बाउले बिहे गर्दीएनन् पोर पनि...
मंसिर पनि लाग्यो । कृष्ण दङग पर्यो । कती पट्ट्यार लाग्दा ति महिनाहरु, उस्ले मन्मनै सराप्यो । बर्से झरी पछी आएका दसैं र तिहारमा पनि उस्लाई खासै मज्जा आएन । रमाइलो गर्ने भनेर जेन्तेन हिड्यो तर उस्को मन कतै रमाएन । गीत र संगीतमा सबै झुमेर नाचिरहदा कृष्ण ट्वाल्ल परेर एकोहोरीरहन्थ्यो । मन्मा जब बैसको हुरी चल्छ, मान्छे बिहेमा गएपनी, जन्त गएपनी वा भिडमै बसे पनि खासै फरक पर्दैन । मनमा आधी बेहरी चलेको हुन्छ । उस्को मन अन्तै हुन्छ । कृष्णलाई त्यस्तै भएको छ । घुम्दै फिर्दै फेरी मङ्सिर आयो । उसको मन्मा अनौठो आशा पलायो । अहा कती मनोरम मंसिर महिना । न धुलो न पानी । खाली स्वच्छ हावा अनी बैसालु युबा युबतिलाई माया सँग मिलन हुने रोमान्चक दिनहरुले भरिएको महिना । तड्पिएका आत्माहरुले शान्ती पाउने महिना ।

हो पोहोर पनि यो महिना ठ्यक्कै यसै गरी आएको थियो । पोहोर कृष्ण २५ पुगेर २६ लागेको थियो । पोहोर पनि उस्को मन्मा यस्तै आधी हुरी चलेको थियो । मनले बिहे गर्न मागेको थियो । मंसिरको सुरु देखिनै उस्ले अचम्मको कल्पना गरेको थियो । बिहे गर्ने, घरजम गर्ने अनी अर्को साल सम्म बाउ बन्ने । मनमनै कती खुशी भएको थियो ।
तर बिधिको बिडम्बना त्यसो हुन पाएन । घरमा उस्की एक्काइस बर्षकी बहिनी बाँकी थिइन् । बुवा आमाले मात्र होइन गाउले र अन्य दाजु भाईहरुले समेत बहिनिको बिहे पहिले गर्नु पर्छ भनेर भाजो हाले । मन्मनै मै जेठो हुनी भनेर चित्त त बुझयो तर मुखले प्वाक्क भन्न सकेन । काम साम केही छैन बिहे गर्न मात्र के को हतार तलाई भनेर हप्काउलान् कि भन्ने डर लाग्यो उस्लाई । हुन पनि हो । स्वास्नी ल्याएपछी कती धेरै खर्च हुन्छ उस्ले थाहा नपाएको त कहाँ हो र ? गर गहना, लुगा फाटो अनी घुमडुल गर्दा कती हो कती खर्च त । त्यस माथि खर्चालु स्वास्नी परी भने त बिजोगै हुन्छ । पाउडर र लिपिस्टिकमा मात्रा दुई चार सय झ्वाम हुन्छ महिनामा । उ त जुनसुकै परिस्थितीको लागि तयार थियो तर परिस्थिती उस्को लागि तयार थिएन । पोहोर साल त्यसै टरेर गयो । तर बहिनिको भने बिहे भयो जस्ले गर्दा उस्को लागि बाटो खुल्यो । बाटो त खुल्यो तर बहिनिको बिहेमा लागेको रिण चुक्ता भएको छैन । बुढाले यो रिन तिरेर बल्ल तेरो बिहे गर्ने हो भन्लान् कि उस्लाई डर छ ।

अब सबै बाटो बन्द भएपछी "बिहे" उस्ले देखेको नयाँ बाटो हो । कुरा अस्वभाविक पनि होइन । उ सँगै पढ्ने साथी दिपकको बिहे भएको ५ बर्ष भईसक्यो । छोरो नै ४ बर्षको छ उस्को । उसँग अती मिल्ने केटी साथी गीताले पनि बिहे गरेर ३ बर्षकी छोरी बनाइसकी । आफ्नै अंकलको छोरा जो आफु भन्दा ४ बर्षले कान्छो छ, उस्ले पनि झ्याइ पार्यो पोहोर साल । यि सबै हेर्दा उसलाई नरमाइलो लाग्छ । सानैमा बिहे गरेर सुरुमा केही झन्झट त ब्यहोरे होलान् तर उनिहरुको जीवनले एउटा मोड चाँही लिएको छ । अब छोरा र छोरीकै भबिस्यको लागि पनि केही गर्नै पर्ने अवस्था श्रीजना हुँदा उनिहरु केही ब्यब्स्थित र अनुशासित बनेका छन् । बाटो समातेका छन् । तर कृष्णको न बर्तमान रमाइलो छ न भबिस्य उज्ज्वल । न आफु खुशी छ न इस्टमित्र र दाजु भाई ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक