20081123

मन्त्रीले अमेरिकाको भिसा नपाएपछि…
सामान्य प्रशासनमन्त्री तथा माओवादी नेतृ पम्फा भुसाललाई अमेरिका जान दूतावासले भिसा दिएन ।
ब्राजिलको भ्रमणका लागि शनिबार नेपाल छोडेकी मन्त्री भुसालले अमेरिका पुग्ने भिसा नपाएपछि तीन दिन लामो अमेरिका भ्रमण रद्द गर्नुपरेको छ । माओवादीसँग अमेरिकाको सम्बन्ध विस्तार भइरहेको भनिएका बेला नेपालस्थित अमेरिकी दूतावासले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई भिसा उपलब्ध गराएन /

"माओवादीसँग सबै ढोका बन्द": कोइराला
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीसँग सहमति र सहकार्यका सबै ढोका बन्द भइसकेको दोहोर्‍याएका छन् । मंसिर ८ गते प्रेस युनियन बाँके शाखाद्वारा नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले माओवादीसम्वद्ध वाइसीएलका हत्या, आतंक र अराजक गतिविधी जारी रहेकाले आफ्नो पार्टीले माओवादीसँग सबैखाले सहमति र सहकार्य बन्द गर्ने निर्णय गरेको बताए । कोइरालाले मंसिर ७ गते नेपालगंजमै आयोजित सभामा पनि यही कुरा बोलेका थिए । कार्यक्रममा कोइरालाले वाइसीएलको विघटन, हत्या, आतंक र अराजकताको अन्त्य, कब्जा गरिएका घरजग्गा फिर्ता भएपछि भने माओवादीसँग सहमति र सहकार्यका बारेमा सोच्न सकिने उल्लेख गरे । 'टेलिफोनबाट बोलाएको भरमा कांग्रेस सेना समायोजन बिशेष समितिमा जादैन' कोइरालाले भने । सेनामा माओवादी लडाकुको प्रवेश कुनै हालतमा हुन नदिने दोहोर्‍याउदै कोइरालाले उनीहरुलाई स्वदेश वा बिदेश कतै रोजगारीको ब्यवस्था गरिनुपर्ने धारणा राखे ।
"देशमा फेरि गृहयुद्ध हुन्छ": प्रधानमन्त्री

प्रत्येक मंगलबार प्रकाशित हुने माओवादीको मुखपत्र जनादेशको गतांकमा प्रकाशित अन्तर्वार्तामा सेना समायोजनसम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भनेका छन्– “सेना समायोजन गर्न अन्य दलहरु तयार भएनन् भने सीधैं स्पष्ट छ अब फेरि गृहयुद्ध हुन्छ। हिजो भएको शान्तिसम्झौताअनुसार हुँदैन भने देशमा फेरि गृहयुद्ध हुन्छ” भनी धम्की दिएका छन्। प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई राजनैतिक विश्लेषकहरुले धम्कीको रुपमा लिएका छन्। कार्यकारी अधिकारसहितको प्रधानमन्त्री आफैंले मुलुकमा गृहयुद्ध गर्छौं भन्नु चानचुने कुरा होइन। उनी कसका विरुद्धमा गृहयुद्ध गर्न गइरहेका छन्? जनताले यस प्रश्नको जवाफ खोजेका छन्।
यता नेकपा माओवादीका सचिवालय सदस्य नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष प्रचण्डको प्रस्ताव सुधारवादी भएको आरोप लगाउँदै सशस्त्र व्रि्रोह गरी जनगणतन्त्रमा जानुपर्ने बताउनुभएको छ । सशस्त्र व्रि्रोहका लागि जनसेनालाई समायोजन नगरी सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । माओवादी नजिकको पत्रिका जनदिशामा प्रकाशित हाम्रो पार्टर्ीी प्रमुख मतभेद शर्ीष्ाकको लेखमा विप्लवले प्रचण्डको राजनीतिक कार्यक्रम, रणनीति र कार्यनीति सुधारवादी भन्दै प्रचण्डको कार्यक्रम अनुसार अघि बढे पार्टर्ीीुधारवादको दलदलमा फस्ने दावी गर्नुभएको छ । विप्लवले सशस्त्र व्रि्रोहमा जोड दिदै भन्नुभएको छ- नेपाली क्रान्तिको विशेषता अहिले पनि अनिवार्य त सशस्त्र नै हुनेछ र त्यसरी मात्र क्रान्ति सम्पन्न गर्न सकिनेछ । त्यसका लागि जनसेनालाई समायोजन होईन सुदुृढ गर्नुपर्छ । खास समयमा मात्र शान्तिपर्ूण्ा विकासको संभावनालाई स्वीकारेको भन्दै उहाँले क्रान्ति शान्तिपर्ूण्ा रुपमा हुन नसक्ने जिकिर गर्नुभएको छ ।

भर्जिनियामा अर्को दर्दनाक घटना

गत सोमबारमात्र एक कार दूर्घटनामा परी मृत्यु हुन पुगेकी कृतिका सिंहको शबलाई शनिबार नेपाल पठाउने तयारीमा रहेको बेला पुनः नेपालीहरुले अर्को दर्दनाक घटना बेहार्नुपरेको छ ।
भर्जिनिया स्यान्टिली मा शुक्रबार गाडीले ठक्कर दिंदा तुलसीराम थपलिया अवस्था चिन्ताजनक हुन पुगेको छ । अस्पतालका चिकित्सकका अनुसार थपिलियाको मेरुदण्ड र टाउकोमा गंभीर चोट लागेको र हाल ग्यालोज रोडस्थित फेयरफ्याक्स अस्पतालको ट्राइको आइसीयु बेड नम्बर १० मा उपचार भइरहेको छ । गत अगस्ट महिनामामात्र अमेरिका आइपुगेका थपलियाका चार छोरी एक छोरा र श्रीमती काठमाडौं वडा नम्बर १३ स्थित छाउनीमा हुनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक