20090326

माओवादी र अर्थमन्त्रीद्वारा सर्वोच्च अदालत माथि प्रहार

माओवादी कानुनी राज्यको मुल्य र मान्यता नमान्ने पार्टी
सर्वोच्च अदालतबाट भएको आदेश विरुद्ध माओवादी


माओवादी नेता बाबुराम भट्टराईले सैनिक जनरल पुनः वहाली गर्ने सर्वोच्चको निर्णयले देशमा अग्रगमन र प्रतिगमनबीचको लडाई अझै जारी रहेको पुष्टि भएको बताएका छन्। भंसार कार्यालय निरिक्षणका क्रममा वीरगन्ज आएका भट्टराईले संचारकर्मीमाझ भने, ´प्रतिगमनका पक्षधरहरु सरकारका हरेक निर्णयलाई उल्टाउने खेलमा लागि परेका छन्।´
´नेपाली जनताले यस्ता तत्वहरुलाई माफ गर्ने छैनन्,´ उनले थपे, ´गणतन्त्र मन नपराउने शक्ति सबै हतकण्डा अपनाउँदै सरकार असफल पार्ने ध्याउन्नमा रहे पनि त्यो उनीहरुको दिवास्वप्न मात्र हुन्छ।´ ´हतारमा निर्णय गरेर सरकार फुर्सदमा पछुताउने गर्छ नि!´ भन्ने संचारकर्मीको जिज्ञासामा भट्टराईले भने - ´परिवर्तन देख्‍न नचाहनेले विभिन्न बाहानामा चाल चालेकाले केही निर्णय बदल्नु परेको हो।´सर्वोच्चको निर्णयले सरकारलाई नैतिक संकटमा भने नपारेको भट्टराईले दाबी गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी कानुनी राज्यको मुल्य र मान्यता नमान्ने पार्टी भएको आरोप लगाएका छन् । धनगढी बिमानस्थलमा बिहीबार पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उनले भने - 'अवकास पाएका जर्नेलको बिषयमा सर्वोच्च अदालतको अन्तरिम आदेशको बिरोध गर्नुको अर्थ माओवादीले कानुनी राज्यलाई स्थापना गर्न चाहदैन भन्ने कुरालाई प्रष्ट पार्नु हो । ' राज्यले जर्नेलको बिषयमा सर्वोच्च अदालतको निर्णयलाई मान्नु पर्ने बताउदै उनले सेनामा पुर्वाग्रहीता र हस्तक्षेप गर्नु ठिक नभएको बताए । शान्तिको राजनीति नगर्ने उग्र र हिंसात्कम प्रवृतिको माओवादीसंग कांग्रेस सरकारमा गई सहकार्य नगर्ने उल्लेख गर्दै नेता देउवाले भने-'सरकारमा जाने कुरो हल्ला मात्रै हो, काग्रेस सरकारमा जादैन ।'
एमाले नेता केपी ओलीले माओवादीले राज्यका संवैधानिक अंगमा हमला गरी असभ्यता देखाएको बताएका छन् । सेनाको ८ जर्नेलको म्याद थप्ने विषयमा सर्वोच्च अदालतबाट भएको आदेश विरुद्ध माओवादीले राजधानीमा बुधबार गरेको सभाप्रति संकेत गर्दै उनले माओवादीले असभ्य व्यवहार गरेको आरोप लगाए । राजधानीमा बिहीबार संचारकर्मीसंग कुरा गर्दै उनले उग्रबामपन्थीबाट माओवादीलाई मुक्त गर्न समय लाग्ने टिप्पणी गरे । सरकार असफल भएको निष्कर्षमा एमाले पुगेको उनको भनाइ थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक