20090215

मातृका माओवादी भ्रष्टाचारविरुद्ध लड्ने रे !!!

* पुष्पकमलले माओवादीलाई कांग्रेस र एमालेजस्तै बनाएका छन् *

देश दौडाहामा हिंडेका, नेकपा माओवादी पुनगर्ठन गर्ने घोषणा गरेका नेता मातृकाप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विचारमा सुधार गरे उनलाई आफ्नो पार्टीमा स्वागत गर्न सकिने बताएका छन्। उनले आफू एकीकृत नेकपा माओवादीमा फर्कने कुनै सम्भावना नरहेको बताए। वैचारिक मतभेदका कारण आफू एकिकृत नेकपा माओवादीमा नगएको र त्यहाँ फर्कने कुनै सम्भावना नरहेको बताए। प्रधानमन्त्री दाहाल बरु आफ्नो पार्टीमा फर्कन सक्ने भन्दै यादवले थपे - ´पुष्पकमल दाहालले मसँग मैले सकिन भने मातृकाजी तपाईंसितै आउँछु भनेका छन्।´ एकीकृत नेकपा माओवादीको केन्द्रीय सचिवालय बैठकले शनिबार अराजक र अनुशासनहीन चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै यादवलाई निष्काशन गरेको थियो। माओवादीले आत्माआलोचना गरेमा पार्टीमा फर्काउन सकिने निर्णय गरेको भोलिपल्ट यादवले पुष्पकमलले विचारमा सुधार गरे आफ्नो पार्टीमा लिन सकिने जवाफ फर्काएका हुन्। पाँच दिनअघि एकीकृत नेकपा माओवादी परित्यागको घोषणा गरेका नेता यादवले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टीमा प्रवेश गर्न चाहनेलाई एकीकृत नेकपा माओवादीले अवरोध पुर्‍याइरहेको दाबी गरे।
´मेरो पक्षमा बोलेपछि झापामा दुई जिल्ला नेतालाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेर राखेका छन्´ भन्दै यादवले यस्तो प्रवृति नरोकिए पुष्पकमलको छवि जनतासामु प्रत्यक्ष रुपमा झन् बिग्रने चेतावनी दिए। पत्रकार सम्मेलनमा मातृकाले भने-´मेरो अभियानको प्रेसर थाम्न नसकेर पुष्पकमलको पार्टीले प्रलोभन, धम्की र अपहरण गर्ने कार्य गर्न थालेको छ।´ ´पुष्पकमलको यस्ता गतिविधिले मेरो अभियान रोकिंदैन, यसले पुष्पकमललाई नै क्षति गर्छ´ मातृकाले थपे- ´यो अभियानको सुरुवात हो, १० वर्ष जनयुद्ध लडेकाहरु जनताको मुक्तिका लागि फेरि लड्न तयार छन्।´ ´पुष्पकमलप्रति मेरो चानचुने विश्वास थिएन्, २२ वर्षको संगत थियो हाम्रो´ -मातृकाले भने, ´मलाई कारबाही गरेर उनीहरुले नौटंकी गरेका छन्। पुष्पकमलले माओवादीलाई कांग्रेस र एमालेजस्तै पार्टी बनाएका छन्।´

यादवको फागुन १३ गते राजधानी फर्कने कार्यक्रम छ। मधेशका जिल्लामा एकीकृत नेकपा माओवादी परित्याग गरी मातृकाको अभियानमा जुट्ने नेता/कार्यकर्ताको भीड बाक्लिंदै गएको उनका सहयोगी एवं पार्टी केन्द्रीय सल्लाहकार परिषद्का सदस्य योगेन्द्र साहले बताए। तत्कालीन नेकपा माओवादीको केन्द्रीय कार्यकर्ता भेलामा ´मधेशमा पार्टीको अवस्था र सुधारको आवश्यकता´ सम्बन्धमा प्रतिवेदन बुझाउँदा पार्टी अध्यक्ष दाहालले बेवास्ता गरेको आरोप यादवले लगाए। ´मेरो प्रतिवेदनमा काँटछाँट भएपछि त्यतिबेला नै पुष्पकमललाई पार्टी त्याग्ने जानकारी गराएको थिएँ´ नेता यादवले भने ´उनले गम्भीरता नै देखाएनन्।´
आफूलाई सनकी भने पनि बेइमान र भ्रष्ट कसैले नभनेको बताउँदै नेता यादवले पुनर्गठित नेकपा माओवादी भ्रष्टाचारविरुद्ध लड्ने बताए। यादवले आफ्नो पार्टी कुनै अन्य पार्टी वा समूहसँग तत्काल एकता गरिहाल्ने पक्षमा नरहेको खुलासा गरे। ´मधेश र पहाडका उत्पीडित जनता हाम्रो पार्टीमा समावेश हुनेछन्।´ पत्रकार सम्मेलनमा तीन सय भन्दा बढी नेता तथा कार्यकर्ता र करिब एक दर्जन जिल्लास्तरीय नेता सहभागी थिए। - सुरेशकुमार यादव


Efforts to destroy cultural heritage


The language, literature, culture and tradition are the real treasures of any nation. These fields should be left out of dirty politics. These are the elements that help people bind together and help towards keeping nation intact. Language, literature, culture and tradition represent the nation. The richness of a nation is also measured by the language, literature, culture and tradition.

Nepal is a small nation. But it is very rich in languages, literatures, cultures and traditions. Although Nepal has less than 30 million people, it has more than thirty languages spoken in its land.. People celebrate so many festivals attached to our culture and tradition. Nepali people living in the Kathmandu valley celebrate ‘Indra Jatra’ to please the god for the rain shower during the harvest season. People in ‘Terai’, the southern plateau celebrate ‘Chhath’ to please the Sun to bring a light in their lives by fulfilling the wishes they have. The people who live in the mountainous regions celebrate ‘Lhosar’ as the beginning of the New Year to bring the happiness in the whole year. Kathmandu locals celebrate their new year as ‘Nhudaya Bhintuna’ for the same purpose. People celebrate the ‘Buddha Jayanti’ to remember Lord Buddha’s enlightenment irrespective of what part of the nation they reside. People from all parts of the country gather in Pashupatinath Temple to celebrate ‘Shiva Ratri’ to pray Lord Shiva-Shankar for the well-being and happiness.

Nepali people living in a same land have been taking the fellow citizens’ invaluable languages, literatures, cultures and traditions as the addition to their own rich heritage. Thus, people were happy to have different languages, literatures, cultures and traditions and enjoying to accept all of them as their own and coming closer to each other. It is this reason the Maoists are smelling their ultimate goal to establish People’s Republic shattering because of the closeness of Nepali people having different languages, literatures, cultures and traditions. The Maoists saw benefits in ‘divide and rule’ and this prompted the Maoists to encroach in every sectors of the society. The appointment of the Vice-Chancellor of Nepal Academy must be considered from above perspectives.

Maoist Minister Gopal Kirati’s appointment of Maoist cadet as Vice-Chancellor of the Nepal Academy is nothing more than to invite division and clashes among the intellectuals, litterateurs, artists, writers and poets in the name of inclusiveness. Under the table appointment of the Vice-Chancellor who proudly claims to be the Maoist People Liberation Army cadet has invited growing atrocities among the intellectuals, writers, poets and artists. This appointment should be declared null and void. A person who is purely engaged in intellectual pursuits or who has contributed towards promoting language, arts and literature has to be given the responsibility and not to a person who claims to be the Maoist militia. We cannot accept Maoist encroachment everywhere. We cannot see our heritage being destroyed by the Maoists.


Kamala Prasai,
New York, Coordinator, Nepali Women Diaspora
nepaliwomendiaspora@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक