20081127

भारतको मुम्बईमा ठुलो आतंककारी हमला, करीब एकसय पचास् भन्दा बढीको मृत्‍यु , हजार घाइते

भारतमा विगत पाँच वर्षमा भएका आतंककारी हमला
* मार्च १३, २००३ मा मुम्बईको ट्रेनमा भएको बम हमलामा ११ को मृत्यु ।
* अगस्ट २५, २००३ मा मुम्बईमा भएका दुई कार विस्फोटमा ६० को मृत्यु ।
* अगस्ट १५, २००४ आसामको उत्तरीपूर्वी प्रान्तमा बम विस्फोट हुँदा १६ को मृत्यु, मर्नेहरूमा प्रायः स्कुले विद्यार्थी ।
* अक्टोबर २९, २००५ नयाँदिल्लीको बजारमा भएको तीन विस्फोटमा ६६ को मृत्यु ।
* मार्च ७, २००६ मा बनारसमा भएका तीन विस्फोटमा १५ को मृत्यु, ६० घाइते ।
* जुलाई ११, २००६ मा मुम्बईको रेल्वे स्टेसनमा भएका शृंखलाबद्ध सात बम विस्फोटमा एक सय ८० को मृत्यु ।
* सेप्टेम्बर ८, २००६ मा मालेगावमा भएको शृंखलाबद्ध बम विस्फोटमा ३२ को मृत्यु ।
* फेब्रुअरी १९, २००७ मा भारतबाट पाकिस्तान जाँदै गरेको टे्रनमा भएको विस्फोटमा ६६ को मृत्यु । मर्नेहरूमा प्रायः पाकिस्तानी ।
* मे १८, २००७ हैदरावादको दक्षिणी सहरको मस्जिदमा भएको विस्फोटमा ११ को मृत्यु । त्यसपछि बम विस्फोटको विरोध गर्ने प्रदर्शनकारी र प्रहरीबीचको मुठभेडमा प्रहरीको गोली लागी पाँचको मृत्यु ।
* अगस्ट २५, २००७ हैदरावादको मनोरञ्जन पार्क र सडकमा भएका शृंखलाबद्ध तीन बम विस्फोटमा कम्तीमा ४० को मृत्यु
यो वर्ष मात्र भएका हमला
* मे १३, २००८ जयपुरको पश्चिमी सहरको भीडभाडयुक्त सडक र मन्दिरअगाडि भएको सात शृंखलाबद्ध बम विस्फोटमा ६३ को मृत्यु ।
* जुलाई २५, २००८ मा बेंग्लोरमा भएका शृंखलाबद्ध साना आठ विस्फोटमा एकको मृत्यु, १५ घाइते ।
* जुलाई २६, २००८ मा गुजरातको अहमदावादमा भएका १६ बम विस्फोटमा ४५ को मृत्यु, एक सय ६१ घाइते ।
* सेप्टम्बर १३, २००८ मा नयाँदिल्लीको व्यस्त बजार र सडकमा भएका शृंखलाबद्ध विस्फोटमा कम्तीमा १८ को मृत्यु ।
* नोभेम्बर २६ बुधबार, २००८ मा मुम्बईमा दुई पाँचतारे होटलसहित अन्य स्थलमा भएका शृंखलाबद्ध हमलामा कम्तीमा 150को मृत्यु,

भारतको मुम्बैमा भएको अहिलेसम्मकै भीषण आतंकवादी आक्रमणमा मर्नेको सख्या 150 कटेको छ । सयौँ व्यक्ति र्घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीहरुले मुम्बैका ताजमहल, ओबराय लगायतका पाँचतारे होटल, रेल्वे स्टेसन, रेष्टुराँ र अस्पतालहरुलाई निसाना वनाएका छन् । होटल ताजमा विदेशी पर्यटकहरुलाई पनि आक्रमणकारीहरुको निसानामा बनाइएको छ । गएराति १० बजेदेखि अहिलेसम्म पनि होटल ताज, नरिमन हाउस र होटल ओबरायमा भारतीय सुरक्षाकर्मी र आक्रमणकारीहरुबीच गोली हानहान भैरहेको छ । आक्रमणकारीहरुले अझैपनि ताज होटलमा करिब २० व्यक्तिलाई बन्धक वनाएको भारतीय टेलिभिजन च्यानलहरुले जनाएका छन् । मारिनेहरुमा ५ जना प्रहरी अधिकृतहरु सहित १४ सुरक्षाकर्मी छन् । घटनामा आतंकवाद विरोधी दस्ताका प्रमुख हेमन्त करकरे, पर्ूर्वी मुम्बैका पुलिस कमिस्नर असोक कामत र इन्काउण्टर स्पेसलिष्ट विजय सलास्करको पनि ज्यान गएको छ । यसैबीच, भारतको मुम्बै आक्रमणमा सवै नेपालीहरु सुरक्षित रहेको भारतीय राजधानी दिल्लीमा रहेको नेपाली दुतावासले जनाएको छ ।
गएरातिको आक्रमण पछि मुम्बै, दिल्ली लगायतका भारतका ठुला शहरहरुमा उच्च सुरक्षा र्सतर्कता अपनाइएको छ भने भारतीय जल, स्थल तथा बायु सेनालाई तयार रहन निर्देसन दिइएको छ । महाराष्ट्रका मुख्यमन्त्री विलास राव देशमुखका अनुसार, आक्रमणकारीहरु ढुङ्गामा चढेर दक्षिणी सामुद्रिक किनार बाटबम्बैको तज होटलमा प्रवेस गरेका थिए । त्यसपछि मुम्बैका विभिन्न ठाउँमा विस्फोट तथा गोलि हानाहान भएको थियो । भारतीय प्रहरीले ४ आतंकवादीलाई मारेको र ११ जनालाई पक्रेको दावी गरेको छ । तर टाइम्स अफ इण्डियको अनलाईन संस्करणका अनुसार बम्बै आक्रमणमा ९०० व्यक्ति र्घाईते भएका छन् । अमेरिकी र वेलायती पासपोर्ट भिरेका आक्रमणकारीहरुले अमेरिकी तथा बेलायती नागरिकहरुलाई खोज्दै होटलहरुमा प्रवेस गरेका प्रत्यक्षदर्सर्ीीले वताएका छन् । आक्रमणि पछि आज मुम्बैका विद्यालय, कलेज तथा अन्य कार्यालयहरु पनि बन्द भएका छन् । त्यस्तै मुम्बैको शेयरबजार पनि आज बन्द गरिएको छ । राज्य सरकारले नागरिकलाई घर बाहिर ननिस्कन भनीरहेको छ ।
अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस र नवनिर्वाचित राष्ट्रपति बराक ओबामाले घटनाको भर्त्सना गर्नुभएको छ ।
बम्बै आक्रमण पछि अमेरिकी प्रशासनिक भवन ह्वाईट हाउसमा उच्च गप्तचर अधिकृतहरुको वैठक वसेर भारत सरकारलाई सवै प्रकारको सहयोग गर्ने निर्ण्र्ाागरेको छ । अज्ञात समूह डक्केन मुजाहिद्दिनले घटनाको जिम्मा लिएको छ । तर आक्रमणमा को सम्लग्न छ भन्ने अझै पुष्टी हुन सकेको छैन । घटना पछि भारतका केन्द्रीय गृहमन्त्री शिवराज पाटिलले आक्रमणकारीहरुको बारेमा अहिले यसै भन्न नसकिने प्रतिकृया दिनुभएको छ ।



नेपालीहरुको भेला सम्पन्न
सागर कंडेल मनाससका सामाजिक नेपाली नेता

अमेरिका को भर्जिनिया मनासस शहर मा बस्ने नेपाली को भेला हालै सम्पन्न भाएको छ । बुद्दिजिबी डाक्टर अनुप पहाडी, अन्तरराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल,विजय थापा, प्रशासन बिद ठाकुर पुडासैनि, स्वास्थ्यकर्मी मधु पन्थी, बाल प्रबर्धन समाजका अध्यक्ष्य कमल भट्टराई, नेपाली मन का सम्पादक जीवन तिवारी, लक्ष्मी भट्टराई , लगायत का बक्ता हरुले भेला को बारेमा आफ्नो धारणा राख्दै यस् ले नेपाली हरुको एकता र सामिप्यता बढाउने बताउनु भयो । राम्रो उपस्थिती रहेको उक्त भेला ले सागर कंडेल को सम्योजकत्वमा नयाँ नेपाली सामाजिक सस्था निर्माण गर्न कंडेललाई जिम्मेवारि दिएको छ। कंडेलले छिट्टै उपाध्यक्ष्य, सचिब , सहसचिब् , कोसाध्यक्ष्य, र आवश्यकता अनुसार सबैलाई समेटी नयाँ कार्यसमिती निर्माण गरी अर्को भेलामा अनुमोदन गर्ने निर्णय भेला ले गरेको छ यसै गरी सम्योजक्ले सस्था को नाम बिधान समेत् निर्माण गरी पछी पेश गर्नेछ। स्मरण रहोस् उक्त भेला र सस्था बारेको सोच मुक्त पौडेल ले बनाएका हुन भने , सागर कंडेल , ॠषि खनाल, जीवन तिवारी, कमल भट्टराई , लक्ष्मी भट्टराई , गगन कुवर, मधु पन्थी, बिकास अोझाको पनि सोच लाई साकार बनाउन भूमिका रहेकोछ । सस्था बारेको सोच मुक्त पौडेल ले बनाएका हुनाले र उन्को भूमिकाको उचो मुल्याङ्कन गर्दै सम्योजक कंडेलले उनिलाई सचिब मा चयन् गर्ने टुङो लागेको छ । अरु भने छलफल एबम परामर्श हुँदैछ ।


संविधानसभा उपाध्यक्षमा माओवादी

कांग्रेसका केही सभाषद्ले पार्टर्ीीवीप उल्लंघन गरेका र एमाले, माले, जनमोर्चा, एकीकृत लगायतका वामपन्थी दलले र्समर्थन गरेका माओवादी सभाषद् पूर्ण् सुवेदी संविधान सभा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । ५ सय ५ मत खसेकोमा सुवेदीले ३ सय ४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको विपक्षमा ६९ मत खसेको थियो । ९० जना तटस्थ बसेका थिए । त्यसैगरी नेमकिपाकी लिला न्याइँच्याइँले १ सय १५, राप्रपाकी प्रतिभा राणाले १ सय १४, मत पाउनुभयो । मतविभाजको प्रक्रियाबाट उपाध्यक्ष चयन गरिएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक