20090331

ज्यानकै खतरा, न्यायाधीशहरू आतंकित !!!

सर्वोच्च अदालतका न्यायाधीश माओवादी हिट लिस्टमा

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले सर्वोच्च अदालतका न्यायाशीध कल्याण श्रेष्ठलाई हिट लिस्टमा राखेको छ। माओवादीले आफ्ना दुश्मनहरूलाई हिट लिस्टमा राख्ने र मौका पाउनासाथ हत्या गर्ने पुरानो शृंखलालाई जारी राखेका कारण अहिले न्यायाधीशहरू आतंकित बनेका छन्। नेपाली सेनाका आठ जर्नेललाई अवकाश दिने सरकारको निर्णय गैरकानुनी रहेको फैसला गरेबापत सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठलाई माओवादीले हिट लिस्टमा राखेको हो। फैसलालगत्तै सडकमा उत्रेका माओवादी नेता, कार्यकर्ता तथा छापामारहरूले उत्तेजक नारा लगाउँदै सर्वोच्च अदालतमा लालझण्डा गाड्ने घोषणा गरेका थिए।
हाल अर्थमन्त्री रहेका सो पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले पनि शनिबार एक सार्वजनिक समारोहमा बोल्दै अदालत र नेपाली सेना आफ्नो पार्टीको नियन्त्रणमा आउन नसकेको बताएका थिए। उनको भनाइ थियो, 'यी दुई निकाय हाम्रो पार्टीको नियन्त्रणमा आउन मान्दैनन् भने के
सजाय गर्नुपर्छ, हामीले जानेका छौं। पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी, नागरिक समाजलाई आफ्नो नियन्त्रणमा ल्याउने नाममा उसले हत्यालाई आधार बनाएको थियो। अब माओवादी हत्याको सिकार न्यायाधीशहरू बन्ने हुन् कि भन्ने अनुमानलाई मन्त्री भट्टराईको अभिव्यक्तिले पुष्टि गरेको छ। डा.भट्टराईले उक्त अभिव्यक्ति दिएलगत्तै अपरिचित संदिग्ध व्यक्तिहरूको चहलपहल न्यायाधीश श्रेष्ठको कुपण्डोलस्थित निवासवरिपरि बढ्न थालेको छ। साथै, उनलाई टेलिफोनद्वारा धम्की दिइएको छ। राज्यको सुरक्षा संयन्त्र माओवादीसँग भएका कारण अब न्यायाधीश श्रेष्ठले जीवन बचाउन कोसँग गुहार माग्ने? भन्ने प्रश्नले न्यायाधीशहरू आतंकित बनेका छन्। प्रेसमा लगाइएको सेल्फ सेन्सरसीपजस्तै अदालतको फैसलामा पनि सेल्फ सेन्सरसीप लगाउन न्यायाधीशहरू बाध्य हुनेछन्।
नेपाली सेनाका आठ उपरथी -जर्नेल) हरूलाई अवकाश दिने सरकारी निर्णयाई कार्यान्वयन नगर्न श्रेष्ठले आदेश दिएपछि उनी अहिले माओवादीविरुद्ध रहेका बताइँदै छ। यसै गरी उनी पुनरावेदन अदालतमा कार्यरत रहँदा माओवादी पक्षधर रहेका भनी २०५७ सालमा सर्वोच्च अदालतबाटै स्पष्टीकरण सोधिएको थियो। कहिले राज्यपक्षबाट कहिले माओवादीबाट विरोधीका रुपमा आरोप लगाइँदै छ सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठलाई। कहिले राज्यपक्ष विरोधी त कहिले माओवादी विरोधीको आरोप लागेका न्यायाधीश कल्याण श्रेष्ठ भन्छन्- ँसंविधान र कानुनबमोजिम मैले गर्ने हो।’
आठ उपरथीको अवकाशको निर्णयकार्यान्वयन नगर्न न्यायाधीश श्रेष्ठले आदेश दिएपछि मन्त्रीलगायतले नै न्यायापालिकाविरुद्ध विभिन्न लाञ्छनाहरू लगाउँदै आएका छन्। न्यायाधीशको पुतलासमेत दहन भइरहेका छन्। कानुन व्यवसायी भीमार्जुन आचार्य भन्छन्- ँन्यायापालिकामाथि यति ठूलो आक्रमण भएको मैले यसभन्दा अघि सुनेको र देखेको थिइनँ।’
माओवादीको ँजनयुद्ध’ चरम अवस्थामा रहँदा न्यायाधीश श्रेष्ठ पुनरावेदन अदालत बुटवलमा कार्यरत थिए। २०५७ सालमा बन्दी अवस्थामा सो अदालत पुर्याइएका माओवादी समर्थित ताराप्रसाद भुसाललाई न्यायाधीश श्रेष्ठले रिहा गर्न आदेश दिएका थिए। भुसाललाई रिहालगत्तै सुरक्षाकर्मीले पुनः पक्राउ गरेका थिए। अदालतको अवहेलनामा कारबाहीमा परेका सुरक्षाकर्मीलाई डाकिएको उनीहरू अदालत गएनन्। यत्तिकैमा विवादले उग्ररुप लिएपछि २०५७ साल असार ११ गते बसेको सर्वोच्च अदालतको फुलकोर्टले श्रेष्ठसँग स्पष्टीकरण माग गरेको थियो। किन त्यसो गरेको भनेर।
न्यायाधीश श्रेष्ठ भन्छन्- ँत्यस बेला सर्वोच्च अदालतसँग केही विवाद परेको हो। पुनरावेदन अदालतलाई नै स्पष्टीकरण सोधिएको हो।’ न्यायाधीश श्रेष्ठको निष्पक्षतामाथि प्रश्नचि³न उठाउन नहुने विज्ञहरू बताउँछन्। महान्यायाधिवक्ता राघवलाल वैद्यले न्यायाधीश कल्याण श्रेष्ठको निष्पक्षतामा कसैले नजरअन्दाज गर्न मिल्दैन भने। वैद्य भन्छन्- ँजुलुस गर्ने, पुतला जलाउने काम कसैले गर्न हुँदैन। न्यायालयले गरेका आदेशलाई बदल्ने वैधानिक बाटो छ। सोहीअनुरुप गर्नुपर्छ। न्यायालयलाई जोगाउने कर्तव्य सरकार, राजनीतिक नेतालगायत सबैको हो।’


