20090323

तीन समाचार एकसाथ : नेपालगञ्जमा बम विष्फोट, सर्वोच्च अदालतमा आठ ब्रिगेडिएर जनरलको रिट, कांग्रेस सरकारमा नजाने !

म्याद थप नगर्ने निर्णयले आफ्नो संवैधानिक र कानुनी हक हनन भएको हुँदा पदमा पुनर्वहाली गर्न माग राखी नेपाली सेनाका आठ ब्रिगेडिएर जनरल नरबहादुर कँडेल नरेन्द्रबहादुर रावल कुमार बुढाथोकी पवनबहादुर पाण्डे प्रदिपविक्रम राणा शिवकुमार पौडेल रमेश विष्ट र राजुप्रताप केसीले संयुक्त रुपमा पुनर्वहालीको माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दिएका छन्। । म्याद थप नगर्ने विषयमा मन्त्री परिषद्‍मा प्रस्ताव नै पेश नभएको एवं निर्णय पनि नभएको उनीहरुको दावी छ। उनीहरुले कुन मितिको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको भन्ने मन्त्रालयको पत्रमा स्पष्ट नखुलेको पनि जनाएका छन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, प्रधानसेनापति र सैनिक सचिव विभागलाई विपक्षी बनाइएको छ। रक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍बाट म्याद थप नगर्ने निर्णय भएकाले बढुवा प्रक्रियाद्वारा ती पद पूर्ती गर्न जंगी अड्डालाई पत्र पठाएको थियो। मन्त्रालयको पत्रबमोजिम उनीहरुलाई चैत २ गते देखि लागु हुने गरी अवकाश दिइएको छ।
यसैबिच नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणबाट फर्केपछि कांग्रेस सरकारमा सहभागी हुने चर्चा चलिरहेको बेला कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।‘
यता भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा बम विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । दिउँसो साढे एक बजे वीपीचोक स्थित कार्यालयको स्टोरमा बम विष्फोट भएको प्रहरीलाई उधृत गर्दै सहकर्मी गोविन्द शर्माले जनाएका छन् । मारिनेको सनाखत हुन सकेको छैन् । लाइसेन्स लिनेको भीड रहेका बेला प्रेसर कुकर बम विष्फोट भएपनि अरु कसैलाई केही नभएको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक