20090327

वाइसियलले फेरी मान्छे मार्यो, बुटवल तनाबग्रस्त, माओवादीका कार्यालयहरुमा एमालेले आगो लगाउदै

नेकपा एमालेले युथफोर्सका रुपन्देही जिल्ला कार्यकर्ता प्रचण्ड थैवको गए राति माओवादीको वाईसीएलबाट हत्या भएको दाबी गर्दै शनिबारदेखि नै देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। एमालेको जारी बैठकले हत्याको विरोधमा शनिबारदेखि सडकदेखि सदनसम्म सशक्त रुपमा विरोध गर्ने निर्णय गरेको हो। युथफोर्सका थैवको हत्या भएपछि बुटवलमा शुक्रबार बिहानैदेखि बढेको तनाव कम गर्न जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। बुटवल नगरपालिकाको सबै वडा र सिद्धार्थ राजमार्गको बुटवल खण्डमा कर्फ्यु लगाइएको छ। प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै बुटवलका विभिन्न स्थानमा विरोध जारी राखेका छन्। प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर कर्फ्युको अवज्ञा गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले बुटवलको पाल्पा रोड चोकमा अश्रुग्यास प्रहार गरेको छ।

*********************************************

युथफोर्सका जिल्ला कार्यकर्ताको गएराति हत्या भएपछि बुटवलमा शुक्रबार बिहानैदेखि तनाव सुरु भएको छ। युथफोर्सका जिल्ला सदस्य ३५ वर्षीय प्रचण्ड थैवमाथि दिपनगर घर फर्किरहेका बेला राती सवा १० वजे हिलर्पाक नजिकको पुल छेउमा गोली हानिएको थियो। मोटरसाइकलमा पिछा गर्दै आएको २ जनाको समूहले थैवलाई गोली हानेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा यात्रारत उनलाई तीन वटा गोली प्रहार गरिएको थियो। एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका थैवको लुम्विनी अचल अस्पतालमा राती साढे ११ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय वुटवल ले जनाएको छ ।
हत्याको विरोधमा युथ फोर्सले शुक्रबार बिहान बुटवल पाल्पा रोडस्थित माओवादी जनवर्गीय संगठनको कार्यालयहरुमा आगलागि गरिदएका छन्। एमालेले आव्हान गरेको रुपन्देही बन्दका कारण शुक्रबार बजार पूर्ण रुपमा बन्द छ। उद्योग कलकाखाना तथा शैक्षिक संस्थाहरु बन्द भएका छन्। सिद्धार्थ र पुर्व पश्चिम राजमार्ग अन्तर्गत वुटवल भएर चल्ने सवारी का साधन ठप्प छन्। हत्याको विरोधमा अर्घाखाँची र कपिलवस्तु र पाल्पा पनि वन्द छन्। पाल्पामा खुलेका पसलहरु बन्द गर्न लगाइएको थियो। प्रजातान्त्रिक राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य विनोद चन्द्र देवकोटाले बुटवल घटनालाई लिएर अनिश्चितकालीन लुम्बिनी बन्द गर्ने ´सर्कुलर´ जारी भएको जनाएका छन्। पाल्पाका पत्रका टेकनारायण भट्टराइका अनुसार केन्द्रको निर्देशन भन्दै एमाले कार्यकर्ताहरुले पाल्पाबाट अन्यत्र जाने सबै यातायात ठप्प पारिदिएका छन्।
माओवादीको भातृ संगठन वाइसीएलले हत्या गरेको भन्दै नेकपा एमाले र त्यसका भातृ संगठनहरुले बुटवलमा बिहानैदेखि प्रर्दशन गरेका छन्। एमाले रुपन्देहीका सचिव लिला गिरीले हत्या माओवादीको योजनामा वाइसीएलले गरेको आरोप लगाए। सचिव गिरीले फोनमा भने, ´बुटवल वहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनीयनको चुनावमा भएको पराजयलाई सहन नसकेर माओवादीले वन्दुकको आड लियो।´वाइसीएलले भने हत्यामा आफनो संलग्नतालाई अस्विकार गरेको बुटवलबाट पत्रकार भवानीप्रसाद पाण्डेले जनाएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक