20090321

माओवादीको जन गणतन्त्रको ढोका खुल्दैछ...

- शेखर ढुङेल्

अन्तत माओवादी ले देश को अर्को अछ्युण र अबिचलित शक्ती नेपाली राष्ट्रिय शेना को मुन्टो बटार्न सफल भयो । कानुन त गलत भन्ने आधार नभये पनि मनोबैज्ञानीक रुपमा शेना लाई तहस नहस पार्ने कोशीस को एक पाइला अगाडि बढेको छ । ८ जना जर्नेल हरु को म्याद नथपेर बाँकी अरु शेना का बरिस्ठ हाकिम हरु लाई मानसिक प्रहार मात्रै गरेको छैन प्रशासन र प्रहरी मा झै पदोन्नति , र म्याद थप को लागि नेता को ढोका ढोका मा झोला बोकेर कुद्ने अनी जनता र राष्ट्र को दुहाइ दिएर मात्र नपुग्ने अवस्था मा शेना लाई पुर्याइ दिएको छ । माओवादी ले अब को दिन मा शेना समायोजन का मामला मा बर्तमान प्रधान शेना पती ले झै कुनै शैनिक जर्नेल ले उस्को को बिरोध नगर्ने गरी प्रत्यछ्य रुपमै चेतावनी दिएको छ । माओवादी समर्थक पत्रीका को समाचार ले त्यही सन्देस दिन्छ । अब पदोन्नति हुने शेना का जर्नेल स्वत: माओवादी प्रती अनुग्रहित हुने र सम्भाबित हस्तछेप को बिरोध वा टक्कर कसैले नलिने हुँदा माओवादी को जन गणतन्त्र को ढोका खुल्दै छ । पूर्व प्रधान मन्त्री सहित ६ दल का नेता ले निर्णय सच्याउन गरेको अनुरोध लाई लत्याएर प्रचन्ड ले आफ्नो अधिनायकि को पूर्वभ्यास मात्र गरेनन सहमति को राजनीति लाई आर्य घाट पुर्याइ दिये । बाँकी सत्तारुढ दल हरु कुन स्वार्थ ले माओवादी को अधिनायकि लाई समर्थन गरी मन्त्री परिषद मा बसिराखे का छन ? माधव नेपाल जि ले स्विकारे झै ससद बादी दल ले गरेको गल्ती को ले त्यस को परिणाम अब देश एक तन्त्री कम्युनिस्ट ब्यबस्था मा भास्सिने र कम्बोडिया वा अफगानिस्तान् को बाटो मा लम्किने छ । निरन्कुस राजतन्त्र सित सम्झौता हुन सक्दथ्यो र भएको पनि हो तर अधिनायक बादी कम्युनिस्ट सित सम्झौता गरेर प्रजातन्त्र आएको ईतिहास छैन । फेरी लामो र रक्तपात पूर्ण बिद्रोह गर्नु पर्ने अवस्था देखिन्छ ।
....... सक्यो दैलो देख्यो भने झै ' हतियार धारी माओवादी लाई निर्वाचन मा लगेर ठुलो गल्ती भयो भन्ने एमाले बिशेष गरी माधव नेपाल प्रब्रिती हरु नेपाल को राजनीति फाट मा देखिनु को औचित्य छैन । महाकाली सन्धि को बारेमा बितन्डा मच्चाएर पछी समर्थन , प्रतिगामी आधा सच्चियो भनी सरकार मा जाने , १२ बुँधे सम्झौता देखी माओवादी लाई सरकार मा समेत हामी ले पुर्यायौ भनी अस्ती सम्म भन्दै हिंड्ने एमाले आज फेरी गल्ती भयो भन्दै छ कस्तो लज्जास्पद निती ?
माओवादी सर्बसत्ता बाद लाई टेवा पुग्ने अर्को सन्देस देश ले पाएको छ त्यो हो स्व बि यु निर्वाचन को परिणाम । भबिस्यमा दल को प्रतिनिधित्व गर्ने युबा पुस्ता विद्यार्थी हरु को निर्वाचन मा यस पटक माओवादी का मन्त्री समेत ले भाग लिये र स्व बि यु कब्जा गर्ने घोषणा गरे । अनेकौ झडप र एक विद्यार्थी को मृत्‍यु समेत भयो । कतिपय राजनैतिक बीस्लेशक ले यस लाई दल को हैसियत को जनमत संग्रह नै भनेका छन । माओवादी समर्थक विद्यार्थी समुह क्रान्तिकारी को प्राबिधिक रुपले तेस्रो स्थान भये पनि अब उ प्रथम स्थान बराबर हो । किनकी एक ले सय लाई आतंक गर्न सक्ने हुँदा तेस्रो भएको क्रान्तिकारी को अगाडि बाँकी दुई को केही नचल्ने निस्चित छ ।
यस हिसाब ले अब देश मा काङ्रेस , एमाले र माओवादी बाहेक का दल को राजनैतिक भबिस्य समाप्त नै भएको देखिन्छ । उनी हरु को कुनै अस्तित्व र हैसियत नै देखिएन । त्यसैले समान सिदान्त र निती भएका दल हरु एक अर्का मा पलायन ( बिलय ) भएर प्रमुख राजनैतिक दल को अस्तित्व जोगाउने र माओवादी को एक तन्त्रिय अधिनायक बाद को बिरुद्ध गोलबद्ध नहुने हो भने कसैको पनि अस्तित्व बाँकी रहन्न ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक