20090116

युएस एअरलाईनको जेट अमेरिकाको न्यूयोर्कमा ह्युडसन नदिमा कसरी दुर्घटनाग्रस्त भयो हेर्नुश


अमेरिकी यात्रुवाहक विमान एयरबस ए३२० शुक्रबार बिहान अमेरिकाको न्यूयोर्कस्थित ह्युडसन नदीमा खसेको छ। विमानमा रहेका एक सय 54 यात्रु र चालक दलका सबै सदस्यलाई सकुशल नदीबाट निकालिएको छ। चालक दलमा दुई पाइलट र तीन सहयोगी थिए। उडान नम्बर १५४९ को उक्त विमान स्थानीय समयअनुसार बिहान ३ बजे लागार्जिया विमानस्थलबाट उत्तरी क्यारोलिनाको च्यारलोटतर्फ उडेको थियो। चराहरूको बथानसँग ठक्कर खाएर विमान दुर्घटना भएको अमेरिकी नागरिक उड्ड्यन विभागका अधिकारीले बताएका छन्। ‘सुरक्षासँग सम्बन्धित कारणले दुर्घटना भएको कुनै संकेत मिलेको छैन,’ एक सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। घटनालगत्तै उद्धार टोलीले नदीमा डुंगा परिचालन गरी विमानमा रहेका यात्रुको उद्धार गरेको थियो। यात्रुहरूलाई लाइफ ज्याकेट लगाएर विमानबाट बाहिर निकाली डुंगामा राखेर नदी किनारमा ल्याइएको थियो। नागरिक उड्डयन विभागका प्रवक्ता लाउरा ब्राउनका अनुसार विमान उडेको करिब तीन मिनेट उडेपछि दुर्घटना भएको थियो। अमेरिकी सेनाका पूर्व विमान इञ्जिनियर केभिन जोन्सले आफूले दुर्घटनाको केही समयअघि मात्र उक्त विमान देखेको उल्लेख गर्दै भने, ‘जब मैले विमान निकै कम उचाइँमा उडिरहेको देखें, मलाई सेप्टेम्बर ११ को सम्झना भयो ।’ ‘मैले आगोको लप्का निस्केको देखें,’ उनले भने, ‘मलाई विमान समस्यामा छ भन्ने बुझ्न कत्ति बेर लागेन।’ त्यसपछि उनले तत्काल ९११ मा फोन गरेर विमान समस्यामा रहेको जानकारी दिएका थिए। ‘मलाई लागेको थियो विमान नेवार्क वा अन्य कुनै शहरतिर जाँदैछ,’ उनले भने। अर्का प्रत्यक्षदर्शीले पनि विमान दुर्घटना सिनेमाको दृश्यजस्तो भएको बताएका छन्। ‘यो सिनेमा हेरेजस्तो थियो,’ उनले भने, ‘अविश्वसनीय।’





विश्व मगर महासंघ बेल्जियमद्वारा माघे सक्रान्ती पर्व संपन्न
- पुरुशोत्तम सुबेदी

बेल्जियम, गत शनिबार १७ जनवरी २००९ का दिन विश्वमगर महा संघ बेल्जियमले नयाँ बर्ष २००९ को माघे सक्रान्ती पर्व लाई बेल्जियम को लुभेन सहरमा धुम धामका साथ सम्पन्न गरेको छ । मगर हरुको संस्कार र संस्कृतिको संरक्षणको लागि प्रबासमा खोलियको मगर महासंघले हरेक बर्ष जस्तै यस बर्ष पनि आफ्नो नेपाली मगर संस्क्रिती लाई माघे सक्रान्ती पर्वको अबसर पारेर नाच गान खान पिन तथा चेलीभेटी सत्कार तथा भाग्य चिट्टा को समेत कार्यक्रम सम्पन्न गर्‍यो । सो कार्यक्रममा क्रमस प्रथम द्विप्तिय गरी पाचौ पुरस्कार सम्म बितरण भयको थियो । विश्वमगर महासंघका अध्यक्ष मार्के मगरको अध्यक्षतामा सुरु गरियको उक्त कार्यक्रममा कुल मगर ले उदघोसक गर्नु भयको थियो भने उपस्थितिमा नेपाली दुतावासका तर्फ बाट दुर्गा भण्डारी ज्यु रहनु भयको थियो । उक्त कार्यक्रममा संस्थाका बरीस्ठ सल्लाहकार लाल प्रशाद पाईजा - एन आर एन बेल्जियमका अध्यक्ष पि जि सेर्पा ईन्द्र धनुष क्लवका अध्यक्ष मिन्ड गुरुङ म्याग्दी मोना बाट चन्द्र शर्मा पासा पुच बाट रबिन्द्र मान श्रेस्ठ लगायत अन्य थुप्रै संघ संस्थाको तर्फ बाट शारदा अर्याल कल्पना मगर लीला धर पन्त - प्रेम पाठक -सोम नारायण थनेत -अर्जुन अधिकारि -बिरमान घर्तिमगर् -गंगा धर गौतम - साथै बेल्जिग नागरिक रोल्यान्ड मोरि समेतले अतिथिको आसन ग्रहण गरेका थिय । साथै आसन ग्रहण पस्चात संस्थाका अध्यक्ष मार्के मगरले पित्री पूजा गरेर सुरुवात गर्नु भयो । कल्पना मगरको स्वागत मन्तब्य पछी मार्के मगर र सल्लाहकार लाल प्रशाद पाईजा ले चेलीभेटी हरु लाई खाता ओढाइ सगुन बितरण गरी संमान गर्नु भयको थियो । मगर संस्कृतिक नाच संगै भाग्य चिट्टा कार्यक्रमको अन्तमा खान पिन का साथ साथै उदघोसक कुल मगर ज्यु ले कार्यक्रम लाई मनोरन्जन तर्फ धकेल्दै उपस्थित समुदाय लाई लोक दोहोरी शांझ को प्यास मेटाइ दिनु भयो । यका तर्फ पुरुसको टोली र अर्को तर्फ महिलाको गायन टोलीले दर्सक दिर्घा लाई लोक भाकामा दोहोरी गायर मनोरन्जन दिलायका थिय । पुरुष टिममा कुल मगरको नेत्रित्व रह्यो भने महिला टिममा यमुना रोका मगर को नेत्रित्व रह्यो । कार्यक्रममा प्रस्तुत गरियका नाचमा न्रित्यकार सोनिया थनेत शान्ती पुन लगायत पुष्प गुरुङ र कृष्ण शेरचन को नाचले उपस्थित सबै जनसमुदायलाई भरपुर आनन्द प्रदान गरायो । आसा गरौ आगामी अन्य कार्यक्रममा पनि यसरीनै कलाकारहरु ले उपस्थित समारोह लाई मनोरन्जन प्रदान गर्ने छन । साथै होल्यान्ड बाट सेमत एस पर्वमा सरीक हुन आउनु भयका चेलीहरु कौसिला पुन र अम्बिका पुनको उपस्थिति र नाच गानले अरु थप रौनक प्रदान गरायको थियो । कार्यक्रममा उपस्थित सबै जनालाई खान पिन को फ्री ब्यबस्था मिलाइयको थियो । संस्थाका सदस्य तथा स्वयम सेवक हरुले हरेक पाहुना हरुलाई सोधी खोजी बोलाई खाना बितरण गर्नु भयको थियो । माघे सक्रान्तिको भोजमा प्रमुख लोकप्रियाता पायको उसिनेको तरुल र सखरखन्द ले अचार सेल रोटी पुलाव र मासुको परीकार लाई अरु थप स्वाद दिलायको थियो । कार्यक्रमको अन्तमा एइक्षिक नपाली गीतमा सबै नेपालीहरु खुब रमायर नाचेका थिय ।
नेपाल मा माघे सक्रान्ती मगर हरुको प्रमुख चाड भयको हुनाले प्रबासमा पनि यस चाड लाई बिशेस महत्वका साथ मगरहरु ले नै रुची लियको पाईन्छ । तर गैर मगर हरुले पनि यस चाड लाई उतिकै महत्वका साथ पर्वमा सरीक भै चाड मनाउने भयकाले यो माघे सक्रान्ती पर्व झनै लोक प्रिय भयको छ । १७ जनवरी को बेल्जियम लुभेन सहरमा भयको सो माघेसक्रान्ती पर्व लाई केलायर हेर्ने हो भने अब बेल्जियमामा जुन कुनै चाडमा जो कोही नेपाली पनि सरीक भै खाइ पीइ रमाउन सक्छन भन्ने प्रमाण लाई टेवा पुर्यायको छ । हरेक रङ र जात जाती भाषा भासी का मानिसको अत्यधिक उपस्थितिले आगामी बर्षको विश्वमगर महासंघ बेल्जियमको माघे सक्रान्ती पर्व आयोजना समारोह लाई अरु थप ब्यवस्थित गर्नु पर्ने संकेत दियको छ । हुन सक्छ सबै नेपालीहरुको मिलिमतोमा आगामी बर्ष नेपाली हरुका सबै चाड पर्वहरु मनाउने एउटै स्थान बनाउन सके बेल्जियममा हरेक चाडमा कम्तिमा तीन हजार जना सम्म उपस्थित हुन सक्ने सम्भावना देखिन्छ । चाड पर्व मान्दा जती धेरै मानिसहरुको उपस्थिती रह्यो त्यती नै रमाइलो हुने हुँदा र धेरै मानिसहरु जम्मा हुने स्थान भनेको धार्मिक स्थल नै हुने हुँदा आगामी २२ फेब्रुवरि मा लुभेन सहरमा राखियको संपूर्ण नेपालीहरुको भेलाले हाम्रा यस्तै समस्याहरुको समाधान को खोजी गर्ने छ भन्ने कुरामा हामी पूर्ण बिस्वासमा रहनै पर्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक