20090324

सर्वोच्च अदालतको अन्तरिम आदेश : आठ ब्रिगेडियर फर्किए, अधिनायकबादी माओवादी सरकारलाई अर्को झापड्

सर्वोच्च अदालतले आठ ब्रिगेडियर जनरललाई अवकास दिने रक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न मंगलबार सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। आफूहरुलाई गैरकानुनी रुपमा अवकाश दिइएको भनी आठ जनरलले दिएको रिटमा न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो। लिखित जवाफ परेपछि पुनविर्चार गर्ने गरी हाललाई मन्त्रालयको पत्र कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। म्याद नथपिएका कारण गत चैत २ गतेदेखि अवकाश पाएका उनीहरु सर्वोच्चको आदेशपछि आफ्नो पदमा फर्किएका छन्। आठ जनरलको पदावधि थप गर्न प्रधानसेनापति रुक्मांगत कटवालले गरेको सिफारिस अस्वीकार गरी मन्त्रिपरिषद्ले म्याद नथप्ने निर्णय गरेको थियो। अवकाश पाएका जनरलमा नरबहादुर कँडेल, नरेन्द्रबहादुर रावल, कुमार बुढाथोकी, पवनबहादुर पाण्डे, प्रदीपविक्रम राणा, शिवकुमार पौडेल, रमेश बिष्ट र राजुप्रताप केसीले आफूलाई गैरकानुनी रुपमा अवकाश दिइएको भनी सर्वोच्च अदालतमा सोमबार रिट दिएका थिए।सर्वोच्चको इजलासले उनीहरुको पदावधि थप नहुनुको आधार र कारण खुलेको नदेखिएको जनाउँदै उक्त आदेश जारी गरेको हो। ´सैनिक सचिव, विभाग र मन्त्रालयको अवकाश दिने पत्र तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ ब्मोजिम आदेश जारी गरिदिएको छ´ आदेशमा उल्लेख छ। प्रधानसेनापतिले गत माघ १३ मा म्याद थप्न सिफारिस गरेकामा रक्षा मन्त्रालयले २०६४ चैत ६ को मिति राखी म्याद नथप्ने निर्णय भएको भनी सैनिक सचिव विभागमा पत्र पठाएको थियो। प्रधानसेनापतिको सिफारिस र मन्त्रालयको पत्रबीच कुनै समन्वयसमेत नभएको अवस्था देखिएको जनाउँदै इजलाशले सुविधा र सन्तुलनको सिद्धान्तका आधारमा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको आदेशमा उल्लेख गरेको छ। यसअघि प्रदीपप्रताप बम मल्लको मुद्दामा नियमावली संशोधन हुँदा सहायक रथीको पदावधि थप हुने भन्ने विशेष व्यवस्था रहेकाले उक्त अवधि स्वतः थप हुने देखिने व्याख्या भएको भनी आदेशमा सोही अवस्था आठ जनरलको हकमा समेत आकर्षित हुने देखिएको ठहर गरेको छ।

माओवादी सरकारद्वारा करका नाममा अर्को बितन्डा मच्याउन सुरु

सेनामा हस्तक्ष्यप, प्रहरीमा हस्तक्ष्यप, कर्मचारीमा हस्तक्ष्यप, निजी बिद्यालयमा हस्तक्ष्यप, उद्योगी ब्यापारिमा हस्तक्ष्यप, करका नाममा माओवादी पार्टिलाई चन्दा माग्ने आतंक , हर छेत्रमा गर्दै राज्य आतंक गरिरहेको आरोप लागि रहेको माओवादी सरकारले अब करका नाममा अर्को बितन्डा मच्याउन सुरु गरेको छ ।
सरकारले स्वयम् कर घोषणा नगर्ने भन्दै ९ सय जनालाई सम्पत्तिको स्रोत माग गर्दै पत्र लेखेको छ। चालू आवको बजेटले ल्याएको आयको स्वयम् घोषणा कार्यक्रममा सहभागी नहुने करिव ६ हजारमध्ये सरकारले पहिलो चरणमा ९ सय जनालाई सम्पत्तिको स्रोत खुलाउन भनेको हो। ´सरकारको निगरानीमा रहेका भन्दै करिव ९ सय जनालाई पत्राचार गरिएको छ´, आन्तरिक राजस्व विभागका महानिर्देशक कपिलदेव घिमिरेले भने- १५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेछ। यसअघि विभागले सम्पत्ति घोषणा नगर्नेहरुलाई कानुनअनुसार कारवाही गर्न कार्यविधि तयार गरिसकेको छ। आर्थिक ऐन र आयकर ऐनअनुसार कारवाही हुनेछ।
घिमिरेले विभाग मातहतका सबै कार्यालयलाई कर नतिर्नेहरुको नाम पठाइसकेको जानकारी दिए। विभागले तयार पारेको नामावलीमध्ये धेरै रकम तिर्नुपर्ने व्यक्तिहरुलाई पहिलो चरणमा पत्राचार गरेको हो। यसपछि क्रमशः सबै व्यक्तिको सम्पत्तिको स्रोत खोजिने छ- घिमिरेले भने। सरकारले ठूलो रकम आर्जन गरेर पनि कर नतिरेका भन्दै करिव १० हजार जनाको नामावली संकलन गरेको छ। नामावलीमा घरजग्गा बैंक सेयर परामर्शदातालगायत् व्यवसायी छन्।


गिरिजाद्वारा माओवादीसँग "वार" सुरु भैसकेको चेतावनी, सरकारमा काङ्रेस्स नजाने रे !

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अब माओवादीसँग आफ्नो युद्ध सुरु भएको बताएका छन्। सोमबार गृहनगर विराटनगर आइपुग्नुभएका काङ्ग्रेस सभापति कोइरालाले विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै भन्नुभयो, "अब माओवादीसँग ´वार´ सुरु भयो।" । अब हुने वारमा माओवादीलाई आफूले जित्ने सङ्केत गर्दै कोइरालाले भन्नुभयो, "एउटा ´व्याटल´ -लडाइँ) जित्दैमा ´वार´ (युद्ध) जितिन्छ भन्ने छैन। उनीहरूले अहिले एउटा ´व्याटल´मात्र जितेका छन्।" उहाँले सम्भावित वारप्रति सङ्केत गर्दै भन्नुभयो, "अब उनीहरू पनि बहुदलीय प्रतिस्पर्धामा आएका छन्, त्यसैले अबको वार उनीहरूका लागि त्यति सजिलो छैन।
"काङ्ग्रेस पनि सरकारमा सहभागी हुने कुरा आइरहेको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले माओवादीले पूर्वसहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्‍यो भने सरकारमा जाने कुरा विचार गर्न सकिने मात्र बताउनुभयो। आफूले माओवादी अध्यक्ष प्रचण्डलाई समेत पुराना सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन भएमा सरकारमा जाने कुरा विचार गर्नेमात्र भनेको छु, सरकारमै जानेचाहिँ नभनेको कोइरालाले प्रस्ट पार्नुभयो। तर माओवादीले अहिलेसम्म घरजग्गा फिर्तालगायतका सहमतिहरू कार्यान्वयन नगरेकोमा भने उहाँले रोष प्रकट गर्नुभयो।

नयाँ नेपालका नयाँ सर्बसक्तिमान प्रधानमन्त्री प्रचन्डका सर्बसक्तिमान छोरा को नयाँ क्रान्तिकारी पनपनी हेर्नेकी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"का पुत्र प्रकाश दाहाल धुलिखेल रिसोर्टमा अत्यधिक मदिरा सेवनपछि आफूलाई थाम्न नसकी कुर्सी सहारा लिंदै । साभार : नेपाल समाचारपत्र

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक