20090328

राजाको टीका लगाएकाहरु न्यायाधीश भएकाले परिवर्तन हुन नसकेको आरोप

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता समेत रहेका अर्थमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्रको विकासमा न्यायालय वाधक भइरहेको आरोप लगाएका छन् । उनले पुरानै सोचबाट न्यायाधीशहरु ग्रस्त भएको बताए । उनले भने, "न्यायाधीशहरुबाट गणतन्त्रको निर्णय उल्टाउने काम भएको छ, यस्तै हो भने देशमा दुभाग्यपूर्ण अवस्था आउछ ।" न्यायाधीशहरु राजाको टीका लगाएकाहरु भएकाले परिवर्तन हुन नसकेको उनले बताए । अग्रगामी परिवर्तनका लागि न्यायालयबाट अवारोध भइरहेको उनको आरोप थियो । सर्वोच्च अदालतले नेपाली सेनाका आठ जर्नेललाई अवकाश दिने सरकारी निर्णय तत्काललाई रोक्न अन्तरिम आदेश जारी गरेपछि भट्टराईको न्यायालयप्रति कडा अभिव्यक्ति आएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक