20090329

आज फोटो हेरेर मज्जा लिनेकी ?












प्रेस विज्ञप्ति: अना-०९ लोकतान्त्रिक अभ्यासमा प्रतिबद्ध

बर्क्र्ली । अमेरिकामा रहेका नेपाली संगठनहरुको वाषिर्क सम्मेलन अना-०९ पर्ूण्ातः लोकतान्त्रिक अभ्यासका साथ भव्य रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहन आयोजक समितिका तर्फाट हामी सम्पर्ूण्ा नेपाली तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

हामी उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था न्यान्सीका केही पदाधिकारीहरुबाट वाषिर्क सम्मेलनको आयोजकमा उहाँहरु नै रहनुपर्ने दलिलका साथ टिप्प्ाणी बाहिर आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ । हाम्रै प्रतिनिधिहरुबाट आएको यस टिप्पणीप्रति हाम्रो ध्यान जानु स्वाभाविक पनि हुन्छ । लोकतान्त्रिक अभ्यास भनेकै अभिव्यक्ति स्वतन्त्रता भएका कारण उहाँहरुको भावनाको हामी उच्च सम्मान गर्दछौं ।

जहाँसम्म अना-०९ को आयोजक तथा संयोजक त्यस संस्थाका वर्तमान पदाधिकारी नभएसम्म वाषिर्क सम्मेलनको अभ्यास गलत हुनजाने तर्क छ, त्यसप्रति भने हामी सहमत छैनौं । न्यान्सीका पदाधिकारी भए ठीक हुने तर उहाँहरुलाई जसले निर्वाचित गर्‍यो, ऊ संयोजक भएर सम्मेलनको आयोजना गर्दा आपत्ति हुने सोच संकर्ीण्ाता मात्र हो भन्ने हाम्रो धारणा छ ।

अना-०९ वाषिर्क सम्मेलन आयोजक तथा संयोजक समितिमा हामी जो-जसरी बसेका छौं, त्यसमा पर्ूण्ातः लोकतान्त्रिक तथा पारदर्शिताको सिद्धान्त अख्तियार गरेको सबैमा सादर निवेदन गर्दै यस अभ्यासमा कुनै कमजोरी भएको भए प्रश्न उठाउँन हामी सबैमा सादर अनुरोध गर्दछौं । न्यान्सीलाई हामीले पहरेदार बनेर हर्ुकाएका हौं, यसको उच्च प्रतिष्ठामै हाम्रौ गौरव रहनेमा हामी विश्वस्त छौं । हामीबाट यस संस्थाको कदापि मानमर्दन हुन नसक्नेमा पनि सबैलाई विश्वास दिलाउँछौं । त्यसैले वाषिर्क सम्मेलन आयोजक समितिमा न्यान्सी, नाफका, मदरल्याण्डआदि यस क्षेत्रका सबै संस्थाका बहालवाला वा पर्ूव पदाधिकारीलाई समेटेर आयोजक समितिको गठन गरिएको छ । सम्मेलन सम्पन्न हुने स्थान, व्यानरआदि सम्पर्ूण्ा विषयको निर्ण्र्ाापर्ूण्ातः लोकतान्त्रिक ढंगले भएको पनि पुनः दोहोर्‍याउन चाहन्छौं ।

यीआदि तमाम विषयमा ख्याल गर्दै नेपालीको सम्मान उच्च राख्न स्वयंसेवक बनेर दौडिरहेका हामीलाई कुनै आरोप लगाउनुभन्दा प्रोत्साहन दिनुपर्ने हो भन्ने माग हाम्रो अन्तस्करणले गरिरहेको छ । सम्मेलन सफल पार्न दौडिरहँदा थाकेका हाम्रा पिंडुलाहरु सबैसँग सहानुभूति खोजिरहेका छन् । तर केही साथीहरुले हामीलाई नबुझिदिनुभएको, व्यक्तिगतर् इर्श्या बाहिर ल्याइदिनुभएको र राजनीतिक खेल खेल्न खोज्नुभएकोमा हामी स्तव्ध तथा आर्श्चर्यचकित छौं । आशा छ, सम्मेलन सफल भएमा नै सबै नेपालीको शिर गर्वले ठडिने कुरामा अन्ततः उहाँहरु सचेत बन्नुहुनेछ र यसलाई सफल पार्न आयोजक समितिलाई मन-वचनर्-कर्मले सघाउनुहुनेछ ।

अना-०९ सफल पारौं, नेपालीको सान उच्च राखौं !

गोविन्द शाही
संयोजक अध्यक्ष, आयोजक समिति
अना-०९ वाषिर्क सम्मेलन

अनिल पाण्डे
संयोजक
प्रचार-प्रसार उपसमिति, आना
तथा
अध्यक्ष, मदरल्याण्ड नेपाल ।



ए एन ए अमेरिका सम्मेलन बिबाद

- शेखर ढुङेल्

क्यालिफोर्निया/ उत्तर क्यालिफोर्निया हुन गै राखेको ए एन ए सम्मेलन २००९ को बारेमा बिभिन्न पत्र पत्रीका मा छापिये का समाचार र अन्तर्वाता ले एक पटक फेरी हाम्रो न बदलियेको प्रबिर्ती प्रती न त मस्तक हुनु परेको छ आखिर अहिले उठाइएको बिबाद को चुरो को समाधान त ए एन ए सम्मेलन आयोजक समिती गठन गर्न बर्कली मा बसेको स्थानिय संघ सस्था र सक्रिय सदस्य हरु को मिटिङ ले नै दिएको हो । त्यो मिटिङ मा ए एन ए सम्मेलन उत्तरि क्यालिफोर्निया मा गर्न हामी ले लेराएको भन्ने केही उतसाहित युबा हरु लाई ब्यक्ती को नेत्रित्व मा सस्था जादैन सस्था को नेत्रित्व मा नै आयोजना हुनु पर्दछ भनी सन्क्रामेन्तो देखी सान ओजे सम्म का सस्था र सदस्य को सहमति भै सस्था का प्रतिनिधि समेत ले मतदान मार्फत्त् यो आयोजक समिती गठन गरिएको हो । न्यान्सी को नाम मा लेराएको ले न्यान्सी कै नेत्रित्व मै हुनु पर्दछ भन्ने तर्क कसरी उचित होला जब कि यो एरिया मा अन्य सस्था पनि भएका ले सबै लाई समेटेर नै यो आयोजक समिती बनेको छ र समिती मा उप सम्योजक मध्य न्यान्सी का प्रमुख लगायत कुनै न रुप मा न्यान्सी का सदस्य कै सहभागिता पनि छ । दु:ख लाग्ने अर्को पाटो के भने ज जसले मतदान गरेर यो समिती बनाउन योगदान दिये उनी हरु नै बिरोध गर्दै छन ।

नेपाली हरु को सस्था न्यान्सी का एक जिम्मेवार सदस्य ले त आफ्नै पदिय गरिमा को समेत ख्याल नराखी ठेकेदार र दलाल हरु भनी आयोजक समिती माथि आरोप लगाये पीडित ले कानुनी उपचार खोजे के होला ? ए एन ए सम्मेलन को यो आयोजक समिती लाई ब्यक्ती बादी देख्नु वा कुनै एक सस्था ले मात्र अधिकार खोज्नु को औचित्य देखिदैन किन कि मतदान बाट निर्बाचित यो समिती मा सबै समेटिएका छन । शिप , अनुभब र इच्छा भ्एका को स्वस्फुर्त सहभागिता भन्दा तान्ने र सिफारिस गर्ने लहड बाजी नै बिबाद को चुरो देखिएको छ । फल खाने कि रुख खोज्ने ? यसै सेरो फेरो मा रुमल्लि राखेको छ यो बिबाद ।

यो ए एन ए सम्मेलन मा नेपाल बाट कसै लाई नबोलाउने , प्रमुख अतिथी देखी कलाकार अमेरिका भित्र बाट नै ब्यब्स्था गर्ने निर्णय भएको छ । यहाँ दलाली र ठेकेदारि को कुरो कहाँ बाट आयो ? आर्थिक फाईदा कै कुरो गर्दा पनि ए एन ए सम्मेलन को ईतिहास मा ५ देखी ८ हज्जार डलर भन्दा बढि कमाएको रेकर्ड छैन रे त्यस मा पनि ८० % ए एन ए को खाता मा र २० % मात्र स्थानिय सस्था मा जाने हुँदा यो मामला मा पनि टाउको फोर्नु को औचित्य देखिदैन । तसर्थ नबिर्सौ हामी अमेरिका मा छौ र यहाँ नेत्रित्व जबर्जस्ती होइन सहमति मा गरिन्छ र जुलाई ५ तारिख पछी पनि यही नै बस्ने हो सामाजिक भाई बन्धु को नाता समेत टोडिने गरी आरोप प्रत्यारोप ले कस्तो सन्देस सहभागि हरु मा जाला ?

गर्ब गरौ कम से कम जस्ले लेराये पनि हामी ले एक पटक अन्य भाग का नेपाली हरु को स्वागत गर्ने मौका पाएका छौ । हाते मालो गर्दै खुशी खुशी सहयोगी बनौ एकता प्रदर्शन गरौ आफु मा भ्एको रचनात्मक प्रतिभा देखाऔ र सम्मेलन सफल पारौ ।

मजदुरको उद्दार अझै हुन सकेन

गत वुधवार दाङको एक कोइलाखानीमा पुरिएका एकजना मजदुरको अझै उद्धार हुन सकेको छैन ।
तुलसीपु्र नगरपालिका १० चिसापानीमा रहेको कोइलाखानीमा काम गर्ने क्रममा तुलसीपुर ७ का २५ वषर्ीय मानवहादुर कुवर खानि भित्र सुरुङ भत्कदा खानि भित्र पुरिनु भएको हो ।
प्रशासनले चासो नदेखाएका कारण उद्धार कार्यमा ढिलाई भइरहेको भन्दै स्थानिय बासिन्दाले आक्रोश ब्यक्त गरेका छन ।
कोइलाखानिको सुरुङ भत्कने क्रम नरोकियका कारण उद्दार कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ । प्रहरी र स्थानिय बासिन्दाको उद्दार कार्य असफल भए पछि उहाँको उद्दारका अहिले दुइवटा डोजर प्रयोग गरिएको छ ।
कुवर कोइलाखानी सरुङभित्र ३० मिटर तल रहेको अनुमान गरिएको छ । -अमर क्षितिज

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक