20090112

अमेरिकाको भर्जिनिया प्लिजेन्ट भ्यालीमा अबस्थित राजधानी हिन्दू मन्दिर भिडियोमा दर्शन गर्नुहोश














एनसी एनसी क्यानडा-The Nepalese Community Network of Canada_को अधिवेशन सम्पन्न

टोरोन्टो, १९९३ मा स्थापित नेपालीहरुको पुरानो सस्था एनसी एनसी -The Nepalese Community Network of Canada_को अधिवेशन टोरोन्टो ब्रामटनमा सम्पन्न भएको छ । आयोजक समितिका संयोजक किरण पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्यानाडाका लागी नेपाली अवैतनिक राजदुत डा. कून्जर शर्माले पानसमा वत्ति वाली उदघाटन गर्नु भएको थियो । सो कार्यक्रममा वोल्दै डा. शर्माले एनसी एनसीले विगतमा जस्तै नेपालीहरुको सेवामा निरन्तर सहयोग गर्ने छ भन्ने आशा ब्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा उहाँले आफुले पनि सक्दो सहयोग गर्ने बचन बद्दता ब्यक्त गर्नु भयो । पशुपति पोख्रेल र ढुण्डी राज पाण्डे द्रारा संचालन गरिएको उक्त कार्यक्रममा अतिथि एन आर एन क्यानडा का अध्यक्ष नवराज गुरुङ्गले निर्वाचित नयाँ कमिटिका सदस्यहरुलाई बधाई दिदै एन आर एन को भुमिकाका वारेमा प्रस्ट पार्नु भएको थियो । एन आर एन ले छाता संगठनको रुपमा काम गरी क्यानडा भित्र रहेका सम्पर्ूण्ा संघ संगठनहरुलाई एकवद्ध गरी एक आपसमा सहयोगीको भुमीका खेल्ने कुरा वताउनु भयो । त्यसै गरि मन्त्यब्यकै क्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार किरण ढुङगानाले संस्था स्थापना गर्नुको औचित्य वारेमा वताउनु भएको थियो । त्यस्तै क्यानेडियन नेवा गुठीका महासचिव प्रदिपलाल श्रेष्ठले नेवा गुठी लगाएतका संस्थाहरु आफ्ना खास सस्कृती वचाउनका लागी स्थापित भएका तर एनसी एनसीले भने सवैको प्रतिनिधित्व गर्ने भएकोले यसलाई सहयोग गर्न अपिल गर्नु भयो । निवर्तमान अध्यक्ष तथा सल्लाहाकार दिन गुरागाईले पनि नयाँ कमिटिलाई बधाई दिनुभयो । अर्का वक्ता डा. तुल्सी धरेलले नयाँ कमिटिलाई वधाई दिदै एनसी एनसी र न्याक को सम्वन्धको वारेमा प्रश्ट पानु भएको थियो । आयोजक कमिटीका सदस्य प्रदिपलाल श्रेष्ठको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमलाई आयोजक कमिटीका सदस्य कदम अर्यालले प्रगती विवरण तथा कृष्ण तिम्सिनाले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सुनिल शिलवालको अध्यक्षमा गोपी कृष्ण काफ्ले र कदम अर्याल रहेको निर्वाचन कमिटीले नयाँ कमिटीको निर्वाचन संपन्न गरी घोषणा गरेको थियो । नयाँ कमिटीमा अध्यक्ष किरण पन्त, उपाध्याक्ष सुमन मराठा, सचिव डा. नारायण रेग्मी, सह सचिव पशुपति पोख्रेल, कोषाध्यक्ष मोहन अर्याल तथा सदस्य हरुमा माधव पन्त, वालचन्द्र श्रेष्ठ र सहदेव वस्नेत निर्वाचित हुनु भएको छ । केहि सदस्य पछि मनोनित गर्ने कुरा कमिटीले जनाएको छ । त्यसै गरी संस्थामा किरण ढुङगाना, गोपाल शर्मा, गोविन्द घिमिरे, सुनिल सिलवाल, गोपी कृष्ण काफ्ले तथा दिन गुरागाई सल्लाहाकारमा मनोनित गरिएको छ । कार्यक्रमको अन्त्यमा नयाँ कमिटीलाई प्रमुख अतिथी डा. कुन्जर शर्माले वधाई दिदै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । निर्वाचन कमिटीका सदस्य तथा सल्लाहाकार गोपी कृष्ण काफ्लेले अधिवेशन सम्पन्न गर्न हर तरहवाट सहयोग गर्ने सम्पर्ुण्ा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सस्थाका नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष किरण पन्तले सवैको सगयोग पाएमा यस संस्थाले नेपाली समुदायको हकहित तथा नेपाली सस्कृतिको जर्गेना गर्न निरन्तर लाग्ने वताउदै सभाको विर्सजन गर्नु भएको थियो । कार्यक्रम पश्चात निशुल्क दिवा भोजको आयोजना गरेको थियो ।

मदरल्याण्ड नेपालको प्रेस विज्ञप्ति

संविधानसभाकेा निर्वाचनपश्चात लोकतान्त्रिक गणतन्त्र स्थापना र राज्य पर्ुनर्संरचनामार्फ सामाजिक न्याय प्राप्त गर्ने प्रक्रियामा हामी अग्रसर भैरहेको र लोकतान्त्रिक राज्यब्यवस्थाले प्रेस स्वतन्त्रता र अभिव्यक्तिसम्बन्धी अधिकारको सुनिश्चितता गर्दै हिंसामुक्त समाज निर्माण गर्ने अपेक्षा लिइरहेका बेला मुलुकमा एकपछि अर्को पत्रकारको हत्या भएका कारण हामी स्तव्ध भएका छौं ।
देश संघीय लोकतन्त्रप्रति उन्मुख हुनुपर्ने र नागरिक अधिकारले समृद्ध समाज सिर्जना हुनुपर्ने बेलामा मध्यमाञ्चल विकासक्षेत्र जनकपुर अञ्चल धनुषा जिल्लाका महिला मानवअधिकार रक्षक तथा सञ्चारकर्मी उमा सिंहको अज्ञात समूहद्वारा गरिएकेा कारयरतापर्ूण्ा बीभत्स हत्याले मदरल्याण्ड नेपाललाई शोकसन्तप्त बनाएको छ ।
यस घटनाले शान्ति प्रक्रियामा देश प्रवेश गरिसकेको भनिएतापनि सञ्चारकर्मीको अधिकार र महिला हिंसारहित जीवन बाँच्ने वातावरणकेा सुनिश्चितता हुन नसकेकेा प्रष्ट हुन्छ । प्रेस जगत र नेपाली महिला मानवअधिकार रक्षकहरुले सुरक्षित वातावरणमा आफ्नो काम गर्न पाउने अधिकारमाथि ठाडै हस्ताक्षेप भएकेा छ । पत्रकारिता गर्दै विकट जिल्ला धनुषामा रहेर समग्र मानव अधिकार र मानव अभिरुचिका विषयहरुलाई कलममार्फ उठान गरिरहेकी उमा सिंहको हत्या गरिनु राज्यकेा सुरक्षा संयन्त्रको अक्षमताको ज्वलन्त प्रमाण र लोकतान्त्रिक गणतन्त्रको उपहास हो । महिला सञ्चारकर्मीको हत्या हुनुले समग्र देशको शान्तिप्रक्रियालाई नै चुनौति दिएकेा हाम्रो ठहर छ ।
यस घटनाले हामी अमेरिकामा रहेका सम्पर्ूण्ा नेपाली समुदायलाई चिन्तित बनाएको छ । यस र्सर्न्दभमा उमा सिंहका हत्यारा अपराधीहरुलाई खोजी गरी तत्काल कडाभन्दा कडा कारबाही गरियोस् । दण्डहीनताकेा अन्त्य गरियोस्, उमा सिंहका परिवारलाई उचित क्षतिपर्ूर्तिकेा ब्यवस्था गरियोस्, महिला मानवअधिकार रक्षकहरुलाई शान्तिपर्ूण्ा वातावरणमा स्वतन्त्रतापर्ूवक काम गर्ने वातावरण र सुरक्षाकेा सुनिश्चितता गरियोस् भनी सरकारसंग्ा जोडदार रुपमा माग गर्दछौ ।
- अनिल पाण्डे, अध्यक्ष, मदरल्याण्ड नेपाल


हिन्दूराष्ट्र कायम गर कि गुठी खारेज गर
-शेखर ढुंगेल


नेपालमा क्रमभङ्गताको खेती मौलाउ“दै छ । यसकै अर्को कडीभएको छ ः हिन्दुधर्माबलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा किरा“तकालदेखि पुजारीको रुपमा रहेका दक्षिण भारतका भट्टहरुलाई चट्ट पारेको घटना । अबदेखि नेपाली नागरिकलाई नै मूल पुजारी राख्ने नया“ नेपालको नया“ सरकारको निर्ण्र्ाााई कसैले ठिक,कसैले बेठिक भन्दै आआफ्ना पक्षलाई बल पुग्ने तर्क प्रसतुत गर्दै, बिरोध एवं्र अदालतकासमेत ढोका ढक्ढक्याउने काम भयो र अदालतले सरकारको निर्ण्र्ाााई हाल स्थगित गर्ने आदेश समेत दिइसकेको । यही आदेशबाट बाध्य भएर गत बिहीवारदेखि पहिलेकै मूल भट्टले पशुपतिनाथको नित्य पूजा गर्न थालेका छन् । तर, यसबारे चर्किएको बिबाद साम्य भएको छैन ।
बस्तुतः पशुपति हापिठका मूलपुजारीलाई -भारतीय) हटाउनु पर्ने माग बेला बेलामा दशक अगाडिदेखि नै उठेको हो । हटाउनु पर्ने मूलकारणमा भारतीय हुनुभन्दा पनि आर्थिक हिनामिनालाई मानिएको छ । हालको निर्ण्र्ाााई प्रकृयागत भयो वा भएन भनी बिरोध गर्नुको साटो हटाउने वा नहटाउने भन्ने प्रश्नमा बहस केन्द्रित गर्नु पर्दछ । हटाउने नै हो भने जसले जसरी हटाए पनि बिरोध गर्नु तर्क संगत हु“दैन । बाया“ हातले दाया“ कानमा छुनुपर्दा सिधै छोए पनि घुमाएर हात लगी छोए पनि छुनु नै हो । किन बिबाद गर्नु - आर्थिक हिनामिनाकै कारण हटाउनु पर्ने भन्ने कारणमा पनि कुनै तूक छैन । किनकि एउटा सबल संयन्त्र बनाएर हिनामिनालाई रोक्न सकिन्छ । नेपाली मूल पुजारी हु“दैमा भेटी हिनामिना रोकिने भन्ने विश्वास गर्ने कुनै आधार पनि छैन । बरु उल्टो एउटा सामान्य पिउन नियुक्तिमा समेत नजराना लिने प्रवृत्ति भएको हामीमा यस्तो प्रतिष्ठित एवम् आकर्ष पदमा नियुक्ति पाउन लेनदेनको खेल, राजनैतिक प्भावमा नियुक्ति र बर्खास्तगी अनि थमौतीका बिबाद नहुने भन्ने आधार पनि छैन । यत्रतत्र र्सवत्र बिबादै बिबादको खेती गरिरहने - मन्दिरमा पनि राजनीतिक बगार्ने र राजनीतिक मुद्दा बनाएर राजनीतिक दलहरु एक दोस्रालाई कमजोर र गलत देखाउने प्रवृत्ति नेकपा माओवादीले सत्तामा बसेर जसरी सुरु गरेको छ, त्यसलाई कुनै पनि हालतमा स्वागत गर्न सकिदैन । साथै संविधानसभाका २५ दलले सत्तालाई सुझाव दिने र सही मार्ग देखाउने काम गर्न सकेनन्, त्यो पनि दुःखद घटना हो । आइन्दा यसप्रकारका धार्मिक धारणा उव्देलित पार्ने घटना राजनीतिक बृत्त र सरकारबाट नहोस् भन्ने संचेत जरुरी छ ।
२६१ वर्षेखि राजाकै कारणले भारतबाट ल्याई मूल पुजारी राख्ने चलन चलाइएको भन्ने इतिहासबिदहरुको भनाई बाहेक अरु कारण प्रष्ट पार्न नसकेको अवस्थामा नेपाली पुजारी राख्नु अस्वाभाविक हु“दैन । तर, आदिकालदेखि भारत नेपालबीच रह“दै माएको धार्मिक, सामाजिक समानता अनि त्यसकै आधारमा जनस्तरमा रहेको सौहार्द्रता, सम्पर्ूण्ा हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पीठप्रति भारतबासीको श्रध्दा अनि विश्वका दर्ुइ महान धर्म हिन्दू र बौध्दको उग्गमस्थल पवित्र भूमि नेपालको गरिमामा नकारात्मक प्रभाव नपरोस् । भारतीय धार्मिक पर्यटक बिच्के भने त्यसले अन्य क्षेत्रमा समेत पार्ने असरको बारेमा पनि सोच्नु जरुरी छ ।
क्रमभङ्गताको लहड होइन र भेटी हिनामिनाको चिन्तामात्र हो भने भारतका बिभिन्न प्रसिध्द मठमन्दिरमा अपनाइएको व्यवस्था झैं मूल पुजारी वासंलग्न अरुहरुको तलब एवम् सुविधा निश्चित गरी बा“की हिसावकितावको व्यवस्थापन गर्ने एउटा संयन्त्र बनाई अगाडि बढ्न सकिन्छ ।
सरकार वा संबन्धित पक्षले बुझ्नु पर्ने कुरो के भने समस्या मूल पुजारी भारतीय हुनुमात्र हो वा हाम्रो व्यवस्थापनको कमीकमजोरी र राजनीतिक अहंकारको हो - त्यसैले हाम्रो सनातनदेखिको दर्ुइ देशका जनताबीच रहदै आएको धार्मिक, सामाजिक सहिष्णुता र सौहाद्रता नबिग्रियोस्, धार्मिक हिंसा नफैलियोस् भन्नेतर्फध्यान दिनु पर्छ । किनभने धार्मिक आस्था भनेको अत्यन्त संवेदनशील बिषय हो भन्ने राजनीतिकर्मी र सत्तामा बस्नेले बुझ्नु नितान्त आवश्यक छ । सरकारले यो निर्ण्र्ााजायज गर्‍यो कि नाजायज - यो अहं सवाल हेा ।
देश धर्मनिरपेक्ष भैसकेको छ । कुनै पनि धार्मिक अनुष्ठानमा सरकारको संलग्नता, लगानी र हस्तक्षेप असंवैधानिक र्ठहर्छ । धर्म निरपेक्ष राष्ट्रका प्रधानमन्त्री पशुपति विकास कोषका संरक्षक रहेका छन् । यो जायज हो कि होइन - बुध्द, मुस्लिम, क्रिश्चियन धर्मको संरक्षक प्रधानमन्त्री बन्ने हो कि होइन - संरक्षकले मूल पुजारी फर्ेन आदेश दिने, कार्यान्वयन गर भनेर निर्ण्र्ाागर्ने अधिकार हुन्छ कि हुन्न - परापर्ूवकालदेखिको पशुपतिनाथको पुजारी बदल्दा धार्मिक भेला गराएर गरेको भए हुने थियो कि थिएन - यी प्रश्नको जवाफ समयले खोज्ला । देशको मठमन्दिरको जिम्मेदारी स्थानीय जनताको जिम्मा दिनु बेश हुनेथियो । धर्म निरपेक्ष राष्ट्रमा कुनै पनि अमूक धर्मको संचालन र संरक्षणको जिम्मा लिएको नेपाल गुठी संस्थान खारेज गरी वाषिर्क अरवौंको प्रशासनिक खर्च रोक्नर्ुपर्छ । धार्मिक अनुष्ठान, पीठहरुका नाममा पुस्तौंदेखि कमाई राजस्व तिरीरहेका जग्गाका जोताहा जनतालाई ती जग्गाको मालिक बनाउनु पर्छ । गुठीका नाममा जग्गा जोती सरकारलाई राजश्व तिर्ने सरकारी कमैयाहरुको मुक्तिहुनर्ुपर्छ । धार्मिक अनुष्ठानका नाममा रहेका लाखौं गुठी जग्गा जोताहा सरकारी कमैयालाई नै दिनु उचित हुनेछ ।
त्यसो गर्न सकिदैन भने विश्वको एकमात्र सनातनको पनि सनातन हिन्दर्ूधर्मको उद्गम स्थल करोडौं हिन्दूहरुका आस्थाका केन्द्र आराध्यदेव पशुपतिनाथको पवित्र मन्दिर भएको नेपाललाई हिन्दूराष्ट्रको नाममा कायम नै गर्नुपर्छ । दर्ुय बिशाल इस्लामिक देश पाकिस्तनन र बंगलादेशमा हजारौं हिन्दू मन्दिरहरुको अस्थित्व कायम भए झैं हिन्दू राष्ट्र नेपालमा पनि अरु धर्माबलम्बीको अस्तित्व एवम् संरक्षणमा फरक पार्दैन । जनताले आवाज उठाउने बेला आयो । या त हिन्दू राष्ट्रको नामले नेपालले संविधानमा निरन्तरता पाओस्, या त गुठी संस्थान खारेज गरोस् र गुठीको जग्गा जोति सरकारी कमैया बनेका लाखौंलाई मुक्त गरी उनीहरुलाई जोती आएको जग्गाको एकमात्र मालिक बनाओस् । प्रकृया र हिनामिनाका अर्थहीन बिबादले समस्याको मूल मुध्दा छाया“मा नपारियोस् ।- shekhar1962@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक