20090306

एक प्रहरी सहित तीन जनाको मृत्यु, कफर्यु उल्लंघन, स्थिति तनावग्रस्त

Updated News....
चितवनको रत्ननगर नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी सहित तीन जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले घरेलु हतियारले गरेको आक्रमणबाट सशस्त्र प्रहरी जवान कुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का प्रहरी जवान प्रकाश केसी गम्भीर घाइते भएका छन् । कफर्यु उल्लंघन गरेर प्रर्दशनमा उत्रेका आन्दोलनकारीले रत्ननगर नगरपालिकाको सौराहा चोकमा तैनाथ सशस्त्र प्रहरी जवानलाइ शुक्रबार दिउँसो खुकुरी प्रहार गरेर हत्या गरेका छन । प्रदर्शनकारीले सशस्त्र प्रहरीको टोलीलाई पछाडीबाट लखेटदै समातेर खुकुरीले घांटीमा हानेका थिए । घाइते प्रहरी जवान केसीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको छ । उनको पनि घांटीमा खुकरी हानिएको छ । यसअघि, बन्दको क्रममा बिहीबार राति भएको झडपमा प्रहरीले चलाएको गोलीले बछ्यौली गाविस-३ का १९ बर्षीय कमल चौधरी तथा घाइते विपिन क्षेत्रीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । प्रहरी चलाएको गोलिलागेर ५ जना घाइते भएका छन् भने करिब डेढ दर्जन प्रहरी घाइते भएका छन् । कफर्यु उल्लंघन गर्ने प्रदर्शनकारी र प्रहरी बीच अपरान्ह झडप भएको थियो । दिउँसो प्रहरीको मृत्यु भएपछि आक्रशित प्रहरीले ४० प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका र भण्डारा गाविसमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार बिहान दस बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले बताए । गाउँ-गाउँबाट आन्दोलनकारी महेन्द्र राजमार्गमा आउने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको जिल्ला प्रशासनले जनाएको छ ।

old news....
चितवनको टाँडीमा थारु समुदायले गरेको बन्द खुलाउने क्रममा बिहीबार राती भएको झडपका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएकामा पूर्वी चितवन बछौली गाविसका १९ वर्षीया कमल चौधरी छन्। उनको कोखामा गोली लागेको थियो। चौधरीको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । लगातार तीन दिनदेखि थारुले गरेको राजमार्ग बन्दले यात्रुहरुको जनजीवन अस्तव्यस्त भएपछि अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरीले दर्जनौ अश्रु ग्यासका सेल र हवाई फायरिङ गरेको थियो। पूर्वी चितवनको टाँडी सौराहा चोक र वकुल्लहरमा गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी घाइते भएको थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष टिकेन्द्र चौधरीलॆ जानकारी दिए। राती प्रदर्शनकारी पनि हतियारसहित आएकाले प्रहरीसँग दोहोरो झडप भएको थियो । प्रहरीको गोली लागेर १५ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। घाइते भएकामा गोपाल चौधरी, दिलीप क्षेत्री, संजीव चौधरी, कञ्चन चौधरी, रवीन्द्र चौधरी र सन्तोषी श्रेष्ठको मात्र परिचय खुलेको छ। बाँकी घाइतेको परिचय खुलिसकेको छैन। इन्सेकका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ।
घाइतेहरु अधिकांशको टाउको र छातीमा गोली लागेको छ। घाइतेमध्ये ३ जनाको मेडिकल कलेज भरतपुर र अन्यको भरतपुर अस्पताल उपचार भइराखेको छ । केही प्रदर्शनकारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारीको ढुंगा र इँट्टा प्रहारबाट ५ सशस्त्र र १६ जना नेपाल प्रहरीका जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रदर्शनकारीलाई तितरवितर पारी राती १० बजे राजमार्ग खुलाए पनि केही सवारी साधन मात्र गन्तव्यतर्फ लागेको स्थानीयबासीले बताएका छन्। अन्य यात्रु तथा सवारी साधन बीच बाटामै अलपत्र अवस्थामा छन्। अहिले पूर्वी चितवनको टाडी सौराहा चोक र वकुल्लहरमा बिहानैदेखि प्रदर्शन भइरहेको छ। एक जना मृत्यु भएपछि प्रदशर्नकारी थप आक्रोशित बनेका छन्। थारुको बन्दका कारण शुक्रबारबार पनि बिहानैबाट बजार, यातायात, शिक्षण संस्था सबै ठप्प छ। थारुहरुले भने आन्दोलनलाई अझ कडारुपमा लैजाने aताएका छन्। उनीहरुका अनुसार दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
थरुहटका कार्यकर्ताले शुक्रबार बिहान नवलपरासीमा एक भारतीयसहित ४ सवारीका साधनमा तोडफोड गरेका छन्। प्रहरीका अनुसार बन्दको अवज्ञा गरेको भन्दै थरुहटका कार्यकर्ताले यु पी ५८८१ नम्वरको भारतीय तथा ना २ ख ९१५५, ना २ ख ७५८२ र ना ३ ख १०१२ नम्बरको ट्रकमा तोडफोड गरेका हुन्। पूर्वबाट बुटवल आउँदै गरेका वेला पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वासामा ट्रक तोडफोड गरिएको हो। थरुहटको बन्दको प्रभाव रुपन्देही, नवलपरासी र कपिलवस्तुमा शुक्रबार बढी परेको छ। पूर्व-पश्चिम र सिद्धार्थ राजमार्गमा सवारीका साधन चलेका छैनन्। भैरहवा परासी चन्द्रौटालगायतका बजार बन्द छन्। शिक्षण संस्था ठप्प भएका छन्। उद्योग कलकारखाना ४ दिनदेखि बन्द हुँदा मजदुरले बिहान-बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरेका छन । भैरहवाको बन्दका कारण सुनौली नाका भएर नेपाल आउने पर्यटकहरुले सास्ती भोग्नुपरेको छ। अद्यागमन कार्यालय वेलहियाका अनुसार स्थलमार्ग सुनौली भएर लुम्बिनी भ्रमणका लागी आएका पर्यटक सिमानामै अलपत्र छन्। बेलहिया नाकाबाट स्थलमार्ग हुँदै पर्यटक भित्रिने सबभन्दा ठूलो नाका हो। अनिश्चितकालीन बन्द गरिरहेको थारुहट संयुक्त संघर्ष समितिलगायतका संघसंस्थाले शान्ति मन्त्री तथा सरकारी वार्ता टोली संयोजक जनार्धन शर्मासँग वार्ता नगर्ने जनाएका छन्।
उनीहरुले मन्त्रिपरिषदले निणर्य गरेर आधिकारीक रुपमा प्रधानमन्त्रीले आह्वान गरेमा मात्र वार्तामा बस्ने जनाएका छन‌्। वार्तामा बस्दा पनि आन्दोलन भने जारी रहने उनीहरुले बताए। थारुहट संयुक्त संघर्ष समितीका अध्यक्ष लक्ष्मण चौधरीले मन्त्रिपरिषदले निर्णय गरेर प्रधानमन्त्रीले आह्वान गरेमा आफूहरु वार्तामा आउने बताए। वार्तामा बसे पनि आन्दोलन भने जारी रहने उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक