20090320

हेर्नुश त बल्ल होस् खुलेछ एमालेको !


एमालेले सधैं दुई वटा कुरा गर्छ । पहिला एउटा निर्णय गर्ने पछी गएर गल्ती भएछ भन्दै पछुताउने पार्टी नेपालमा कुन छ भने त्यो एमालेनै हो । अहिले फेरी एमालेका पूर्व महासचिब माधव नेपालले पस्चाताप गर्दै अर्को सहि र यथार्थ कुरा गरेका छन । तर समय बितिसकेपछी बल्ल सहि कुरा बुझ्ने यो एमालेका कार्यकर्ता भने नेता हरु जस्ता बेकुफ छैनन । कार्यकर्ता अनुशासित भएकै कारण टिकेको तर भित्र भित्रै माओवादीले धमिरो लाउदै गएको यो पार्टिले चाहेमा माओवादी लाई ठीक ठाउमा ल्याउन सकिन्छ तर एमाले आफ्नो हैसियत थाहा नपाउनाले माओवादीको पिछलग्गु बन्दै जादा यसको अस्तित्व संकटमा देखिन्छ ।
यसै क्रममा हतियारसहितको माओवादीलाई संविधानसभाको चुनावमा सहभागी गराउनु गम्भीर गल्ती भएको नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले बताएका छन्। प्रेस चौतारी कन्चनपुरले महेन्द्रनगरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै नेता नेपालले विद्रोहीलाई सत्ता बुझाउँदा झन ठूलो त्रुटि भएको बताए।´समानान्तर सेनासहितको माओवादीलाई सरकारमा ल्याउनु ठूलो गल्ती हो।´ संवैधानिक समितिका सभापतिसमेत रहेका नेता नेपालले माओवादी नेतृत्वको सरकारका त्रुटिका कारण देश जटिलतातर्फ जाने खतरा बढेको बताए। नेपाली सेनाका जर्नेलहरुको म्याद थप नगरिएको बिषयमा वोल्दै नेता नेपालले सेना जस्तो संबेदनशिल बिषयमा माओवादीले सहि निर्णय गर्न चुके उनिहरुले जनताको विश्वाश गुमाउने बताए-´सेनाका जर्नेलहरुको म्याद थप नगरेर माओावादीले गल्ती गरेको छ।´ सेनाका जर्नेलहरुको म्याद नथप्दा माओवादी प्रतिको गम्भीर आशंका बढेर गएको छ। नेता नेपालले भने-´नेपाली सेनालाई माओवादीले कहिल्यै आफ्नो सेना ठानेन्।´ माओवादीको नेपाली सेनाको संरचना भताभुङग गर्ने याजना रहेको आरोप नेपालले लगाए। सरकारको काम प्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले भनॆ-´माओवादीमा सैन्यवादी चिन्तन रहेकाले उ वाट मानसम्मान र संस्कारको अपेक्षा गर्न सकिँदैन।´ उनले सु-संस्कार एमाले बाट र कुसंस्कार माओवादीबाट सिक्नुपर्ने बताए-´मुलुकमा प्रतिकुल असर पार्ने कि्रयाकलाप माओवादीबाट सिक्नुपर्ने स्थिती छ।´


क्याम्पस स्ववियु चुनावको को मतपरिणाम र्सार्वजनिक

मारा मारी, बुथ कब्जा, आगजनी, तोडफोड, घम्सा घम्सिका का बाबजुद सम्पन्न अधिकाँस क्याम्पस हरुमा भएको स्वबियु निर्बाचनमा एमाले अखिल अगाडि देखिएकोछ । स्ववियु चुनाव भएका अधिकांश क्याम्पसहरुको मतपरिणाम र्सार्वजनिक भएको छ । पछिल्लो परिणाममा अनेरास्ववियुले अग्र स्थान कायमै राखेकोे छ । अनेरास्ववियुले ८७ क्याम्पसमा आफूले सभापति सहित जितेको दावी गरेको छ । नेविसंघले ५५ र अखिल क्रान्तिकारीले ४३ क्याम्पसमा सभापति सहित जितेको दावी गरेका छन् । पछिल्लो परिणाम अनुसार भक्तपुरको सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । थापाथलर्ीर् इञ्जिनियरिङ क्याम्पसमा पनि सभापति सहित बहुमत पदमा अखिल क्रान्तिकारी विजयी भएको छ । त्यस्तै पाटन संयुक्त क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । महेन्द्ररत्न क्याम्पस ताहाचलमा सभापति सहित बहुमत सदस्यमा अनेरास्ववियुले जितेको छ । शंकरदेव, बाल्मिकी, काठमाण्डू शिक्षा र पशुपति क्याम्पसमा नेविसंघ विजयी भएको छ । नेपाल कमर्श क्याम्पस मिनभवनको पुरै प्यानलमा अनेरास्ववियुका ब्रि्रोही उम्मेदवार विजयी भएका छन् । वीरगन्जको नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । त्रिभुवन आदर्श वहुमुखी क्याम्पस पाल्पामा नेविसंघ विजयी भएको छ । यस्तै म्याग्दी बहुमुखी, बागेश्वरी क्याम्पस कोहलपुर, दोलखाको गौरीशंकर, ओखलढुंगा, मकवानपुर बहुमुखी, हेटौंडा र भोजपुर क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । उदयपुरको नारद आदर्श शिक्षा क्याम्पस र ओखलढुंगाको बरुदेश्वरमा अखिल क्रान्तिकारी विजयी भएको छ । वर्दियाको बबई र डोटीमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । पोखराको वन विज्ञान अध्ययन संस्थान र तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ विजयी भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको अखिलको संयुक्त प्यानल विजयी भएको छ । सिर्द्धार्थ क्याम्पस बारगंगा कपिलवस्तुमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ । कपिलवस्तु बहुमुखी क्याम्पसमा तर्राई मधेस लोकतान्त्रिक विद्यार्थी पmन्ट विजयी भएको छ । महोत्तरी मटिहानीको यालता विद्यापीठमा पनि तमलोपाको विद्यार्थी मञ्च विजयी भएको छ । पश्चिमाञ्चलकोर् इञ्जिनियरिङ अध्ययन संस्थानमा मतगणना भैरहेको छ । सल्यानमा गएराति मतगणना भैरहँदा अखिल क्रान्तिकारीले मतपत्र च्यातेपछि मतगणना अवरुद्ध भएको छ । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा मतपरिणाम र्सार्वजनिक हुनै लाग्दा केही विद्यार्थीले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित भएको छ । त्यहाँ वाईसीएलसंग युथफोर्स र तरुणदलका कार्यकर्ताको झडप हुँदा तनाव उत्पन्न भएको छ । झडपमा दुवै पक्षका गरी आधा दर्जन र्घाईते भएका छन् । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा स्ववियु चुनावको परिणम घोषणामा विवाद भएको छ । सभापतिमा अनेरास्ववियु, उपसभापतिमा नेविसघ र सचिवमा अखिल क्रान्तिकारीले जितेको घोषणा गर्ने वेलामा विवाद भएको हो । विवादपछि नेविसंघ र अखिल क्रन्तिकारीले चुनाव रद्द गर्न माग गरेका छन् भने अनेरास्ववियुले तुरुन्तै नतिजा घोषणा गर्न माग गरेको छ । यस्तै मतगणना स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न नदिएको भन्दै डडेल्धुराका पत्रकारहरुले स्ववियु चुनावको समाचार बहिष्कार गरेका छन् । डडेल्धुरा शिक्षा क्याम्पस डडेल्धुरामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतगणना स्थलमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई मतगणना स्थलमा जाननदिई निर्वाचन समितिले अभद्र व्यबहार गरेको जनाउदै संचारकर्मीहरुले समाचार बहिष्कारको घोषणा गरेको जनाएका छन् । यस्तै दर्ुइ बिद्यार्थी प्यानलबीच मतदानमा प्रयोग भएको मसीका कारण पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा मतगणना शुरु हुन सकेको छैन । नेपाल बिद्यार्थी संघ र अनेरास्वबियुले नेतृत्व गरेका अखिल संयुक्त प्यानलले कुन मसीलाई मान्यता दिने बिषयमा सहमति हुन नसक्दा हिजो दिउँसो मतदान सकिएपनि अहिलेसम्म मतगणना हुन सकेको छैन । यसैबीच हिजो स्ववियु चुनावको विषयमा झडप भएपछि आज सिन्धुली सदरमुकाममा पसलहरु बन्द छन् भने गाडी पनि कम चलेका छन् । गएराति अखिल क्रान्तिकारीका कार्यकर्ताले एमाले र कांग्रेसका जिल्ला पार्टर्ीीार्यालयमा तोडफोड गरेका छन् ।


माओवादीले संखुवासभा, चितवन, डोटी र सल्यान बन्द

एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्तालाई प्रहरीले गोली हानेकेा भन्दै संखुवासभा बन्द गरेको छ । बन्दका कारण संखुवासभाको खा"दबारी, तुम्लिङटार, चैनपुर मानेभञ्न्याङ लगायतका १ दर्जन बढी बजार बन्द भएका छन । शिक्षण संस्था, कल कारखान र गाडी पनि चलेका छैनन । अखिल क्रान्तिकारीले एमालेका जिल्ला स्तरका आधा दर्जन नेता र कार्यकर्ता खा"दबारी स्थीत आरती होटलमा बसेको भन्दै होटलमा तालाबन्दी गरेको छ । हिजो अखिल एमालेका बिद्यार्थी संग क्रान्तिकारीको झडप भएपछी झडप रोक्न खोज्दा प्रहरीको गोली लागेर सात जना र्घाईते भएका थिए । घाइते भएका ६ बिद्यार्थी र १ जना प्रहरीलाई नेपाली सेनाको एम आइ १७ हेलिकप्टरमा उपचारका लागी काठमाण्डू ल्याईएको छ । यस्तै नेपाल विद्यार्थी संघ चितवनले आजदेखि चितवनका सवै क्याम्पस वन्द गरेको छ । स्ववियु चुनावको परिणाम बदर गर्न माग गर्दै आएको नेविसंघले क्याम्पस मा पठन पाठन रोकेको हो । यसैबीच, चितवनका १२ वटा क्याम्पसको स्ववियु चुनावमा अखिलको संयुक्त प्यानल विजयी भएको छ । विवादका कारण चितवनको अरुणोदय कलेज गीतानगरमा भने चुनाव स्थगित भएको छ । यस्तै अखिल क्रान्तिकारीले मतपत्र च्यातेको बिरोधमा नेविसंघले आज सल्यान बन्द आव्हान गरेको छ । यस्तै आफ्नो जिल्लामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खोल्नुपर्ने माग गर्दै डोटीमा विद्यार्थी र नागरिक समाजले जिल्ला बन्द गरेका छन् । बन्दका कारण बजार र यातायात पुरै ठप्प छ । बन्दलाई डोटी उद्योग वाणिज्य संघले पनि ऐक्यबद्धता जनाएको छ । सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खोल्ने निर्ण्र्ाागरेपनि ठाउँ नतोक्दा आफ्नै जिल्लामा खोल्नुपर्ने भन्दै सुदूरपश्चिमका बिभिन्न जिल्लामा पर््रदर्शन हुँदै आएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक