20090329

धम्कीको राजनीति: माओवादीले फेरी धम्कायो

एमालेले सरकार छाडे माओवादीले ब्रि्रोह गर्ने

अर्थमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले बिभिन्न बहाना बनाएर एमालेले सरकार छाडेमा माओबादीले ब्रि्रोह गर्ने बताउनु भएको छ । बिहान स्याङजामा पत्रकारहरुसंग कुराकानी गर्दै भट्टर्राईले माओवादीले सरकार छाड्नै परेमा शान्ती प्रक्रियालाई बीच मै रोकी जन ब्रि्रोहमा उत्रने बताउनु भयोे । उहाँले बुटवल घटनालाई लक्षित गर्दै आफ्नो हातमा कानून लिएर एमालेले कानूनको विपक्षमा काम गरेको आरोप लगाउनु भयो । हैसियत विनाको एमालेलाई गृह मन्त्रालय सहितका मन्त्रालय दिदा सरकारले सोचे अनुसार काम गर्न नसकेको भट्टर्राईको दावी छ ।


मुलुक अतिवादतिर गैरहेको राष्ट्रपतिको स्विकारोक्ती

राष्ट्रपति डा. रामवरण यादवले मुलुक अतिवादतिर गइरहेको बताएका छन् । जातीय र क्षेत्रीय नाराले गर्दा देश अतिवादतिर गइरहेको उनको भनाइ छ । देशलाई अतिवादबाट मुक्त गराउन पत्रकारहरूले भूमिका खेल्नुपर्नेमा समेत उनले जोड दिए ।
नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापना दिवसको अवसरमा राजधानीमा आइतबार आयोजना गरेको चियापानमा राष्ट्रपति यादवले यस्तो बताएका हुन् । \'देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि जनताले लोकतन्त्रको अनुभव गर्न पाएका छन् या छैनन् भन्ने गम्भीर प्रश्न देखिएको छ\' उनले भने । लोकतन्त्रको अक्सिजन प्रेस भएको बताउँदै उनले प्रेस जगत स्वतन्त्र हुनैपर्ने भनाइ राखे । राष्ट्रपति यादवले ज्यानको बाजी राखेर पत्रकारहरूले काम गरिरहेको भन्दै पत्रकारहरूको प्रशंसासमेत गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक