जन्म दिने आमा र जन्मेको देश दुबै निकै प्यारा हुँदा रहेछन, अझ आमा र देश छाडेर बिदेशमा बस्दाको पिडा को त कुरै नगरौँ, जब म अमेरिका बस्न थालेँ तब त्यो पिँडा मैले नजिकबाट अनुभब गर्दैछु । यसै सन्दर्भमा मैले केही समय अगाडि अमेरिकामै कोठा मा तयार पारेर लेखेको गीत मेरो छोरा ज्ञानन र छोरी सुस्मा को अनुरोधमा, छोरा ज्ञाननले सामान्य क्यामराले कोठा भित्र खिचेर वेबसाईटमा राखेको थियो, यो रफ गीत एक लाख भन्दा बढी दर्सकले हेरेछन बिभिन्न वेबसाईटमा गएर । यो गीत http://revver.com/video/873911/ram-prasad-khanals-nepali-folk-song-mothers-day-special/ मा मात्र ६४ हजार दर्सकले हेरेछन भने अन्य बिभिन्न वेबसाईटमा गएर हेर्नेको संख्या ४० हजार भन्दा बढी देखेर ए आमालाई माया गर्नेको संख्या पनि कम् रहेनछ भनेर खुशी लाग्यो । त्यही गीत तपाईंहरुको लागि यहाँ प्रस्तुत गर्दै बिदेशमा रहेपनी आमा नभुल्न सबैलाई आग्रह पनि गर्दछु । रफ सुटिङ र कम् गुणस्तरका लागि माफ गरिदिनु होला है !कृपया ....
टाउको काटेर हत्या : टाउको र शरीर छुट्टाछुट्टै
टाउको काटेर हत्या गरिएको एक व्यक्तिको बेवारीसे शव नवलपरासीको गैडाकोटमा मंगलबार फेला परेको छ। अन्दाजी २२/२३ वर्षको पुरुषको शव गैडाकोट गा.वि.स.७ गैरीगाउँ स्थित नारायणी नदी किनारको खेतमा फेला परेको जानकारी स्थानीयवासीले दिएका छन्। टाउको र शरीर छुट्टाछुट्टै भएको अवस्थामा शव फेला परेको शवको अहिलेसम्म सनाखत हुन नसकेको गैंडाकोट प्रहरीले जनाएको छ। बिहान साँढे नौ बजेतिर शव देखेपछि स्थानीयले खवर गरेपछि प्रहरीको एक टोलीले घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ। गए राति टाउको काटेर शव फालिएको हुनसक्ने आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्या कसले गरेको हो भन्ने थाहा हुन नसकेको प्रहरीको बताएको छ। पोष्टमार्टमका शब भरतपुर अस्पताल ल्याइएको छ।
भारतीय विदेश सचिव काठमाण्डू आउने बित्तिकै ...

एमाले केन्द्रीय कमिटी विघटन

धमलालाई थप पाँच दिन हिरासतमा राखिने
भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग संलग्न रहेको अभियोगमा प्रक्राउ परेका रिपोटस्र क्लबका अध्यक्ष ऋषी धमलालाई थप पाँच दिन हिसरातमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले धमलालाई फागुन ६ गते थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले अनुसन्धानको लागि १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग संलग्न रहेको अभियोगमा दुई हप्ताअघि धमलालाई पुतलीसडकस्थित रिपोर्टस क्लबको कार्यालयबाट पक्राउ गरेको थियो । हिरासतमा राख्ने म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउँदा धमलाले आफू प्रेस स्वतन्त्रताको पक्षधर रहेको तथा राज्यले आफूमाथि षडयन्त्र गरिरहेको बताएका थिए ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक