20090330

अन्धाधुन्ध गोली चलाउँदा आठको मृत्यु

अमेरिका, चैत १७/ अमेरिकाको उत्तरी कारोलिनामा नर्सिङ होमभित्र एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धाहरू रहेका छन् । घटनामा बन्दुकधारी र एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । पाइलेक हेल्थ एण्ड रेहाव सेन्टरभित्र ४५ वर्षीय आक्रमणकारी रोवर्ट स्टेवार्टले अन्धाधुन्ध गोली चलाएका थिए । घटनापछि प्रहरीले ती बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउनुको कारण खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । - एजेन्सीहरु

एमालेको ११ सदस्यीय स्थायी समिति गठन

नेकपा एमालेले ११ सदस्यीय स्थायी समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले ८ जना पदाधिकारी सहित स्थायी समितिमा माधवकुमार नेपाल, केपी ओली र अमृतकुमार बोहरालाई थप्ने निर्ण्र्ाागरेको छ । स्थायी समितिमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्षहरु वामदेव गौतम, अशोक र्राई र विद्या भण्डारी, महासचिव इश्वर पोख्रेल, सचिवहरु शंकर पोख्रेल, विष्णु पौडेल र युवराज ज्ञवाली सहित नेता नेपाल, ओली र बोहरा रहनुहुनेछ । यस्तै आजको बैठकले वरिष्ठ नेतामा माधवकुमार नेपाललाई र्सवसम्मतिले चयन गरेको छ । नेपाल अव नेकपा एमालेको वरिष्ठता क्रममा दोस्रो स्थानमा रहनुहुनेछ । आजको बैठकवाट पोलिटव्यूरोको टुङ्गो लगाउने भनिएपनि केन्द्रीय सदस्यहरुबीच सहमति जुट्न नसक्दा टुङ्गो लाग्न सकेको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक