20081126

माओवादी सबैभन्दा उच्चस्थानमा रहेको प्रचण्ड दाबी
माओवादी राष्ट्रिय कार्यकर्ता भेलामा नयाँ कार्यनीति सहितको केन्द्रीय समितिको एकीकृत दस्तावेज अनुमोदन भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन वैद्य किरणले छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेका दर्ुइवटा राजनीतिक प्रस्तावलाई समायोजन गरी तयार पारिएको एकीकृत दस्तावेजलाई भेलाले पारित गरेको हो ।
यसैबीच माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय भेलाको वहसले नेपाली जनताको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । कार्यकर्ता भेलामा जवाफ दिँदै अध्यक्ष प्रचण्डले वहसको निष्कर्षे माओवादी पार्टर्ीीे मात्र नभई नेपालकै भविष्य निर्धारण गर्ने दावी गर्नुभयो । भेलाको बहसले पार्टर्ीीत्र उच्च जनवादको अभ्यास भएको उल्लेख गर्दै प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनमा नेकपा माओवादी सबैभन्दा उच्चस्थानमा रहेको दाबी गर्नुभयो । वरिष्ठ नेता मोहन वैद्य किरणले भेलामा सम्बोधन गर्दै आफूले पार्टर्ीीे नेतृत्वको लागि कहिल्यै दावी नगरेको स्पष्ट पार्नुभयो । उहाँले विश्व स्तरमा एकताको विकास भएको बताउनुभयो । तर माओवादी भित्रै हाडी फुटिसक्यो, फुटेको हाडी जोडिन्छर भनेर टिका टिप्पणी भैरहेको छ ।

नाती नातीना हेर्न आकर्षित गर्ने नौलो कानुन



पश्चिमी मुलुकहरुमा अहिले वालवालिका र बाबु आमाबिच निकै ठुलो खाडल छ । ब्यक्तिवादी चिन्तन, स्वार्थी समाजिक परिपाटी र ब्यस्तताले गर्दा वालवालिकाहरुलाई बाबु आमाले समय दिनै नसक्ने अवस्था छ । अनि ति कि त वाल ग्रिहमा वा अरुकै काखमा हुर्कन्छन । हजुरबा हजुर आमापनि व्रिद्दाश्रम बस्ने वा टाढा हुन्छन । वा बिभिन्न सामाजिक परिपाटी, शर्त र कानुनले गर्दा आफ्नै नाती नातीना को हेरचाह गर्न सक्दैनन । पाउँदैनन । त्यसैले जर्मन सरकारले अर्कै परिवारको अन्य कसैले हेरचाह गर्नु भन्दा आफ्नै हजुरबा, हजुर आमालाई आफ्ना नाती नातीना हेर्न आकर्षित गर्ने नौलो कानुन ल्याउन लागेको हो ।
सरकारले आफ्ना नाती नातीना छन र तिनलाई हेरचाह गर्न आवश्यक छ भनेर सिद्द गर्न सक्ने ब्रिद्द ब्रिद्दालाई त्यहाँ पाउने तलबको चार चार भागको तिन भाग दिने लोभलाग्दो कानुन प्रस्ताबित गरेको छ । यो कानुन यहि जनवरी २००९ बाट लागू गरिने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक