20090325

मन्त्रिमण्डल विस्तार, सचिवहरु हेरफेर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषदको नियमित बैठकमा भूमिसुधार मन्त्रीमा महेन्द्र पासवान र महिला बालवालिका तथा समाजकल्याण मन्त्रीमा रामचरण चौधरीलाई नियुक्त गर्ने निर्ण्र्ााभएको हो । यसअघि यी दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो । यस्तै सरकारले ६ जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषदको निर्ण्र्ााअनुसार रक्षामन्त्रालयका वामन न्यौपानेलाई सामान्य प्रशासन, प्रधानमन्त्रीको कार्यालयको नीजि सचिवालयका प्रतापकुमार पाठकलाई उद्योग मन्त्रालय र सञ्चारमन्त्रालयका लिलामणी पौडेललाई प्रधानमन्त्री कार्यालयको नीजि सचिवालयमा सरुवा गरिएको छ । यसैगरी उद्योग मन्त्रालयका सचिव ताना शर्मा राष्ट्रिय र्सतर्कता केन्द्र, राष्ट्रिय र्सतर्कता केन्द्रका शुशिल घिमिरे सञ्चारमन्त्रालय र राष्ट्रिय सूचना आयोगका गणेशराज जोशी रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ । त्यस्तै ससस्त्र प्रहरी सेवा आयोगकेा रिक्त सदस्यमा कानुन मन्त्रालयका सचिव माधवप्रसाद पौडेललाई नियुक्त गर्ने निर्ण्र्ााआजको मन्त्रिपरिषद बैठकले गरेको छ । मन्त्रिपरिषद बैठकको आजको निर्ण्र्ााअनुसार, सरकारले ल्याएको र्सार्वजनिक सेवालाई समावेशी बनाउने अध्यादेश विभिन्न समुदायसँगको वार्तामा भएको सहमतिका आधारमा परिमार्जन गरेर संसदमा पेश गरिनेछ । थारु आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई १० लाख रुपैंया राहत दिने निर्ण्र्ाापनि आजको बैठकमा भएको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । त्यस्तै दाङ घोराहीको महेन्द्र अस्पतालको नाम परिवर्तन गरेर राप्ती उपक्षेत्रीय अस्पताल राख्ने निर्ण्र्ााबैठकले गरेको छ ।

भारत भ्रमणपछि ज्ञानेन्द्र प्रफुल्ल...



पूर्व राजा ज्ञानेन्द्र देखी प्रचन्ड सरकार कती त्रसित रहेछ भने उनी एक महिना लामो भ्रमण् सकेर भारतबाट नेपाल फिर्ता हुँदा काठमाडौं बिमान्स्थलमा नत पत्रकार जम्मा हुन दियो नत उनलाई स्वागत गर्न त्यहा जाने अन्य लाई प्रबेश दियो। सबैले एअरपोर्ट बाहिरैबाट स्वागत गरेछन, पत्रकारहरु ट्वां परेर हेरेछन । बिना रक्तपात नारायणहिटी छाडेर हिंडेका राजालाई यस्तो गर्नु अली बढी भयो , प्रचन्ड सरकार ज्ञानेन्द्र देखी अत्ताल्लियो जस्ता टिप्पणी अहिले हुन थालेको हाम्रा काठमाडौं सम्बाददाता बताउछन ।

बिहेको निम्तो मान्न भारत गएका पर्ूवराजा ज्ञानेन्द्र करिब एक महिनापछि बुधबार पत्नीसहित नेपाल फर्केका छन्।
दिउँसो साढे ३ बजे राजधानी आइपुगेका ज्ञानेन्द्र दम्पतीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मूलद्वारमा सयौं शुभचिन्तक ओइरिएका थिए। पूवराजा ज्ञानेन्द्र दम्पतीलाई भेट्न बसेका सबैलाई प्रहरीले लखेटिदिएको थियो। ज्ञानेन्द्र र कोमलको तस्वीर खिच्न विमानस्थल परिसरमा पुगेका सञ्चारकर्मीलाई प्रहरीले लाठी प्रहार गरेको थियो।
प्रहरीले दुर्व्यवहार गरेपछि सञ्चारकर्मी र प्रहरीबीच निकैबेर भनाभनसमेत भएको थियो। इन्डियन एयरलाइन्सको विमानबाट काठमाडौं आएका पूवराजा ज्ञानेन्द्रसँग सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा केही जबाफ दिएनन्। उनी हाँस्दै निजी नम्बरप्लेटको गाडीमा निर्मलनिवास पुगेका थिए। निर्मलनिवासवरपर सयौंको संख्यामा उपस्थित शुभचिन्तकले पूवराजा ज्ञानेन्द्रलाई फूलको गुच्छासमेत दिएका थिए। गत फागुन १४ गते भारत पुगेका ज्ञानेन्द्रले भारत बसाइका क्रममा कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता लालकृष्ण आडवाणी, गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी, मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलगायत एक दर्जन नेतासँग भेटवार्ता गरेका थिए।
गैरमाओवादी मोर्चाबन्दीको अभ्यासस्वरुप एक चरणको राजनीतिक सम्मेलन गरेर भारत पुगेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला गत साता फरक एजेन्डाका साथ स्वदेश फर्किए पनि पूर्वराजा ज्ञानेन्द्र शाह भने एक महिनाको भारत भ्रमणपछि प्रफुल्ल मुद्रामा बुधबार काठमाडौं ओर्लेका छन्। आफन्तको बिवाहको बहानामा भारत पुगेका ज्ञानेन्द्र त्रिभुवन विमानस्थलमा ओर्लेपछि प्रतिक्रियाविहीन भए पनि उनको चम्किलो मुद्रामा राजनीतिक अर्थ खोज्न थालिएको छ।
भारतका प्रभावशाली राजनीतिक नेताहरुसँगको एक महिना लामो परामर्शमा ज्ञानेन्द्रले 'नयाँ नेपालको नयाँ राजनीतिक परिवेशमा आफ्नो विशिष्ट स्थानको खोजी गरेको हुनसक्ने अनुमान विश्लेषकहरुको रहेको छ। लोकसभाको चुनावी माहौलमा चुर्लुम्मै रहेको अवस्थामा पनि भारतीय नेताहरुले नेपाली राजनीतिक रंगमञ्चबाट किनारा लागेको परम्परागत शक्तिलाई प्राथमिकताका साथ भेटघाट र छलफलको सिलसिला चलाएका थिए। कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी, गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायत नेताहरुले पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणलाई उच्च महत्व दिनु र फर्कंदा प्रफुल्ल मुद्रामा देखिनुलाई संयोगका रुपमा मात्र लिन नसकिने सूत्रहरुको दाबी छ। अब बन्ने संविधानमा पूर्वराजाले आफ्नो स्थान खोज्न सक्ने आँकलनका बीच उनले भारतीय संस्थापन एवं परम्परागत शक्तिहरुसँगको सम्बन्धलाई बलियो बनाउने योजना थालेको बुझिन्छ।
नेपालमा देखिएको राजनीतिक समीकरण तीव्र असन्तुलन र उथलपुथल, सरकारको नेतृत्व गरिरहेको माओवादीको चीनसित बढ्दो हिमचिमबाट केही हच्किएको भारत पछिल्लो समय आफूपरस्त वैकल्पिक शक्तिको खोजीमा रहेको कूटनीतिज्ञहरुको विश्लेषण छ। भारतले नेपालको राष्ट्रिय राजनीतिबाट आफ्ना विश्वासपात्र र शक्तिहरु स्खलित र किनारीकृत बन्दै गएको अवस्थालाई व्यवस्थापन गर्न पूर्वराजालाई वैकिल्पक 'कार्ड' का रुपमा लिएको हुनसक्ने बुझिन्छ। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला माओवादी सरकारको विकल्प खोज्दै भारतसम्म कुदे पनि उनले अपेक्षाअनुरुप साथ नभेटेको उनका अभिव्यक्तिबाट बुझ्न सकिन्छ भने भारतकै भरोसाका अर्का पात्र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पनि राष्ट्रिय राजनीतिमा आफू प्रभावहीन बन्दै गएको स्थितिलाई बुझेर र गिरिजा फिर्तीको खबरले उत्साह नभरेकाले केही सेलाएका छन्। यता माओवादीले चीनसँग नयाँनयाँ कुटनीतिक र राजनीतिक तहमा हिमचिम बढाउँदै लगे पनि अहिलेसम्म माओवादीको विकल्पमा भारतले आफ्नो भरोसाको केन्द्र फेला पार्न नसकेको यथार्थ रहेको छ। आफ्नो इशारामा नाच्ने र आफ्नै भरोसामा अड्ने प्रकृतिको राष्ट्रिय शक्तिको खोजीमा भारत रहेकै बेला ज्ञानेन्द्र राजनीतिक परामर्शपछि उत्साहित बन्नुले संयोग मात्र रहेको पक्कै पनि देखाउँदैन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक