20090215

प्रचन्ड देश भक्त हुन कि र का एजेन्ट ?

- शेखर ढुङेल


जस्ले आफ्नो जीवन को सम्पूर्ण राज शाही समय एक लडाकु को रुपमा राष्ट्र निर्माण मा लगाएर बिस्व मान चित्र मा नेपाल राष्ट्र र नेपाली जाती भनी चिनायो । उन्लाई माओवादी दुस्मन को ब्यबहार गर्दै छ । जस्ले यो राष्ट्र चार बर्ण ३६ जात को फुल्बारी बनायो माओबादी त्यस्को बिरुद्ध मा देश लाई रणभुमि बनाउदै छ । जस्ले यो देश लाई दुई ढुङ्गा बिच को ुतरुल ुभनी राष्ट्र बाद् को सम्बेदनशील अवस्था को चित्रण गरे माओवादी यो दुई देश बिच को ुडाइनामाइट ु हो भन्दछ यो कस्तो मजाक हो कस्तो बिक्रिती रु प्रचन्ड ले आत्मा साछी राखेर भनुन के पृथ्वी नारायण ले यो देश एकिकरण गरी स्थापना नगरि दिएको भये आज नेपाल र नेपाली भन्ने मौका पाउदथ्यौ रुउन्को अनादर गर्नु , उन्को सालीक फोड्नु , उन्को सम्झना मा मनाइदै आएको एकता दिवस नमनाउनु भनेको एउटा नेपाली ले हैन बिदेशी को एजेन्ट मात्र गर्ने काम हो । ब्रिटिश हरु ले तत्कालिन बिशाल भारत मा २०० बर्ष शासन गर्दा समेत एउटा सानो हीमाली अधिराज्य नेपाल का वीर सपुत हरु ले दर्दनाक युद्ध लडेर यो देश को अस्तित्व बाचाये । तिन्को उपहास माओवादी गर्दै छ । एक स्वाभिमानी नेपाली को लाग्गी यो छ्यड एकदमै पिडा दायक बन्दै गैराखे को छ । नेपाल आज १६ औ सताब्दी को क्रमवेल , २० औ सताब्दी को पोल्पोट र तालिवान को बाटो मा गैराखे को छ । देश का नागरिक नेपाल र नेपाली हुनु मा गर्ब गर्नु भन्दा जाती र छ्येत्रीय हुनु मा गर्ब गर्दै स्थापित स्वधर्म , सास्कृतिक , सामाजिक , एतिहासिक सम्रचना ध्वस्त पार्न बिभक्त भएका छन । ननिभ्ने ज्वालामुखी बनी बिभिन्न छ्येत्र मा मुस्लो उठिराखेको छ ।
भारत बाट बेलायत फर्के पछी पनि नेपाल ले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न धेरै कसरत गर्नु परेको तथ्य कसै ले बिर्सन सक्दैन । हीमाली छ्येत्र बाट भारतीय सेना हटाउदा होस कि सगरमाथा र बुद्ध को जन्म थलो को बिबाद होस् वा महेन्द्र राज मार्ग निर्माण होस् कि बिदेशी को अनुदान मा उध्योग स्थापना गर्न होस् एक स्वतन्त्र राष्ट्र को हैसियत ले गर्न सक्ने काम गर्न पनि गार्हो परेको थियो तर नेपाली को एकता ले त्यस्ता बाधा अडचन तोडिदै गये । १५ महिना सम्म नाकाबन्धी मा पर्दा पनि नेपाली र तत्कालिन शासक बिदेशी सीत नझुकी एक आपस मा सम्झौता गरेका थिए । २०४६ साल पछी को खुल्ला बातावरण को दुरुपयोग गर्दै माओवादी ले भारतीय भुमी मा बसेर नेपाल बिरुद्ध शसस्त्र संघर्श गर्‍यो , राष्ट्र को सम्पत्ति लुटि हतियार किनेर भारतीय अपराधी समुह लाई धनी बनायो । पत्रकार र शीछ्यक को गला रेटी राजतन्त्र र संसदिय ब्यबस्था फाल्न रगत चढायो । एक आपस मा हांसी मिलिजुली बसेका सोझा , गरीब जनता लाई समान अधिकार दिलाउने , सुन को धुरी हाली दिने , रैति बाट सामन्ती भन्दा माथि पुर्याइ दिने सपना बाँडेर फुट कलह र एक आपस मा लड्ने लडाउने बिस दिमाग मा घुसायो । अब हेरौ देश कहाँ जादै छ रुमधेस , थारु , लिम्बुवान , खम्बुवान , नेवा , चन्द्र बन्शी , सुर्य बन्शी , चुरे भावर , पहाडे , हीमाली शेर्पा जस्ता दर्जनौ राज्य को माग गरी हतियार खेलाई राखेका छन त्यो पनि स्वनिर्णय को अधिकार सहित रे यस्तो बिचार कुनै देश भक्त नेपाली ले नेपाली लाई पिलाउन सक्त छ रु सम्भब छैन । जनयुद्ध को १० बर्ष सम्म भारत का बिभिन्न ठाउँ मा बसेका , हतियार किनी नेपाल पठाइ राखेको , गुरिल्ला तालिम दिएको भारत सरकार लाई थाहा थिएन भनेर को पत्याउद छ रु एमाले का नेता लाई पटना र सीलीगुडि मा भेट्ने ब्यबस्था गरिदिने भारत ले दुनियाँ लाई झुट बोलिराखे को थियो र माओवादी लाई उक्साइ राखेको थियो किन रु एका तिर सुरक्षा अर्को तिर रेड कर्नर् वारेन्त को नाटक मन्चन किन गर्‍यो भारत ले रुतत्कालिन अवस्था मा राजा र प्रजातान्त्रिक पक्ष एक हुन्जेल सम्म माओवादी लाई सहयोग गरी उक्साइ रह्यो । राजा को कदम ले चिडिएका काङ्रेस र एमाले लाई लोकतन्त्र दिलाई दिन्छु भनी आफ्नो एजेन्ट लाई स्थापना गर्‍यो शान्ती सम्झौता को नाम मा । युगौ देखी राजा फ्याक्ने योजनामा रहेको भारत लाई सुबर्ण मौका मिल्यो । काङ्रेस र एमाले लाई दिल्ली बोलाएर राजा फ्याकी प्रचन्ड लाई साथ दिन कबजष् गरायो । जस्को खुलाशा हालै भारत का बिदेस मन्त्री प्रवन मुखर्जी ले गरेका छन ।
यि सब प्रमाण र गतिबिधी का बाबजुद कसरी नभन्ने प्रचन्ड लाई ु र ु को एजेन्ट वा नयाँ लोन्दुप दोर्जे रु जस्ले नेपाल को अस्तित्व लाई भारत को पोल्टा मा हाल्ने बाटो खोली दिएका छन । देश शंघियता मा गये पनि नगये पनि प्रचन्ड ले रोपिदिये को कल बिश को ब्रीछ्य ले श्रीलन्का को तामिल को नियती भोग्नु पर्ने भयो । एउटा देश भक्त ले राष्ट्र लाई टुक्रा टुक्रा बनाउछ रु नेपाली को गौरब शालि बहादुरि र एकता लाई तहस नहस पार्दछ /
भारत मा प्रशिछ्यित प्रचन्ड र बाबु राम लाई थाहा थिएन छ दशक लामो गनतन्त्रात्मक शासन अपनाएको भारत मा नेपाल को भन्दा कैऔ गुना बढी जात भात र छुवा छुत छ भन्ने रु के प्रचन्ड लाई थाहा थिएन भारत मा खालिस्तान माग को दर्द नाक कथा रु९ राज्य ले अपरेसन ब्लु स्टार् को नाम मा स्वर्ण मन्दिरा मा आक्रमण , भिन्डरा वाले को हत्या , र त्यो स्रिँखला श्रीमती इन्दिरा गान्धी को हत्या मा पुगेर मात्र केही मत्थर भएको थियो ० । के प्रचन्ड लाई थाहा थिएन बिगत मा झाड्खन्द , उत्तरान्चल , को आन्दोलन पछी छुट्टै राज्य बनेको रु के प्रचन्ड लाई थाहा छैन अझै पनि बोडो र गोर्खाल्याँड को आन्दोलन भैराखेको रु बिबिध जात र बर्ग को सानो फुल्बारी नेपाल ले के त्यो नियती सम्हाल्न सक्त छ रु ति सब ले अधिकार को नाम मा गर्ने संघर्स र रक्त पात ले के देश को अस्तित्व कायम रहन्छ रु देश लाई नै बिलय गराउने गरी प्रपन्च गर्ने लाई देश भक्त भन्ने कि बिदेशी को एजेन्ट ?
जब सम्म राजा थिए देश को अस्तित्व को लागि एउटा पिलर बनी जनता को साथ मा उभिन्थे । उस्लाई फ्याक्न भारत ले प्रचन्ड को जन्म गरायो । नेपाली लाई जती फुटायो त्यती भारत लाई फाईदा त्यसै ले एउटा राजा को साथ दिने दल नेपाली काङ्रेस लाई फोरुम र तमलोपा मा बिभक्त गराइ कमजोर बनाइ दियो । नत्र काङ्रेस् अहिले पनि एक नम्बर मै पर्दथ्यो । राजा टिक्न सक्दथे । भारत त्यो चाहन्न थ्यो त्यसै ले शान्ती सम्झौता अनुरुप माओवादी ले आफ्नो प्रतिबद्धता पुरा नगर्दै चुनाव मा जान भारत ले दबाब दियो र माओवादी लाई सहयोग पुर्यायो । आज नेपाल मा एक दुई मात्र होइन दर्जनौ लोन्दुप दोर्जे बन्न लाइन मा बसेका छन । लोन्दुप दोर्जे जन्माउन एक मात्र बाधक राजतन्त्र फ्याक्न सफल भारत को हाली मुहाली कसरी बढ्दै छ हामी देख्दै छौ । राष्ट्र निर्माता र उन्का सन्तान लाई फ्याकी सता पाउन दुताबास मा लाइन बस्न जाने प्रचन्ड जस्ता क्रान्ति कारी नेता पाउनु भारत को लागि गर्ब को बिषय हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक