20090218

पूर्वराजा ज्ञानेन्द्रको सन्देश !


राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले आज एक शुभकामना सन्देश दिनुभएको छ। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गरी दिनुभएको सन्देशमा पर्ूवराजाले राजा र जनताबीचको सहकार्यबाट २००७ सालमा प्रजातन्त्र आउन सम्भव भएको स्मरण गर्नुभएको छ। ँजनता र राजाको सहकार्यद्वारा प्रजातन्त्र स्थापना गरिएको यस दिनले हामी सबैलाई राष्ट्रिय दायित्व र कर्तव्यको बोध सदा गराइराख्नेछ’, पूर्वाराजाले जारी गर्नुभएको सन्देशमा उल्लेख छ- ँ२००७ साल फागुन ७ गते नेपाल एकीकरणपछिको र्सवाधिक महत्त्वपूर्ण राष्ट्रिय दिन हो।’ पर्ूवराजाले प्रजातन्त्र प्राप्तिको महान् अभियानमा जीवन उर्त्र्सग गर्ने ज्ञात-अज्ञात शहीदहरू तथा स्वर्गीय श्री ५ त्रिभुवनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ँयस दिनले सबै नेपालीलाई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्र सर्ंवर्द्धन र संरक्षण गर्ने थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु’ -पूर्वराजाको सन्देशमा भनिएको छ।
पूर्वराजा ज्ञानेन्द्र मंगलबार भक्तपुरको उत्तरी भागमा रहेको प्राचीन मन्दिर चाँगुनारायण पुगेर पूजाअर्चना र दर्शन गरी र्फकनुभएको छ। निजी नम्बर प्लेटको बा ४ च ३८०७ नम्बरको गाडीमा सादा पोशाकका सुरक्षागार्डका साथ बिहान ९ बजेर ५१ मिनेट जाँदा पूर्वराजा ज्ञानेन्द्र चाँगुनारायण मन्दिरमा प्रवेश गर्नुभएको थियो। मन्दिरभित्र उहाँले भगवान् विष्णु, गरुड र वासुकी नागको पूजा गरी मुख्य पुजारी चक्रबहादुर घरानन्द राजोपाध्यायबाट टीका, फूलपाती र प्रसाद ग्रहण गर्नुभएको थियो। चाँगुनारायण आसपासमा रहेको छिन्नमस्ताको मन्दिरलगायत विभिन्न देवी देवताका मर्ूर्तिलाई दर्शन गरी पूर्वराजा १० बजेर ३० मिनेटमा गुनारायणबाट र्फकनुभएको थियो। जाँदा अरनिको राजमार्ग हुँदै भक्तपुर व्यासीबाट चाँगुनारायण पुग्नुभएका ज्ञानेन्द्र र्फकंदा सल्लाघारीबाट पुरानो बाटो ठिमी हुँदै जडीबुटी निस्कन लाग्दा आधाघण्टा ट्राफिक जाममा पर्नुभएको थियो। जाम हटाउन ट्राफिक प्रहरीलाई निकै हम्मे परेको थियो। प्रहरी प्रशासनलाई थाहै नदिइ चाँगुनारायण पुग्नुभएका पर्ूवराजाको चाँगुमा भाकल रहेकाले त्यही भाकल बुझाउन जानुभएको चर्चा मन्दिर आसपासमा चलेको थियो। सामान्य पोशाकमा चाँगु पुगेका पर्ूवराजालाई हेन स्थानीयवासी भेला भएका थिए भने केही सञ्चारकर्मीसमेत उक्त स्थानमा पुगे पनि उहाँबाट कुनै प्रतिक्रिया आएन।



देशलाई माओवादी ज्यादतिबाट मुक्त गर

राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष र्सर्ूयबहादुर थापाले माओवादी देशलाई माओवादी ज्यादतिबाट मुक्त गरेर अगाडि बढाउन बृहत् प्रजातान्त्रिक शक्ति निर्माण अपरिहार्य भएको बताउनुभएको छ। पार्टीे बागमती अञ्चल स्तरीय कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै थापाले माओवादीले धाक र धम्की देखाएर सत्ता सञ्चालन गरिरहेको बताउनुभयो। नेपालमा बृहत् प्रजातान्त्रिक शक्ति नहंुदा शक्ति सन्तुलन हराउँदै गएका कारण प्रजातान्त्रिक शक्तिहरू कमजोर बन्दै जाने र तानाशाही र निरंकुशतावादीहरू भने बलिया हुँदै जाने स्थिति देखिएको स्पष्ट गर्दै थापाले शक्ति सन्तुलन ब्रि्रँदै जाँदा प्रजातन्त्रमाथि नै खतरा हुने टिप्पणी गर्नुभयो।
पार्टीहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बृहत् प्रजातान्त्रिक शक्ति निर्माणको अवधारणा आफनो पार्टी ल्याए पनि लोकतन्त्रको रक्षाका लागि यो एक मात्र उचित बाटो भएको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक