20090319

पूर्व राजा ज्ञानेन्द्र र भारतीय कांग्रेस अध्यक्ष सोनिया गाँधी बीच लामो छलफल


पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट गरेका छन्। भारत भ्रमणको क्रममा दुई दिन अगाडि नयाँ दिल्ली पुगेका शाह नेतृ गान्धीलाइ भेट्न जनपदस्थित गान्धी निवास पुगेका थिए। दुईबीच राजनीतिक भन्दा पनि शिष्टाचार भेट मात्र भएको समाचार स्रोतहरुले जनाएका छन्। नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक विदेश भ्रमणमा निस्केका शाह र भारतीय लोकसभा चुनावको प्रचारमा रहेकी गान्धीबीच करीब डेढ घन्टा लामो छलफल भएको थियो। भेटमा नेपालको परिवर्तित राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको स्रोतले बताएको छ। यसअघि गत फागुन २९ गते पूर्वराजा ज्ञानेन्द्रले विपक्षी भारतीय जनता पार्टीका नेता एव गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीसँग पनि अहमदावादमा भेट गरेका थिए।
बुधबार नै कांग्रेस आइ नेता करण सिंहले दिएको दिवा भोजमा पूर्व राजा शाह सरिक भएका थिए। जसमा भारतमा सबै प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका थिए। नेपालको पूर्व राजपरिवारसँग सम्बन्ध भएका सिंह जनआन्दोलन चर्केका बेला नेपाल आएर दल र दबारलाई मिलाउने प्रयास गरेका थिए। निजी भ्रमणका क्रममा गत फागुन १४ गते पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भारत प्रस्थान गरेका थिए। पूर्वराजा परिवार त्रिभुवनकी छोरी भारतीका छोराको मध्यप्रदेशमा भएको विवाहमा सहभागी हुन भारत गएका हुन्। नागरिक भएको नौ महिनापछि भारत पुगेका राजपरिवारका भ्रमणलाई सत्तारुढ एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले ´वेवीकिङ´ ब्युँताउने षडयन्त्रका रुपमा टिप्पणी गर्दै आएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक