20090207

सशस्त्र आक्रमण : एक प्रहरीको मृत्यू

प्युठानको स्याउलेबान प्रहरी चौकीमा शुक्रबार राती एक सशस्त्र समूहले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको हातहतियार पनि लुटेर लगेका छन्। यो चौकी सदरमुकामदेखि १०/१२ घन्टाको पैदल दुरी छ। शुक्रबार राती १२ बजेतिर ५०/६०जनाको समूहमा आएको सशस्त्र समूहले रोल्पाको सिमानासँग जोडिएको उक्त प्रहरी चौकीमा आक्रमण गरेको हो।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मदनबहादुर खड्काका अनुसार सशस्त्र समूहको आक्रमणबाट मृत्यु भएकामा प्युठान निवासी सुमन जीसी छन्। घाइतेको अवस्था सामान्य छ। चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी कार्यरत थिए। बिहानसम्म सबै जना सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र समूहले ५ थान राइफल लुटेर लगेको प्रहरी नायव महानिरीक्षक खड्काले बताए। दाङ, रोल्पा र प्युठान सदरमुकामबाट थप प्रहरी बल घटनास्थलतर्फ पठाइसकिएको जानकारी उनले दिए। गएको प्रहरी टोलीले आक्रमणकारीको खोजी गर्नेछ। आक्रमणको जिम्मेवारी कसैले पनि लिइसकेको छैन। प्रहरीले भने माओवादीबाट असन्तुष्ट भई छुट्टिएको समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरेको छ। प्रहरी टोली पुगिनसकेकाले विस्तृत जानकारी आउन बाँकी छ।- दिलबहादुर छत्याल

'नेकपा माओवादी' गठन हुने : तीन सय नेता सहभागी

माओवादीका पूर्वनेताहरूले 'जनयुद्ध' विचारको रक्षाका लागि भन्दै राष्ट्रिय भेला गर्ने भएका छन् । उनीहरूले केही महिनाअघि 'रेभोलस्नगरी लेफ्ट विङ' गठन गरी 'जनयुद्ध' विचारको रक्षा गर्न राजधानीमा भित्ते लेखन गरेका थिए । माओवादीले 'जनयुद्ध' विचारलाई छोडेको दाबी गर्दै विङले मुलुकका सात ठाउँमा गोष्ठीसमेत गरिसकेको छ । 'जनयुद्ध' वाषिर्कोत्सवको मौका पारी विङको आयोजनामा फागुन पहिलो साता राष्ट्रिय भेला गर्न लागेको विङका नेता मणि थापाले बताए । माओवादी सशस्त्र युद्धको वाषिर्कोत्सव फागुन एक गते हो । उनले राजधानीमा हुने भेलामा करिब तीन सय नेता सहभागी हुने जनाए । 'जनयुद्धको बलमा नै मुलुकमा गणतन्त्रको स्थापना भएको हो, माओवादीले यसको विचारलाई छाडेको छ,' उनले भने, 'जनयुद्धको विचारलाई रक्षा गनर्ुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।' त्यसमा माओवादी छाडेका/विद्राेह गरेका र अन्य 'क्रान्तिकारी' हरू सहभागी हुने जनाइएको छ । विङले झापामा 'जनयुद्ध रक्षा फन्ड, गण्डकीमा 'स्वतन्त्र दलित मुक्तिमोर्चा,' पश्चिम तराईका जिल्ला बाँके, बर्दिया र दाङ 'क्रान्तिकारी मधेस राष्ट्रिय मुक्तिमोर्चा,' दोलखा, रामेछापलगायका जिल्लामा 'ताम्सालिङ मुक्ति संगठन' र पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगा लगायतमा 'किराँत वर्कर्स पार्टी' सँग छलफल गरिसकेको छ । यी संगठन पूर्वमाओवादीका नेताहरूले गठन गरेका हुन् । 'भेलामा क्रान्तिकारी धु्रवीकरणका विषयमा छलफल हुनेछ ।' थापाले कान्तिपुरसँग भने, 'त्यसबेला राष्ट्रिय संगठनको निर्माण गर्ने छ ।' पार्टी एकतापछि माओवादी अर्कै अवस्थामा पुगेको भन्दै भेलाले 'नेकपा माओवादी' गठन गर्ने सम्भावना रहेको थापाले बताए ।

प्रचण्डले तानाशाही शैलीमा शासन सञ्चालन गरिरहेको टिप्पणी

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ले छलकपटको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ। ँम त स्पष्ट र सीधा कुरा गर्ने मान्छे, मलाई त्यस्तो छलकपटको कुरा गर्न आउँदैन तर प्रचण्डले छलकपटको कुरा गर्नुभयो,’ शुक्रबार विराटनगर आइपुग्नुभएका कोइरालाले आफनै निवासमा स्थानीय सञ्चारकर्मीहरूसित कुरा गर्दै भन्नुभयो- ँदश दिनअघि कुरा हुँदा संविधानसभाका विषयमा सरकारको कुनै पनि बिजिनेस छैन भन्ने प्रचण्ड नै हो, तर कुरा गरेको दश दिनपछि नै अध्यादेश लिएर आउनुभयो।’ प्रचण्डले तानाशाही शैलीमा शासन सञ्चालन गरिरहेको टिप्पणी गर्दै नेता कोइरालाले आफूले चारवटा राजा हेरिसकेको र भोगिसकेको हुँदा तानाशाहीको स्वरूप कस्तो हुन्छ भन्नेबारेमा थाहा भएको बताउनुभयो। उहाँको कथन थियो- ँतानाशाही शासनले पहिले प्रेस स्वतन्त्रताको घाँटी समात्छ, दोस्रो नम्बरमा स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्छ र त्यसपछि मात्र राजनीतिक पार्टी माथि अंकुश लगाउन खोज्छ। प्रचण्डको सरकार यही शैलीमा शासन गरिरहेको छ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक