20090112

'प्रचण्ड' गैरजिम्मेवार बन्दै गएको आरोप


कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन् ।'पटकपटक गरेका सम्झौतालाई पालना नगरेर प्रचण्डजी गैरजिम्मेवार बन्दै गएको देखिन्छ,' गृहनगर विराटनगरमा आइतबार कोइरालाले सञ्चारकर्मीसँग भने । दलहरूसँग विश्वासको वातावरणसमेत सिर्जना गर्न माओवादी नेतृत्व असफल भएको उनको भनाइ थियो ।'माओवादीकै नेतृत्वको वर्तमान सरकारले उद्योग, धार्मिक क्षेत्र र न्यायालयलाई समेत अस्तव्यस्त पार्‍यो,' उनले भने, 'यसरी त जनताको पनि विश्वास जित्न सकिन्न ।' माओवादीमा तानाशाही प्रवृत्ति रहेको उल्लेख गर्दै पर्ूवप्रधानमन्त्रीले आह्वान गरे, 'अब सबै प्रजातन्त्रवादी शक्ति एक भएर लोकतन्त्र प्राप्तिका लागि लड्नुको विकल्प रहेन ।'समयमै तानाशाही प्रवृत्ति नसच्याए माओवादीलाई नै अप्ठयारो पर्ने चेतावनीसमेत उनले दिए । विश्रामका लागि दर्ुइ दिनअघि गृहनगर आएका कोइराला आइतबार नै राजधानी फर्किए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक