(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20090321

शनिबार, आईतवार : कबिता, गजल, गीतपनि



सुख्खा याममा गोडेपछि...

-मान बहादुर केसी (मुस्कान)


जसको आश र भरोसा छ, उसैले साथ छोडेपछि
खाएका ति वाचा कसम, एकै छिनमा तोडेपछि
कसको भरमा जिउनु कुन्नी, स्वार्थी यो संसारमा
माया लाको दुई दिनमै, अन्तै पाईला मोडेपछि
कती दुख्छ मन मन्दिरमा, विश्वास माथि घात हुँदा
कसलाई थाह निर्मोहीले, झुठो माया जोडेपछि
मनभिरका आशाहरु, निराशामै निमोठिँदा
बाँकी अब के नै छ र प्रेम पर्खाल फोडेपछि ?
धोका भन्ने के को थाह, माया प्रेम नबुझ्नेलाई
फूल कहाँ फूल्नसक्छ, सुख्खा याममा गोडेपछि
-मंगलसैन ८, अछाम
हाल-शान्ति सांस्क्रितिक नेपाली समाज, वापी, भारत

Mbkc.muskan@gmail.com



किन आँफै चुक्छन् मान्छे ...

-अनुकुल प्रकाश, चितवन

हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे
ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे ।।
सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि
भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे ।।
जीव हिंसा व्यभिचार मनमा पाप कती-कती
फेरिपनि धार्मिक बनी चार-धाम पुग्छन् मान्छे ।।
जात -धर्म, भाषा-भेषमा समाजलाइ बँड्नेहरु
लौन बताउ स्वाभिमानमा किन आँफै चुक्छन् मान्छे ।।
दीन दुस्खी माथि दया मानव धर्म मान्छु म त
ढुङ्गा नपुज्ने नास्तिक लौँनुँ भनी थुक्छन् मान्छे ।।

Source: Ramhari ji,Dcnepal/suman Gaire

वल्लो घाट न पल्लो तीरका भए...

-निर्मला अवस्थी, काठमाण्डौ, नेपाल

सानातिना गुनासा हुन् लेखिदिने भए
कता पोखुं कता पोखुं भने जस्ता भए
कति राख्नु मनभित्र उर्लिएर आए
हल्का हुन्थ्यो मनका ब्यथा सबलाई भन्न पाए।

छोराछोरी भन्दाभन्दै दिन वित्दै गए
कमाएको श्रीसंपती तिनलाई नै खर्च भए
राम्रो भयो सबै सन्तान एक से एक भए
कोही भने स्वदेश बसे कोही विदेश गए।

वाइक मात्र होइन कोही गाडी चढने भए
सफल भयो जीवन भन्दै कति खुशि भए
तर आफ्ना इच्छा केही अधुरा नै रहे
अहिले आफू वल्लो घाट न पल्लो तीरका भए।

कति मीठो हुन्थ्यो सबै संगै खान पाए
खान पान मिलेन रे भन्दै छुट्टै खाए
बस्न मन लाग्छ कहिले केटाकेटीसंग
फुर्सद हुन्न कम्प्युटरमै लाग्छ तिनको मन।

कहिलेकाही सबैसंग भेट हुन पाए
मनका कुरा कहिलेकाही सुनाउन पाए
कति राम्रो हुन्थ्यो तर कुरा मनमै रहे
फुर्सद छैन भन्दै तिनले नसुन्दिने भए।

मन दुख्छ बोल्न हुन्न कसले बुझिदिने
कति कुरा पाए पनि कति कुरा गुमे
सोंचेका थे बुढेसकालको टेक्ने लौरो भए
तर अहिले दाउराको नि काम नदिने भए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक