20090225

माओवादीका धम्की र चेतावनीका ताँती !!!???

* सरकार ढाल्ने ´दिवा सपना´ नदेख्न चेतावनी,
* ´न्यायिक विद्रोह´ गर्ने चेतावनी ,
* भ्रष्टचारी र अत्याचारीको पत्तासाप गर्ने चेतावनी


माओवादीको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले निर्धारित समयमा संविधान लेख्न अवरोध गरिए ´न्यायिक विद्रोह´ गर्ने चेतावनी दिएका छन्। राजधानीमा बिहीबार आयोजित पूर्व माओवादीको सहायक संगठन वाईसीएल र पूर्व एकता केन्द्र मसालको अखिल नेपाल जनवादी युवा संघको एकता घोषणा सभामा उनले प्रतिक्रान्तिकारी र यथास्थितिवादी शक्तिहरुले समयमै संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको दाबी गरे। ´निर्धारित समयभित्र संविधान लेख्न नदिए न्यायिक विद्रोह गरिनेछ´ नेता श्रेष्ठले भने। जस्तो अवरोध गरे पनि आफूहरुले जनसंविधान बनाएरै छाड्ने उनको दाबी थियो। ´हामी क्रान्ति छाड्दैनौं नेपाली जनता साथ लिएर जनसंविधान लेखेरै छाड्छौं´ श्रेष्ठले भने।
उनले संसदीय कालमा जस्तो सरकार ढाल्ने र बनाउन नहुने जिकिर गर्दै सरकार ढाल्ने ´दिवा सपना´ नदेख्न चेतावनी दिए। यसअघिका सरकारमा नेतृत्वको संकट रहेको र देशी विदेशी शक्तिसँग सम्झौता परस्त रहेकोसमेत श्रेष्ठले आरोप लगाए। यो सरकार नढाल्न संभव नभएको दाबी गर्दै उनले भने ´यो सरकार इतिहासको कायापलट गर्न इतिहासले नै पठाएको सरकार हो।´
नेपाल पूर्ण स्वाधीन नभएको बताउँदै नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र नेपाली क्रान्तिका लागि माओवादीले कुनै सम्झौता नगर्ने बताए। यसअघि गरिएका सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरेर देशलाई पूर्ण स्वाधीन बनाउने भनाइ श्रेष्ठको थियो। उनले सीमा अतिक्रमणको अन्त गरिने र खोसिएका भूभाग जस्तोसुकै मूल्य चुकाएर भए पनि फिर्ता गरिने दाबी श्रेष्ठले गरे।
´सीमा अतिक्रमण अन्त गरिनेछ। अतिक्रमित भाग जुनसुकै मूल्यमा पनि फिर्ता गरिनेछ। हाम्रो भूमिमाथि परेड खेलेको सहदैनौं´ श्रेष्ठले भने। उनले देशभित्र र बाहिरका शक्तिले जति अवरोध पुर्‍याए पनि क्रान्ति आमूल परिवर्तन नछाड्ने दाबी गरे। तर उनका अनुसार त्यो क्रान्ति भनेको यो देश मजदुर किसानको हुने बताए।
´क्रान्ति आमूल परिवर्तन त छाड्ने छैनौं तर त्यो हाम्रो मौलिक बाटो हुनेछ´ श्रेष्ठको भनाइ थियो। उनले अहिले बचेका सामन्तवादको समूल नष्ट गरेर किसान मजदुरको देश हुने बताए। ´प्रतिक्रियावादीहरु आफ्नै तरीकाले लड हामी हाम्रा तरीकाले लड्छौं। हाम्रो तरीका भनेको दिगो शान्ति स्थापना गर्ने र संविधानसभाबाट जनसंविधान बनाउने हो´ उनले भने।
उनले सबै दललाई सहमत बनाएर अघि बढ्न चाहेको बताउँदै अनावश्यक अड्को थापेर सहमति र सहकार्य तोड्नेहरुको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिए। ´जनमुखी संविधान बनाऔं। सहमति र सहकार्य गरौं भनेका छौं। तर सहमतिमा नआउनेको हालत ज्ञानेन्द्रको जस्तै हुनेछ। र नेपालमा नयाँ क्रान्ति हुनेछ´ श्रेष्ठले भने।
कार्यक्रममा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले संसदवादी दलहरु पुरानै संविधान बनाउने र जनताको नयाँ नेपाल हेर्ने चाहना तुहाउन षड्यन्त्र गरिरहेको आरोप लगाए। ´सकेसम्म पुरानै संविधान संसदीय संविधान बनाउने दिगो शान्ति जनताको सपना तुहाउने षड्यन्त्र भइरहेको छ´ उनले भने। माओवादी एकीकृत हुन थालेपछि तर्सिएर उनीहरु विभिन्न निहुँ बनाएर अवरोध गर्दै षड्यन्त्रका तानाबाना बुनेकोसमेत उनले आरोप लगाए।
´उनीहरु फौजीरुपले पनि यो वा त्यो रुपले हाम्रा साथीमाथि सांघातिक घटना घटाउने षड्यन्त्र गरिरहेका छन्´ उनले भने। महराका अनुसार प्युठानको स्याउलीबाङ प्रहरी चौकीमाथिको आक्रमण र प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथिको गोली प्रहार त्यसकै उदाहरण हुन्। उनले यसलाई जनताको शान्तिपूर्णरुपले जिउने सपना पूरा हनु नदिने सुनियोजित षड्यन्त्र भएको समेत दाबी गरे। ´संविधान बन्न नदिने सुनियोजित षड्यन्त्र हो´ महराको कथन थियो।
वाईसीएल अध्यक्ष गणेशमान पुनले भ्रष्टचारीहरुलाई कारबाही गर्ने चेतावनी दिए। उनले आफूहरुले आफैं कारबाही नगर्ने र सरकारलाई बुझाउने बताए। ´भ्रष्ट र ठगहरु हिसाब किताब मिलाउन थाल्नू। सरकारले स्वयं कर घोषणा गर्न भनेको छ। होइन भने हामी खोजीखोजी कानुनी कारबाही गर्छौं´ पुनले भने। उनले आफूहरु ९० लाख भएको दाबी गर्दै भ्रष्टचारी र अत्याचारीको पत्तासाप गर्ने समेत चेतावनी दिए। ´९० लाख शक्ति लगाएर भ्रष्टचारी र अत्याचारीलाई पत्तासाप गराउनेछौं´ उनले भने। अहिले वाईसीएल चुप नलागेको बताउँदै आफूहरु उठे देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी बाँकी नरहने दाबी गरे। ´रछ्यानमा ढुंगा किन हान्नु हामी उठे यहाँका प्रतिगामी कोही पनि बाँकी रहन्नन्´ उनले भने। देशको सीमा मिचिएको बताउँदै अब वाइसीएल सीमा रक्षाका लागि जुट्ने बताए। उनले सबै युवालाई सीमा रक्षाका लागि तयार रहन आग्रह गरे। जनसंविधान लेख्न युवाहरु लाम लाग्ने बताउँदै अब वाइसीएल गाउँ जाने बताए। पूर्व माओवादीको सहायक संगठन वाईसीएल र पूर्व एकताकेन्द्र मसालको अखिल नेपाल जनवादी युवा संघको एकीकरणपछि गणेशमान पुनको संयोजकत्वमा २५५ सदस्यीय केन्दीय समिति गठन गरिएको छ।

पूर्वराजा भारत भ्रमण् मा निस्किदा पार्टीहरुको सातो गयो
पूर्वराजा ज्ञानेन्द्र तीन हप्तासम्म भारतमै रहने



पूर्वराजा ज्ञानेन्द्र विहेको निम्तो मान्न आज भारत जानुभएको छ । नारायणहिटी दरवार छोडेको आठ महिनापछि ज्ञानेन्द्र शाह पूर्वरानी कोमलका साथ दिउासो पौने चारबजे जेट एयरको विमानवाट भारत जानुभएको छ । शाही पाश्र्ववर्ती भरतकेशर सिंहको फुपुको छोराको विवाहको निम्तो मान्न उहााहरु भारतको उडिसा जानुभएको हो । नारायणहिटीवाट वहिर्गमन भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका राजदम्पति तीन हप्तासम्म भारतमै रहने थाहा भएको छ ।

हार्दिक समबेदना


हाम्रा परम मित्र, अमेरिका नेपाल सोसाइटी का दोस्रो बर्शका लागि अध्यक्ष्य खेम भट्टचन् का परमपुज्य पिता २००७ सालको सशस्त्र क्रान्तीका लड़ाकू-योद्धा श्री शेर बहादुर भट्टचनको म्याग्दीको सिंगा स्थित आफ्नै घरमा निधन भएको खबरले हामी दुखित भएकाछौँ, यस् दु:खद घडीमा स्वर्गिय आत्माको चिर सान्तिको कामना गर्दै शोक शान्ताप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
- रामप्रशाद खनाल, अध्यक्ष्य एबम
अन्तराष्ट्रिय कलाकार मन्च अमेरिका परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक