20090112

दलहरु बिच भागबन्डा : अब हुन्छ कि ठन्डा

संविधानसभा र व्यवस्थापिका संसदका समितिका सभापतिहरूमा दलहरु बीच सहमति भएको छ। सोमबार बिहान प्रमुख दलहरू सम्मलित बैठकमा दलहरूबीच समितिका सभापति बाँड्ने सहमति भएको छ। संविधानसभाका १० र व्यवस्थापिका १४ समिति मध्ये नेकपा माओवादीले नेकपा माओवादी ७ समितिका सभापति पाउनेछ। यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले पाँच/ पाँचवटा समितिका सभापति पाउनेछन्। यस्तै मधेसी जनअधिकार फोरमले तीन तथा तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ समितिका सभापति पाउने छन्।
एउटा संसदीय समितिका सभापति भने संविधानसभाका सभाध्यक्ष नै हुने व्यवस्था छ। कांग्रेसले सभापति पाउने समितिमा संसद तर्फका सार्वजनिक लेखा समिति र संसदीय सुनुवाई विशेष समिति छन्। संविधानसभा तर्फबाट व्यवस्थापकीय अंगको स्वरुप निर्धारण समिति, राज्यको शासकीय स्वरुप समिति र नागरिक सम्वर्द्धन समितिका सभापति पनि कांग्रसको कोटामा परेको कांग्रेस सचेतक लक्ष्मण घिमिरेले जानकारी दिए।


सोह्रघन्टे दैनिक बिजुली कटौतीले आफ्नो व्यवसाय संकटमा परेको भन्दै विद्युतीय सवारीसाधन सफा ट्याम्पोका चालकहरू काठमाडौंमा विरोध प्रदर्शन गर्दै। (तस्‍बिर : नरेन्द्र श्रेष्ठ)

1 comment:

  1. nemest ran g
    i am so happy to see this jokes and BHAJAN we are out of country but we love nepal always
    when i am nepal this time i am alos i am yours fan
    now i am in sweden u are in usa no matter but i love this yours web sites ..
    i want to toll u 1 more things u have to try to keep fresh online news and more funny jokes and more nepali music and more bhajan..
    think you so much
    santosh pokhara
    sweden..

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक