20081119

माओवादीद्वारा दुइ युवकको निर्मम हत्या

काठमाडौं तातिसकेको छ , चक्का जाम सुरु भएको छ, जताततै माओवादी बिरुध्द आवाज उठ्न थालेका छन, अब कुन बेला माओवादी ले माफि माग्ने हुन हेर्न बाँकी नै छ ।एक महिनाअघि माओवादी कार्यकर्ताद्वारा बेपत्ता काठमाडौंका दुइ युवकको शव धादिङको पीडा गाविस-३ स्थित दरिङ्गालखोलाको बगरमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ। पीडित परिवार, सञ्चारकर्मी, मानवअधिकारकर्मी र प्रहरीको टोलीले मंगलबार साँझ साढे ७ बजे ती शव एउटै खाल्डोमा पुरिएको अवस्थामा फेला पारेको हो। पीडित परिवारजनले भेटिएका शव आफन्तको भएको पुष्टि गरेका छन्। गत कात्तिक ३ गते काठमाडौं स्युचाटार गाविस-२ का २२ वषीय पुष्कर डंगोल र सोही ठाउँका २४ वषीय निर्मल पन्त मनकामनाको दर्शन गरेर र्फकने क्रममा मलेखु आएर खाजा खाँदै गर्दा अपहरणमा परेका थिए। उनीहरू एमालेनिकट युथफोर्सका कार्यकर्ता भएको आरोपमा माओवादीनिकट वाईसीएलका कार्यकर्ताले अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी गराए। उनीहरूका अनुसार शुरूमा पीडा गाविसको ढुँडेनीको जंगलमा ती युवकको शव गाडिएकोमा कात्तिक १० गते राति डेढ सयको संख्यामा आएका माओवादी कार्यकर्ताले दुवै शवलाई एउटै काठमा बाँधेर अनकन्टार रहेको दरिङ्गालखोलाको भोर्ले बगरमा लगेर गाडेका थिए। यसअघि माओवादीले आफना कार्यकर्ताद्वारा कसैलाई पनि अपहरण नगरिएको दाबी गरेको थियो भने त्यसबारेमा बुझन यसअघि माओवादी नेता पोस्टबहादुर बोगटी र एमाले नेता केशव बडालले समेत अपहरण भएको ठाउँको भ्रमण गरेका थिए। मंगलबार भेटिएका शवको वरपर नीला डोरी भेटिएका थिए भने एउटै काठमा बाँधेर काठसहित शव गाडिएको थियो।
मंगलबार त्यर्सतर्फ लागेको टोली र्टच लाइट र राँको बालेर घटनास्थलमा पुगेको थियो। पीडित परिवारले हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। घटनास्थल पुगेका मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधि कृष्ण गौतमले घटना माओवादीबाट नै भएको बताउँदै सो घटनाको कडा भर्त्सना गरेका छन्। उनले घटना अमानवीय भएको जनाउँदै दोषीलाई कडा कारबाहीको मागसमेत गरेका छन्। दुवै शवलाई प्रहरीको गाडीमा राखेर पोस्टमार्टमका लागि मंगलबार राति नै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ।
"नयाँ नेपालका जनमत प्राप्त भन्ने सत्तासिन् माओवादीहरुले बिगतमा १५ हजार मान्छेको रगत पिएर नपुगेर अझै पनि हत्या आतंक जारी राखेका छन, प्रचन्ड को काबु बाहिर देखिन थालेका उन्का ती उध्दन्ड अपराधीहरुले हाम्रा कलीला छोराहरुको पनि रगत चुसे, हामीलाई असहाय बनाये, माओवादी अपराधी नै हुन, यिनिहरु कहिलै सुध्रिने वाला छैनन, यि रक्त पिपासु हरु लाई कदापी माफ गर्न सकिदैन, एमाले पनि यिनै अपराधीहरुको पिछलग्गु भएर जनता का छोरा मार्ने अपराधी हरु संगै सती जादैछ" यसै भन्दै छन हत्या गरिएका दुई युबाहरुका आफन्त। यसै भन्दैछन काठमाडौं बाशीहरु ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक