोभराज जस्तालाइ छाड्न पनि भएन ।
पत्रकार भेटघाट अलि अबेला हुने छांट देंखेपछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यष्क्ष कृष्ण गिरी लगायत अरु दुई जना साथिहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन शुरु नहुंदासम्म चौरमै गफगर्ने योजना बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौं बाहिर सडकमा एउटा सेतो जिप देखियो । गाडि अनमिनको हो कि भन्यौं तर गेटतर्फ सोझिएपछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो ।
पहेलो सेतो हरियो गरेर तीन रगंको समिश्रण भएको सो नम्बर प्लेटमा बा ००१ अ सम्मको अक्षर मैले अझै झुलेको छैन । अ पछाडिको ४० देखी ५० सम्मको विचको हुनुपर्छ । अनि गेटवाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर् यो जो विविध थिए । हामी उभिएकैतर्फ जीप आयो । बाटो टोडिदियौं । त्यसपछि विविध झरे । अभि भत्र देखेको मान्छे विविध हुन भन्ने उनी झरेपछि थप पक्का भयो ।
विविधसंग एक दुई पटक मात्र हैन पटक पटक भेट भएको छ । कुराकानी भएको छ । फोटोमा मात्र देखेको भएपनि झुक्किएको पो हो कि भन्नु । टाढावाट देखेको भएपनि के हो के हो भन्ने हुन्थ्यो । राम्रैसंग परिचित मान्छे माओवादीकै नम्बर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भएपनि उनी यति नजिकवाट गए कि अनुहार देखिने अलिकति पातोसम्मको हाम्रो दृष्टी पुगेको थियो । त्यसैले यो भ्रम हो भन्ने लागेन ।
त्यत्तिबेला साथमा क्यामरा थिएन । अरु कसैको म्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यत्ति बेलासम्ममा विविध कार्यालयभित्र छिरिसकेका थिए । साथिहरुको माझमा पुगेर म फेरी बाहिर निस्किए । त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिकै सर्ट पाइन्ट लगाएकी एक जना युवति मोवाइलमा भन्दै थिइन- म यहां विविध सरसंग जिल्ला प्रशासनमा छु । जीवत दाइको बारेका कुरा गर्नुपर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं । उनले नाम लिएको जीवीत रामहरी हत्याप्रकरणमा अदालतले र्पुपक्षका लागि भरतिुर कारागार पठाएका तेस्रो डिभिजन वि्रगेड कमाण्डर हुन ।
त्यसपछि म पुन भवन भित्र छिरे । एकजना पत्रकारले भने-विविध र बादल कानेखुसी गरेर उता कोठातिर लागे । म क्यामेरा खोज्ने चक्करमा थिए । फेरी बाहिर निस्किए । कान्तिपुर दैनिकका विनोद त्रिपाठी आउंदै हुनुहुन्थ्यो । र्दुभाग्य उहांसंग पनि क्यामरा रहेनछ । उहासंग विविधले बादल भेटेको कुरा भयो ।
चितवन पोष्टको अफिसमा पुगेर यो विषयमा चर्चा भयो । हतार गरेर समाचार नलेख्ने सल्लाह भयो । अनी त्यही सल्लाह अनुसार तेस्रो डिभिजनमा पुन फोन सम्पर्क गरे । त्यहांको एकजना आधिकारीक ब्यक्तिसंग मोवाइलमा सम्पर्क भयो । उनले भने-हो विविध सर हिजोदेखी यतै हुनुहुन्छ सायद आज भरतपुर पनि पुग्नुहोला ।
यत्ति भएपछि जिल्ला प्रशासनमा देखेको ब्यक्ति विविध हैनन भन्ने शंक गर्ने ठाउं रहेन । अब उनी त्यसरी हिड्न पाउंछन या पाउदैनन भन्ने बुभुनु थियो । अदालतले उनलाई फरार अभियुक्त भनेको थियो । फरार अभियुक्त देखेका प्रहरीले पक्राउ गरी अदालतमा बुझाउनुपर्छ । चितवन पोष्टमा सात गते समाचार आयो । कान्तिपुरमा नौ गते । कतैवटा खण्डन आएन समाचारको । तर संविधान सभाको बैठकमा कुरा उठेपटि जवाफ दिन बनाध्य भएका बादलले भेटेको हैन भनेर ढांटे । कस्तो विडम्बना ।
-पौडेल चितवनपोष्ट पत्रिकासंग आवद्ध पत्रकार हुन ।
कोमल वली, माओवादीपीडित गायिका
ReplyDelete२४-कार्तिक-२०६५,आइतवार
० माओवादीपीडितका नाममा सुरक्षा घेरा तोडेर संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई भेटेर माओवादीलाई दबाब दिन भन्नुभएको थियो। मुनले दबाब दिएछन् त?
– नेपालको शान्ति प्रक्रियालाई ठोस निकास दिन राष्ट्रसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसकारण महामहिम महासचिव मुनको भ्रमणमा स्वागत गर्नु हामी सबै नेपालीको कर्तव्य हो। र, मैले पनि त्यही कर्तव्य ठानेर स्वागत गरे। मैले मुनलाई भेट्नुको मूल उद्देश्य भनेको द्वन्द्वकालमा माओवादीले कब्जा गरेको घर–जग्गा फिर्ता गराउन महासचिव मुनमार्फत प्रधानमन्त्रीलाई दबाब पुगोस् भन्ने हो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई के भन्नुभयो, थाहा छैन। र, अहिलेसम्म केही भएको पनि छैन। हामी विस्थापितको उद्देश्य भनेको मुनलाई हाम्रो समस्या समाधान भएको छैन भनेर देखाउने, सुनाउने मात्रै हो।
० विस्थापितको मुद्दा राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रियकरण गर्न खोज्नुभएको हो?
– हामीले शान्ति प्रक्रियालाई ठोस निस्कर्षमा पुर्याउन विस्थापितको समस्या पनि सँगसँगै सम्बोधन गरिनुपर्छ भन्ने उद्देश्यले मुनलाई भेट्ने योजना बनाएका थियौं। विस्थापितको समस्यालाई लिएर माओवादीको छवि अन्तर्राष्ट्रियस्तरमा बद्नाम गराउने उद्देश्य मेरो होइन। विगतमा भएका सहमति कार्यान्वयन गर्न संघले दबाब देओस् भन्नेबाहेक अर्थ नलागोस्।
० सरकारको नेतृत्व गरिरहेको माओवादीको राजनीतिक छविलाई नकारात्मक असर पर्नेगरी जबरजस्ती मुनलाई भेट्दा गलत अर्थ लाग्दैन र?
– विस्थापितको वास्तविक अवस्थालाई प्रस्ट पार्न खोजेको मात्रै हो। विगतमा सरकार–माओवादीबीच भएका सम्झौता कार्यान्वयन भएको छैन र यसमा राष्ट्रसंघले प्रधानमन्त्रीलाई दबाब देओस् भन्ने चाहना हो।
० देशकै प्रधानमन्त्री, राष्ट्रपतिलाई भेटेर दबाब दिन सकिँदैनथियो?
– मैले यहाँका राजनीतिक दलका नेता तथा मन्त्रीलाई पटक–पटक आग्रह गरेकी छु। र, प्रधानमन्त्री प्रचण्डलाई दशंैपछि एमालेले आयोजना गरेको चियापान कार्यक्रममा पनि भनें। एमालेका पूर्वमहासचिव माधव नेपाल, महासचिव झलनाथ खनालको सहयोगमा प्रचण्डलाई भेटेको थिएँ। त्यतिबेला प्रचण्डले तपाईंको जग्गा कब्जा भएको छ र? मलाई थाहा छैन भन्नुभयो। मैले सबै जानकारी गराएपछि, सबै विवरण उल्लेख गरी सम्पर्क नम्बर दिनोस्, म बढीमा तीन–चार दिनमा फिर्ता गरिदिन्छु भन्नुभएको थियो। अहिलेसम्म केही खबर पाएको छैन। प्रधानमन्त्रीका नजिकका मान्छेलाई मेरो कुरा भनिदिनोस् भन्दा प्रधानमन्त्री 'मलाई थाहा छ' मात्र भन्नुहुन्छ अरे।
० तपाईंको जग्गाचाहिँ कति कब्जा गरेका छन्?
– मेरो घर–जग्गा ०६१ सालमा कब्जा भएको हो। त्यतिबेलाको धानबाली लुटेर लगेका छन्। मेरो नामको एक बिगाहा, मेरो बाको नामको एक बिगाहा, दाइको नामको दुई बिगाहा, भाइको नामको दुई बिगाहा, आमाको नामको एक बिगाहा र बहिनी पे्रक्षा वलीको नामको १० कट्ठा गरी जम्मा आठ बिगाहा जग्गा माओवादीको कब्जामा छ।
० अहिले त्यो जग्गामा को बस्छ?
– त्यसमा माओवादी बसिरहेका छन्। मैले सुनेअनुसार हाम्रो घरमा बस्नेको छोरा प्लाटुन कमान्डर छन्।
० तपाईंलाई राजावादी भनेर कि सामन्त भनेर घर–जग्गा कब्जा गरेका हुन्?
– राजावादी भनेर कब्जा गरेका हुन्। मेरो दाइ शाही शासनकालमा दाङमा मेयरमा चुनाव लड्नुभएको थियो। र, म पनि राजसंस्थाप्रति आस्था राख्ने मान्छे थिएँ र छु। ज्ञानेन्द्रको सहयोगी नबन्नुहोस् भनेर घरमा थ्रेटन दिइरहेका थिए।
० शाहीकालमा किन राजाको पछि–पछि लाग्नु भो त?
– राजाको भ्रमणमा मलाई राम्रो उद्घोषिकाका रूपमा रेडियो नेपालले पठाएको हो। मैले हरेक ठाउँमा जाँदा रेडियो नेपालको चिठी लिएर मात्र गएकी छु। संस्थाप्रतिको आस्था भनेको व्यक्तिको आफ्नो स्वतन्त्रताको कुरा हो। राजावादी भएर मैले नाजायज फाइदा पनि लिएको छैन। राजाको पिछा लागेर न कही जिएम भएँ, न रेडियो नेपालमा बढुवा भएँ। न त मन्त्रीहरूको प्रेस सल्लाहकार नै भएँ। त्यसकारण कसरी म राजावादी भएँ?
० अहिले पूर्वराजावादी र दरबारका मान्छेसँग कत्तिको सम्पर्क हुन्छ?
– अहिले खासै सम्पर्क, भेटभाट छैन। दरबारका मान्छे पनि तितरबितर भएका कारण पनि होला।
० दशैंमा पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाउन जानुभयो?
– यसपालि दशैंमा म देशबाहिर थिएँ। त्यसकारण जान पाइनँ। मलाई शुभकामनाचाहिँ ज्ञानेन्द्रबाट भएको थियो। खास काम नपरेर पनि भेटघाट नभएको हो।
० सबै दलका नेतासँग तपाईंको सम्बन्ध घनिष्ठ छ भनिन्छ, माओवादी नेतासँग किन नभएको हो?
– सबै दलका नेतासँग घनिष्ठ सम्बन्ध छैन। तर धेरै दलसँग चिनजान छ। र, माओवादीका नेता तथा सञ्चारमन्त्री कृष्णबहादुर महरासँग पनि राम्रै चिनजान छ। तर उहाँ दाङबाट निर्वाचित प्रतिनिधि पनि हुनुहुन्छ। तर उहाँले पनि खासै पहल गर्नुभएको छैन। मलाई पनि थाहा छैन, किन हो माओवादी नेतासँग सम्बन्ध विस्तार हुन सकेको छैन। सबै राजावादी माओवादी भएका छन्, गणतन्त्रवादी भएका छन्। मलाई सहयोग गर्ने नेतामा त खुमबहादुर खड्का दाइ नै हुनुहुन्छ। उहाँ मन्त्री भएका बेला कुनै 'वादी' नछुट्याई सहयोग गर्नुहुन्थ्यो।
० अहिले कुन राजनीतिक दलसँग निकट हुनुहुन्छ त, धेरै राजावादी माओवादी भएका छन्?
– खासमा म नेपाल सरकारको कर्मचारी हो। र, राजनीति गरेर नेता बन्ने इच्छा छैन। संविधानसभा निर्वाचनमा केही दलबाट उम्मेदवार बन्न आग्रहचाहिँ गरिएको थियो। अहिले खास दल विशेषसँग सम्बन्ध छैन। सञ्चारकर्मी भएको नाताले धेरै नेतासँग चिनजान भएकाले सहयोगचाहिँ माग्छन्।
० कुन–कुन दलबाट उम्मेदवार बन्न आग्रह गरिएको थियो?
– मलाई कमल थापा दाइको राप्रपा नेपालबाट अनुरोध गर्नुपर्ने हो त्यो भएन। राजासँग खास सम्बन्ध नभएका पशुपतिशमशेर राणाको राप्रपा र सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीबाट आग्रह गरिएको थियो। र, माओवादीबाट पनि सहयोगको अपेक्षा गरिएको थियो।
० तर तपाईंलाई माओवादीपीडितका नामबाट राजनीति गरेको भनिन्छ नि?
– विस्थापितको सम्पत्ति फिर्ता हुनुपर्छ भन्दा राजनीति हुन्छ जस्तो लाग्दैन। रेडियो नेपालको एउटा जिम्मेवार सञ्चारकर्मी मात्रै हो। त्यसकारण मेरो इच्छा अहिले राजनीति गर्ने छैन।
० तपाईंहरूलाई बान की मुनका अगाडि आन्दोलन गर्नचाहिँ कसले उकासेको हो?
– हामी स्वतःस्फूर्त आन्दोलनमा उत्रिएका थियौं। बान की मुन नेपाल आएकै दिन विमानस्थलबाट ह्यात होटल जाँदा शान्तिपूर्ण रूपमा झन्डासहित सडकमा निस्कने भनेका थियौं। करिब डेढ सयको संख्यामा ब्यानरसहित विमानस्थल गेटमा पुग्यौं। तर साँझ परिसकेको हुनाले मुनले ब्यानर देखेनन् भन्ने लागेर भोलिपल्ट होटलमै भेट्न गएका हौं। हाम्रो मुनलाई केही नभनी ब्यानर मात्रै देखाउने उद्देश्य हो।
० मुनलाई भेट्ने योजना कहिले बनाउनुभएको हो?
– मुन काठमाडौं आएको दिनमै मैले योजना बनाएकी थिएँ।
० तपाईंको मुनलाई भेट्ने योजना कस्तो थियो?
– मुन होटलबाट ८ बजे बाहिर निस्कने थाहा पाएकी थिएँ। त्यसैअनुसार गाडी लिएर साढे सातमा ह्यात होटल पुगें। र, सरासरी भित्र गएँ। गेटमा कुनै जाँचपास भएन। मुन बस्ने कोठा छेउमा पुगेपछि मात्रै सुरक्षाकर्मीले सोधखोज गरे। धेरै सुरक्षाकर्मी सादा पोसाकमा थिए। मुन निस्कने ढोका छेउमा बसें। तर सुरक्षाकर्मीले त्यहाँ नबस्न र मुनलाई कुनै अवरोध गर्न निवेदन दिन नपाइने बताइरहेका थिए। केही समय भनाभन पनि भयो। मेरो सहयोगी बजिर थापालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। मैले तीनवटा निवेदनपत्र बोकेकी थिएँ। एउटा सुरक्षाकर्मीले खोसेर लिए। एउटा झोलामा थियो, त्यो झोलासँगै लगे र एउटा काखीमा च्याँपेर बोकेकी थिएँ। मुन ढोकाबाट बाहिर निस्कने बित्तिकै काखीको निवेदनपत्र दिएँ। म ढोकाबाट निकै टाढा भए पनि मुन निकै चाँडो फड्को मार्नुहँुदोरहेछ, तीन–चार फड्कोमा म भए ठाउँमा आइपुग्नुभयो। उहाँले आश्चर्यचकित हुँदै पत्र लिनुभयो। सुरक्षाकर्मी पनि छक्क परे। र, मलाई समातेर सुरक्षाकर्मी बस्ने कोठामा लगे। बाहिर मूलगेटमा माओवादीपीडित संघको नाममा ब्यानर देखाउने योजना थियो।
० सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि के गरे?
– खास केही भनेनन् र गरेनन् पनि।
० सरकारी सुरक्षा संयन्त्र त कमजोर रहेछ होइन?
– मलाई पनि अचम्म लाग्यो। मुनको सुरक्षा व्यवस्था कडा गरिएको छ, भनिएको थियो। तर म विनाचेकजाँच भित्र पस्न सफल भएँ।
० व्यक्तिगत कुरा गरौं, तपार्इं विवाह नगरेर पनि चर्चित हुनुभाछ, होइन?
– खै किन हो, मैले विवाहप्रति त्यति धेरै चासो दिएकी छैन। तर विवाह मानिसका लागि आवश्यक छ।
० कहिले गर्ने त?
– मैले केही वर्षदेखि विवाह गर्छु भनिरहेको छु। तर मिलिरहेको छैन। सायद यस वर्ष गर्छु कि!
० विवाह हुन नसकेको कारणचाहिँ के हो नि?
– खास कारण केही छैन। कहिले मेरो व्यस्तताको कारण हुन सकेन, कहिले मैले चाहेर पनि भएन। र, केही वर्ष विवाह आवश्यक नठानेर बिते।
० उमेरले विवाहलाई असर गर्दैन अब त?
– ३४–३५ वर्ष भएँ, उमेरले विवाहलाई असर गर्छ जस्तो लाग्दैन।
-साँघु साप्ताहिक