Nepal Education and Culture Center
Vitalizing Action Committee


Presents a Super hit Nepali film Ma Timi Bina Marihalchhu On the occasion of
Nepali New Year 2066 With renowned artists Bhuban KC, Jharana Thapa, Susmita KC, Sushila Rayamajhi and many emerging artists

Venue:
Loehmann’s Plaza, 7291 Arlington Blvd, Falls Church, VA 22042
Date: Sunday, April 12, 2009, Time: 3:00 pm
Tickets: $10.00 (free for 10 years & under children)

Attraction:
Film Star Bhuban KC will meet and greet, A touching story related to Nepali diasporas, women & children A mixed story of love and patriotism


Contacts for more information:
Rosan Pratap Rana: 301-330-5823, Gopal Rayamajhi:301-330-0193, Bipin Upreti: 703-909-0460, Beda Pradhan: 301-949-7562 Rajendra Rimal: 240-498-4445, Saroj Prajapati: 240-246-5821, Nirmal Thapa:703-276-2352, Sagar Kadel: 571-309-8897, Ram Chandra Bhattarai:571-344-1236, Ram Prasad Khanal:703-419-0924, Madhav Pokharel:703-628-7338, Kamal Bhattarai:703-973-4574, Kabindra Sitaula:571-259-3984, Kris Ghimire: 443-858-1491, Netra Ghising:703-597-4098, Khilendra Neupane: 301-987-0588, Prem Sangraula: 703-356-3874

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक