20090318

अब सुरु हुने भो पानी आन्दोलन !!!!

नेपालमा आन्दोलन भएन भने त बर्बादै हुन्छ कि जस्तो गरी एक पछी अर्को आन्दोलनको क्रम जारी छ , अब फेरी सुरु हुने भएको छ पानी आन्दोलन, खानेपानीको जटिल समस्या भोगिरहेका उपत्यकावासीलाई पानी उपलब्ध गराउन मंगलबारदेखि सभासद् नवीन्द्रराज जोशीले २० बुँदे सुझावसहित पानी आन्दोलन गर्ने भएका छन्। विद्युत् र पानी अभावलाई सरकारले गम्भीर रुपमा नलिएको भन्दै मंगलबार वसन्तपुरस्थित शिव-पार्वती डबलीमा पानी सुझाव समारोह आयोजना गरिएको थियो। सभामा सभासद् जोशीले पानी नआउने स्थान किटान गरी टयांकरबाट पानी वितरण वा सिधै पाइपबाट पानी पठाउने व्यवस्था गरिनुपर्ने, हालै पानी वितरणका लागि छुटयाइएको भीआईपी र लोकल एरियालाई रद्द गरी समानुपातिक ढंगमा पानी वितरण गर्नुपर्ने, परम्परागत ढुंगेधारा, इनार, कुवा मर्मतसम्भार एवम् संरक्ष्ँण गरी खेर गएको पानी संकलन, प्रशोधन र वितरण सरकारले गर्न सुझाव दिएका छन्। चुहावट तत्कालै रोक्नुपर्ने काठमाडौंको उत्तरी क्ष्ँत्रमा डिप टयुबेल खन्ने वा ठाउँठाउँमा डिपबोरिङको पानी निकाली प्रशोधन र वितरण गर्नुपर्ने सुझाव जोशीले दिएका छन्। पानीको उचित व्यवस्था गर्न व्यवस्थापिका संसद्, भौतिक योजना तथा निर्माणमन्त्री र खानेपानी लिमिटेडका महाप्रबन्धकलाई समेत सुझावपत्र दिइएको स्पष्ट पार्दै सभासद् जोशीले सुझावअनुरुप जनभावनाको कदर नभए पानी आन्दोलन गर्ने चेतावनी दिए।



अहिलेसम्मकै सवैभन्दा बढी परिमाणमा हातहतियार खरखजानासहित पक्राउ

कुख्यात अन्तराष्ट्रिय अपराधी छोटे राजनद्वारा संचालित भनिएको गिरोहका तीन सदस्यलाई राजधानीमा हातहतियार विक्री गर्न हिंडिरहँदा प्रहरीले मंगलबार राती पक्राउ गरेको छ। त्यो गिरोह छोटे राजनद्वारा संचालित रहेको आफ्नो प्रारम्भिक अध्ययनका आधारमा भन्नसकिने कार्यकारी महानगरीय प्रहरी आयुक्त भरतबहादुर जिसीले बताए। गिरोहका तीन सदस्यलाई प्रहरीले अहिलेसम्मकै सवैभन्दा बढी परिमाणमा हातहतियार खरखजानासहित पक्राउ गरेको हो। उनीहरुबाट एसएमजी राइफलसहित सात थान स्वचालित हतियार र तिनका खरखजाना बरामद गरिएको छ। राजधानीमा यसअघि आपराधिक गिरोहबाट एकै पटकमा यति परिमाणमा हातहतियार बरामद भएको थिएन। प्रहरीले पछिल्लो समय विभिन्न पेशेवर लुटेरा गुण्डागर्दी समूहबाट लगातार साना हतियार वरामद गर्दै आएको छ। राजधानीमा साना हतियारको अवैध उपलब्धता र प्रयोग व्यापक हुँदै आएको विश्लेषण सुरक्षा संयन्त्रले गरेको थियो। त्यसको स्रोत र ओसारपसारबारे चाँही सुरक्षा संयन्त्र राम्ररी जानकार थिएन।
प्रहरीले सिफलबाट मंगलबार राती साँढे आठ बजे पल्सर मोटरसाइकलमा सवार रहेको अवस्थामा सप्तरीका िटंकु भनिने गणेश िसं सर्लाहीका विक्की भनिने अनिल बानियाँ र सप्तरीका मुकेशकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो। स्रोतका अनुसार उनीहरु राजधानीमा एक समूहसँग सात लाख रुपियाँमा ुडिलु गर्न हतियार वोकेर हिंडिरहेका थिए।
नेपाल प्रहरीसँग पनि एकदमै न्यून संख्यामा रहेको एसएमजी राइफल दुई थान बरामद भएबाट ठूलो संगठित अपराधको तयारी भएको हुनसक्ने अनुमान प्रहरीले गरेका छन्। दर्जनौं राउण्ड गोली एकै पटक प्रहार गर्नसकिने एसएमजी राइफल नेपालमा भिआइपी सुरक्षाका लागि र युद्ध प्रयोजनमा कमाण्डरहरुबाट मात्र प्रयोग हुँदै आएको छ। एउटा साइलेन्सरजडित ´मेड इन इंगल्याण्ड´ लेखिएको रिभल्भर देखेर कार्यकारी आयुक्त जिसी स्वयम् छक्क परे। ´मैले पनि यो त किताबमा मात्र देखेको हुँ। तर मलाई थाहा छ यसको विशेषता गोली प्रहार गर्दा आवाज पटक्कै नआउनु हो´ उनले भने। अन्य बाँकी रिभल्भरहरु सवै भारतबाहेकका देशमा बनेका छन्। सवै हतियार घरेलु रुपमा नभएर प्याक्ट्रीमै बनेको देखिएको छ। -सुन्दर खनाल



वीरगन्जमा बम विस्फोट, तीन जनाको अवस्था गंभिर

वीरगन्जको माइस्थान चोकनजिकको फल पसलमा बुधबार साँझ साढे ६ बजे बम विस्फोट हुँदा ७ सर्वसाधरण घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ। उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। गंभिर घाइते हुनेमा सर्लाहीका बसन्त लामा, बारा सिम्रौनगढका समित जैशवाल र वीरगंज-९ का लड्डु साह रहेको प्रहरीले जनाएको छ। यसैबीच उक्त विस्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चाले लिएको छ। मोर्चाका मध्यामांचल कमाण्डर कुवेरले संचारकर्मीलाई टेलिफोन गरी घटनाको जिम्मेबारी लिएका हुन्। प्रहरीले हिजो राती मात्र मोर्चाका नगर इन्चार्ज बिस्फोट सिंहलाई पक्राउ गरेको थियो। यस अघि पनि यही क्षेत्रमा दुई पटक बम विस्फोट भएको थियो।

काँग्रेस, एमाले, माले, राप्रपा, जनशक्ति र सद्भावना ८ जना जर्नेलको पक्षमा

विभिन्न ६ वटा दलहरुले रक्षामन्त्रालयले नेपाली सेनाका ८ जना जर्नेलको म्याद नथपेको भन्दै निर्ण्र्ाासच्चाउन आग्रह गरेका छन । आज बिहान काँग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको निवास महाराजगञ्जमा बसेको बैठकले रक्षामन्त्रालयको निर्ण्र्ाागलत भएको निष्कर्षनिकालेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनु भयो । ६ वटा दलले सरकारले परम्परालाई तोडेको आरोप पनि लगाएका छन । नेपाली काँग्रेसले आयोजना गरेको छलफलमा एमाले, माले, राप्रपा, जनशक्ति र सद्भावनाको ल्ाक्ष्मणलाल कर्ण्र्ाामूहको सहभागिता थियो ।


'हरहर महादेव, पानी बर्साइदेऊ !' भन्न त मन्त्री नै किन बन्नुपर्छ र ?


- उमेश चौहान

लोडसेडिङ अकस्मात आउने भूकम्प त अवश्य होइन । तर, नीतिनिर्माताहरू कुम्भकर्णजस्तै सुतिदिएपछि जनताका लागि ल्ाोडसेडिङ टार्नै नसकिने भूकम्प बन्दोरहेछ, थाम्नै नसकिने सुनामी बन्दोरहेछ । अप्राकृतिक विपत्तिको यो प्रहार भोग्ने नेपाली जनतामा योभन्दा ठूलो कुण्ठाको विषय अरू केही छैन । २८ मंसिरमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना उद्घाटन गर्दा 'गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले' प्रचण्ड निक्कै भावुक भएका थिए । माथि उदिपुरमा पानीको सागर, तल भोटेओडारमा जनताको सागर । विज्ञान र विश्वासको फ्युजनबीच प्रधानमन्त्रीले घोषणा पनि गरेका थिए- अब अँध्यारा रात र निरश दिन गए, दुई महिनाभित्र लोडसेडिङ सखाप हुन्छ । उनलेे दुई महिनाभित्र ल्ाोडसेडिङ खोज्न बत्ती बाल्नुपर्छ भनेको दुई साताभित्रै विद्युत् प्राधिकरणले दिनमा १२ घन्टा ल्ाोडसेडिङ हुने सूचना जारी गर्‍यो । उनलाई लाजमर्नु भयो होला । तर, एक महिनापछि ल्ाोडसेडिङ बढेर १६ घन्टा पुग्यो । यो अन्धकारमा उनलाई मुख लुकाउन सजिलै भएको होला । पञ्चायती हिउँदहरूमा राजा क्षेत्रीय मुकाममा बसेर जिल्ला मुकाम भ्रमण गर्थे । राजा-रानी हेर्न घन्टौं घाममा उभिएका जनताका आँखाभरि राजाको हेलिकोप्टरले धुलो भरिदिन्थ्यो । त्यही मौकामा सिडिओसा'पले आफ्नै करेसाबारीलाई नमुना बागवानी भनेर राजा-रानीबाट अवलोकन गराउँथे । करेसाबारीमा सात दिनअघिसम्म सिडिओको घोडा चर्दै हुन्थ्यो । तर, राजालाई देखाउन रातारात गजबका बन्दा-काउली फलाइन्थे । बनियाँको पसलबाट उठाइएका रोज्जा काउली करेसाबारीमा लडाइदिएपछि राजा पनि मख्खै, सिडिओ पनि मख्खै । बजारबाट उठाएर करेसाबारीमा काउली सजाउने सिडिओहरू कहिल्यै दण्डित भएनन् किनभने राजाले काउली उठाएर हेर्ने जाँगर कहिल्यै देखाएनन् । त्यस्तै मतिका कर्मचारीले गणतन्त्र नेपालका प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर मध्यमस्र्याङ्दी पुर्‍याए, र यस्तो जलविद्युत् आयोजना उद्घाटन गराए जहाँबाट एक मेगावाट पनि बिजुली उत्पादन सुरु भएको थिएन । प्रस्ट भयो, आँखामा धुलो हाल्ने प्रवृत्ति उस्तै छ- कहिले काउली त कहिले बिजुलीका नाममा । फरक यति हो, पहिले एउटा राजाका आँखामा धुलो हाले पुग्थ्यो, अहिले धेरै नेताका आँखामा । आफ्नै आँखाभरि धुलो भरिएका नेता अरूका आँखामा ज्योति भर्न हिँडेको देख्दा जनता पनि जिल खाएका छन् ।

आँखामा धुलो हाल्ने एकजना विद्वान्को नाम अहिलेसम्म खुलेको छैन, जसले भनिदिएछन्- ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको नेपाल जलस्रोतमा विश्वको दोस्रो ठूलो धनी देश हो । कुनै रिफरेन्स बुकमा त्यस्तो लेखिएको छैन, तर पनि पत्रकारहरू आफ्नो लेख बलियो बनाउन पाठकलाई यही पढाइरहेका छन् । तर, उदाहरण काफी छ, दुई-दुईपटक डिपिआर बनाएर आठ वर्ष लगाएर सम्पन्न गरिएको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट खासमा कति मेगावाट बिजुली निस्कन्छ भन्ने यकिन भएको छैन । कोही भन्छन्, ७० मेगावाटभन्दा एक युनिट पनि बढी उत्पादन हुन सक्दैन, कोही भन्छन्, ८० मेगावाटसम्म उत्पादन हुन सक्छ । २८ अर्ब खर्चेर आठ वर्षमा पूरा भएको जलविद्युत आयोजनाको उत्पादन क्षमताबारे त प्राविधिकलाई नै यकिन छैन भने भीरभीर र मैदानमैदानमा बग्ने खोलाबाट कति बिजुली निस्कन्छ भनेर कुन इन्जिनियरले अध्ययन गर्‍यो होला, कुन यन्त्रले नाप्यो होला ? नेपालले ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छ भने पनि जलस्रोतमा दोस्रो धनी देश हुन सक्छ कसरी ? जबकि अहिले नै जर्मनी र चीनजस्ता औद्योगिक देशले लाख मेगावाटभन्दा बढी बिजुली त उत्पादन गरिसकेका छन् । अझै पनि नयाँ-नयाँ आयोजनामा कार्यरत छन् । छिमेकी चीनकै कुरा गर्ने हो भने पनि १ जुलाई २००७ मा राष्ट्रपति हु जिन्ताओले यांग्सी नदीमा विशालतम जलविद्युत् आयोजना उद्घाटन गरे, जसबाट २३ हजार मेगावाट बिजुली उत्पादन हुन्छ । एउटै आयोजनाबाट २३ हजार मेगावाट बिजुली निकाल्ने देशले लाखौं मेगावाट बिजुली निकाल्नु कुन ठूलो काण्ड भयो र ? तैपनि हाम्रा एक अज्ञात विद्वान्ले हालिदिएको धुलो आँखाभरि बोकेका विद्वान्ले सभाका मञ्च र अखबारका पाना भरिरहेका छन् । विद्वान् बोल्छन्, छाड्छन् । उनीहरू स्वाँठै भए पनि काम चल्छ । दुःख त जनताले तब पाउँछन्, जब सरकार हाँक्नेहरू नै निकम्मा हुन्छन् । १२ घन्टा लोडसेडिङ गर्दा नै सरकारले राष्ट्रिय ऊर्जा संकट घोषणा गरेको थियो । नाम राष्ट्रिय भए पनि यो अन्तराष्ट्रियस्तरको संकट हो किनभने यस्तो संकटकाल विश्वमा यसअघि कहिल्यै घोषणा भएको थिएन । कहीँ नभएको जात्रा हाँडीगाउँमा भयो त के भयो ? यो संकटकाल कस्तो हुँदोरहेछ भनेर धेरैलाई जिज्ञासा लागेको थियो । थाहा भयो, संकटकाल घोषणा गरेर मन्त्री सिरानी हालेर सुत्ने संकटकाल पो रहेछ यो त । होइन भने, संकटकाल इमर्जेन्सीको सूचना दिएपछि त सरकार संकट हटाउन पो लाग्नुपर्ने हो । संकट टार्न आवश्यक परे बलप्रयोग पनि गर्ने हो । तर, सरकार भने सिफएल प्रयोग गरौँ, ल्ाोडसेडिङ भगाआँै भन्ने सूचना छापेर मस्त सुतिरहेको छ ।

हाम्रा विद्वान्ले नभनेको सत्य के हो भने विद्युत् खपत घटाउने-बढाउने बत्ती र टेलिभिजन नै हो । बत्ती बाल्ने र टेलिभिजन हेर्नेबाहेक अरू काममा बिजुली जसरी पनि खर्च भइरहेकै छ । दिनमा आठ घन्टा मात्र बिजुली आउँदा पनि पानी तान्ने मोटर चलाइँदै छ, पिmज चलाइँदै छ, कपडा आइरन गरिँदै छ । अझ इन्भर्टर चार्ज गरीगरी कम्प्युटर पनि चलाइँदै छ । यसरी सोझै खर्च हुने बिजुली इन्भर्टरभित्र हाल्ने र निकाल्ने गर्दा उल्टै नाश भइरहेको छ, खर्च बढिरहेको छ । ल्ाोडसेडिङ १६ घन्टा हुँदा पनि यी काममा बिजुलीको खर्च कम भएको छैन । ल्ाोडसेडिङले जोगाउने भनेकै बत्तीमा बाल्दा खर्च हुने बिजुली मात्रै हो । फेरि सरकार भनिरहेको छ, सिएफएल चिमले ८० प्रतिशत बिजुली बचत गर्छ । ८० प्रतिशत बिजुली बचत हुन्छ भने सिएफएल चिम प्रयोगलाई बाध्यकारी बनाउन किन सक्दैन सरकार ? सेना र प्रहरी लगाएर घरघरका साधारण चिम र ट्युबलाइट फुटाएर सिएफएल चिम जडान गराउन किन सक्दैन सरकार ? अनि, बलपूर्वक फेरिदिएको सिएफल चिमको पैसा विद्युत् महसुलमा जोडेर लिन किन सक्दैन सरकार ? राज्यले संकट टार्न बल प्रयोग गर्दैन भने कस्तो संकटकाल हो यो ? सरकारले बलप्रयोग गर्ने भनेको राजनीतिक संकटकालमा मात्र हो भने यो विद्युत् संकटकालको नाटक किन ? अनि, संकटकालको नाममा 'हरहर महादेव, पानी बर्साइदेऊ !' भन्न त मन्त्री नै किन बन्नुपर्छ र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक