20090112

... स्याल शहर पसे पछि ......

- उमादेवी

कुर्दा कुर्दै थाकी सके, आँखाका यी नानी पनि

छिट्टै आउन परदेशी दाई, मर्छे तिम्री रानी पनि !

शान्त भा‘ छ गाऊ अचेल स्याल शहर पसे पछि

छिट्टै आउन परदेशी दाई, बाबा भन्छे सानी पनि !!

आमा आँखा देख्नुहुन्न, छोरा भन्छिन बटुवा लाई

छिट्टै आउन परदेशी दाई, निल्नै छाडीन पानी पनि !!!

छोरा भेट्ने आशा मार्दै, बुबा आँशु झार्नुहुन्छ

छिट्टै आउन परदेशी दाई, होला कुराकानी पनि !!!!

जस्तो छाड्यौ उस्तै छू म, विवाहित कुमारी झै‘,

छिट्टै आउन परदेशी दाई, उसै बित्यो जवानी पनि !!!!!

बिछ्यौनमा नपल्टँदै, झर्छ आँशु सम्झिएर

छिट्टै आउन परदेशी दाई, कस्तो लायौ बानी पनि

कुर्दाकुर्दै थाकी सके, आँखाका यी नानी पनि !!!!!!

०३, देवीपथ, हेटौडा-मकवानपुर

हाल-साउदी अरेबिया ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक