20090317

"ऐ बूढा हामी कहिले आउने अम्रीका ?”

अमेरिकी जिंदगी


गति परिन्छ की भनी जिउँदै बैतरणी तरेको
स्वर्गै पुगिन्छ की भनी मक्ख परेको
गाई खाने हरूको भिडमा हरे शिव
कहिले काही कुखुरा र भेडाको बगरे भइयो
बेला बेलामा बूढी गन गन गर्थी फुनमा
"ऐ बूढा हामी कहिले आउने अम्रीका?”
२, ४ महिनामा ता आइहाल्छेऊ नी प्रीय धन्य नमान
मन मनै भन्थे"आफ्नो बिहे कहिले भाको चाल पा थिनस अब देख्ने भइस बाउको बिहे"

दल बल लिएर सबै अम्रीका आए
दुई चार दिन त रम्झममा बिताए,
रेस्टुरामा खाए
चिल्ला सडक र गगनचुम्बी घर हेर्दै रमाए
पर्सी पल्ट देखि पानी र कटेराको
भाडाको खाम्बंदी चिठी पाइयो
म भौतारिदै एता उती डुलन थाले
“ऐ मेरी बूढी लाई पनि अब काम चाहियो /
बुढाको छुट्टी भो बूढीको छैन
छोरा छोरी करकर गर्छन
घुम्न जाने होइन
कताको मंदिर कताको धाम
चार तीर प्वाल टाल्दै तलब जति झ्वाम
एक दिन को बिरामी खर्च बर्षौको कमाई
के के न गर्छु भनी आथिस अम्रीका
बस् अब टाउको समाई /

कताको गुन्द्रुक कताको मस्यौरा
कताको गुन्यू कताको पछेउरा
पाइंट र टीशर्ट लगाई काम तिर जाम
दालभात पकाउन नभ्याए हयामबर्गर खाम
ग्रीन कार्ड आउला नेपाल फर्की जाउला
आसे पासे सब लाई आस छ अमेरिकै ल्याउला
फोनै पीछे डलरकै आस गर्छन उता
बिल नातिर्या भोलि पल्ट सडको बास एता
फर्की जाऊं भने डलर कमा छैन
सधै येतै बसुं त मन रमा छैन /

अठार पुगेसी छोरा छोरी ले छाड़ने डर
डढाउनू पर्ने लाई मरेसी गाड़ने डर
डेरैले तिरिमिरी झ्याई कता किन्नु घर
मेरो मात्र होइन हजुर सबको उही हाल छ
नेपालमा हुनेले सोच्छन अमेरिकामा हुनेको त माला माल छ /

- बासु ढकाल
अन्तररास्ट्रीय नेपाली साहित्य समाज कैलिफोर्निया च्याप्टर
डेविस क्यालिफ़ोर्निया




प्रधानमन्त्री र भारतीय राजदुत राकेश सुदवीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राजदुत राकेश सुदवीच नयाँ संविधान निर्माण, सेना समायोजन, शान्ति प्रकि्रया, काँग्रेसलाई सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चैत ४ गते विहान भएको भेटमा कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला र पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमणबारे राजदूत सूदसँग जानकारी लिएको स्रोतले बताएको छ । यसैवीच प्रधानमन्त्री दाहालले चीनका वाणिज्य उपमन्त्री जोङ सानसँग पनि आजै भेटवार्ता गरेका छन् । एकिकृत माओवादी वरिष्ठ नेता तथा अर्थमन्त्री डा बाबुराम भट्टराईले काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उपचार खोज्न भारत गएको बताएका छन् । माओवादी भातृसगठन अनेरास्वियु क्रान्तिकारीले चैत ३ गते त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै भट्टराईले कोइराला शारीरिक नभई राजनीतिक विरामीको उपचार खोज्न भारत भ्रमणमा गएको आरोप लगाए । कार्यक्रममा उनले राजनीतिक उद्देश्य लिएर भएको भएपनि कोइराला भारतबाट रित्तो हात फर्केको दाबी गरे । फागुन २८ गते स्वास्थ्य उपचारको लागि भारत भ्रमणमा गएका कोइराला चैत २ गते काठमाडौं फर्केका छन् ।


स्ववियु चुनाव : ठाउँ ठाउँमा झडप

रुपन्देहीका २ वटा क्याम्पसमा चैत्र ६ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनीयनको चुनाव स्थगित भएको छ । निर्वाचन समितिले छुट्टाछुट्टै सुचना निकालेर असहज परिस्थीतीका कारण चुनाव स्थगित भएको जानाकारी दिएका हुन् । परिस्थीती सजिलो भएपछि चुनावको आगामी तिथि तोकिने क्याम्पस प्रशासनले जनाएको छ । कक्षा ११ र १२ का विद्यार्थीले पनि स्ववियु चुनावमा भोट हाल्न पाउनु पर्ने माग गर्दै ताल्चा लगाएपछि क्याम्पसमा तनाव भएको थियो । स्ववियु चुनाव विवादकै कारण सिर्द्धार्थ गौतमवुद्ध क्याम्पसमा सोमवार विद्यार्थीले तोडफोड समेत गरेका थिए । रुपन्देहीका वुटवल वहुमुखी, लुम्विनी वाणिज्य, भैरहवा वहुमुखी, रुपन्देही क्याम्पस, रामापुर वहुमुखी, यज्ञोदय वहुमुखी लगायतका १० वटा क्याम्पसमा भने चैत ६ गते नै स्ववियुको चुनाव हुदैछ । त्यस्तै, स्ववियु चुनाब आउन दुइदिन बाँकी रहदा चितवनमा विद्यार्थीहरुबीचको झडप रोकिएको छैन । अखिल र नेबिसंघका बिर्द्यार्थीबीच कुटाकुट भएपछि नेपाली काँग्रेस चितवनले पनि वातावरण नबनेको भन्दै चुनाब रोक्न विज्ञप्ती निकालेको छ । यसैबीच, आफ्ना विद्यार्थी कुटिएपछि चुनाबको अवस्था नरहेको भन्दै नेबिसंघका विद्यार्थीले विहान चितवनको मैयादेवी कन्या कलेजमा तालाबन्दी गरेका थिए । त्यसको केहीबेरमै अखिल संयुक्तका विद्यार्थीहरुले नेबिसंघले लगाएको ताला खोलेका छन् । नेबिसंघले आफुलाई कुट्न वाइ सी एल र जनसेना प्रयोग गरेको वताएका छन् । यस्तै, मकवानपुरका विभिन्न क्याम्पसहरुमा पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि प्रचार प्रसार कार्य त्रि्र भईरहेको छ ।


प्रधानमन्त्रीका पिता छोरा भेट्न नपाएपछि रोए

डेढ वर्षअघि राजधानी आएका मुक्तिरामले सुरुका केही महिना नयाँबजारस्थित डेरामा सँगै बस्न पाएको र त्यसयता छोरा भेट्नै नपाएको गुनासो गर्दै आँशु बगाए
भींडको माझमा वृद्ध आँखाले चारैतिर छोरालाई खोजिरहेको थियो। त्यतिकैमा उदघोषक प्रकाश न्यौपानेले ती वृद्धलाई देख्छन् र निम्त्याउँछन् मञ्चमा। यी वृद्ध अरु कोही नभई, एकीकृत माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पिता मुक्तिराम हुन्।
´ज्वाईंले आज छोरो कीर्तिपुर आउँछ भनेर सुनाएपछि भेट्न आएको हूँ´– उनले दैनिकीसँग कुरा गर्दै भने।
त्रिविवि परिसरमा निकै बेर कुर्दा पनि छोरा नआएपछि उनी आँत्तिन थाले। कुर्दाकुर्दै खबर आइपुग्यो– ´प्रधानमन्त्री नआउने भए।´
वृद्धको दुबै आखा आँशुले भरियो। एउटा हातले आँशु पुछ्दै पिता मुक्तिराम दहाल भन्दै थिए– ´हतार हतार खाना खाएर बाबु यहाँ आउछ भनी भेट्न आएको थिएँ।´
कुराकानीका क्रममा उनले आफूलाई चुनाव र प्रचार प्रसारका बारेमा केही कुरा थाहै नभएको बताए। ´कसैले निम्तो पनि दिएको थिएन, छोरा यता आउँछ भनेपछि सरासर आएको हूँ´– उनले भने।
कुराकानीका क्रममा उनी थुप्रै पटक आँशु झार्दै रोएका थिए।
´डेढ वर्ष अघि काठमाडौं आएपछि सुरुका केही महिना नयाँबजारको घरमा सँगै थियौं´, उनले भने, ´त्यसयता भेट्नै पाएको छैन।´
छोरा ´मन्त्री´ भएपछि नयाँ घरमा सरेको र आफूलाई त्यहा जान मन नलागेको बताउँदा उनको अनुहार दु:खी देखिन्थ्यो। केवल दुई छोरा मध्ये कान्छा छोरा पनि विदेश गएकाले सन्तानको मुख हेर्न पनि रहर लाग्न थालेको उनी बताइरहेका थिए। ´बुढो भएँ, कहिले संसार छोडिन्छ थाह छैन´ उनले हृदयविदारक स्वरमा भने, ´एक पटक छोरोलाई भेट्ने ईच्छा छ नानी।´
प्रधानमन्त्री भएपछि एक दुई पटक फोनमा चाही कुरा गरेको उनले खुसी हुँदै सुनाए। हाल उनी छोरी, ज्वाईं तथा नातिनीसँगै किर्तिपुरमै बस्दै आएका छन्। -रुबी रौनियार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक