
सेनाले पछिल्लो भर्ती प्रक्रियालाई टुंगोमा पुर्याउँदै २ हजार ८ सय ८४ जनालाई तालिमका लागि छनौट गरेको छ। रक्षा मन्त्रालयले भर्ती रोक्न दिएको निर्देशनको अवज्ञा गर्दै सेनाले भर्ती प्रक्रियालाई टुंगोमा पुर्याएको हो। उच्च सैनिक अधिकृतहरूले भने निर्देशन आउनासाथ रक्षा मन्त्रालयलाई पत्र पठाएर भर्ती रोक्न नसकिने जानकारी गराइएकाले त्यसलाई सरकारको निर्देशन अवज्ञा गरेको भन्न नमिल्ने दाबी गरेका छन्। सेनाले आइतबार छाउनीस्थित रेञ्जर बटालियनमा सिपाहीतर्फ २ हजार ३ सय ४ र पिपातर्फ २ सय ४५ जना तालिमका लागि छनौट गरी भर्ती प्रकियालाई निश्कर्षमा पुर्याएको हो। देशभरका विभिन्न बाहिनीहरूमार्फत् सेनाले यसअगाडि नै शारीरिक जाँच, लिखित परीक्षा र अन्तर्वार्ता गरी अन्य युवालाई छनौट गरिसकेको थियो। सैनिक जनसम्पर्क निर्देशानलयका अनुसार एक महिनाभित्रै छनौट भएका सिपाही र पिपाको तालिम सुरु हुनेछ। सेनाले पछिल्लोपटक गत कात्तिक १६ र १७ गते सार्वजनिक सूचना प्रकाशित गरी भर्तीका लागि आह्वान गरेको थियो, जसमा देशभरका ५५ हजार युवायुवतीले आवेदन दिएका थिए।
"माओवादीले मलाई ललिपप देखाएर भुलाउन खोजेको छ, म गुलियोमा भुल्दिँन।": गिरिजा
* आफूलाई राज्यले दिएको सुविधा सरकार टिकाउने चालबाजी
* गिरिजा र देउबाले प्रचन्डको सातो काढे

कोइरालाले वर्तमान सरकार सेनाबारे स्पष्ट हुन नसक्दा असफल बन्दै गएको बताउनुभएको छ। गृहनगर विराटनगर पुग्नुभएका कोइरालाले सञ्चारकर्मीमाझ भन्नुभयो– 'माओवादीले आफ्ना लडाकूलाई छोड्न नसक्दा र राष्ट्रिय सेनालाई स्वीकार गर्न नसक्दा सरकार असफल बन्दै गएको छ। प्रधानमन्त्री दुईवटा डुंगामा खुट्टा राखेर हिँडिराखेका छन्।' यो नै असफलताको मूल कारण हो, सेनालाई राजनीतिमा मुछेको बताउँदै कोइरालाले भन्नुभयो– 'यही कारणले ल एण्ड अर्डर मिचिएको छ।' आफूलाई राज्यले दिएको सुविधा सरकार टिकाउने चालबाजी रहेको भन्दै कोइरालाले भन्नुभयो– माओवादीले मलाई ललिपप देखाएर भुलाउन खोजेको छ, म गुलियोमा भुल्दिँन।
वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसलाई प्रमुख दुस्मन ठान्नेहरु समाप्त भएर जाने गरेको उदाहरण दिंदै माओवादी सरकार पनि आफैं ढल्ने बताएका छन्। देउवाले काँग्रेसलाई प्रमुख दुस्मन ठान्दा राणादेखि पूर्वराजा ज्ञानेन्द्रसम्म आफैं समाप्त भएर गएकाले माओवादीले पनि दुस्मन ठाने उ पनि समाप्त भएर जाने दावी गरे । ´काँग्रेसलाई दुस्मन ठान्दा राणाहरुको के हाल भयो पूर्वराजा महेन्द्र र ज्ञानेन्द्रको के हाल भयो´ - आइतबार बिहान पोखरामा साचारकर्मीसित कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने-´हामीलाई प्रमुख दुस्मन ठाने माओवादीको पनि त्यही हाल हुन्छ।´ देउवाले माओवादी सरकार आएपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति झन् भयावह बनेको आरोप लगाए।
´माओवादी सरकार आएपछि अझ मेधशमा त स्थिति भयावह बनेको छ।´मुलुकको सुरक्षा अवस्था दिनदिनै बिग्रनुमा दण्डहिनता नै प्रमुख कारण बनेको उनले बताए। ´दण्डहिनताले प्रश्रय पाउँदा अपराधीहरु बढिरहेका छन्´ देउवाले भने
नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले अखिल क्रान्तिकारीलाई नव मण्डलेको आरोप लगाएका छन् । संघको गोरखा काठमाडौं सम्पर्कमञ्चको भेलामा उनले यस्तो आरोप लगाएका हुन् । सत्ताको आडमा क्रान्तिकारीले अराजकता चलाएको भन्दै उनले भने, 'अखिल क्रान्तिकारी सत्ताले संरक्षण गरेको मण्डले हो ।' अखिल क्रान्तिकारीले ढाड भाँच्ने अभिव्यक्ति धम्कीपूर्ण भएकाले सच्याउन आग्रह गरे ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक