20090328

माओवादी सरकार छाड्ने एमाले चेतावनी


नकेपा एमालेले पार्टीको युथफोर्सका रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको माओवादीद्वारा हत्या भएको भन्दै त्यसका विरुद्ध शनिबार देशव्यापी विरोध प्रदर्शन र सभा गरेका छ। एमालेका अध्यक्ष झलनाथ खनालसहितका नेताले विरोधसभालाई सम्बोधन गर्दै हत्यामा जिम्मेवारी वाईसीएलका जिल्ला अध्यक्ष सुजीत विकसहितका कार्यकर्तालाई कारबाही नगरिएमा आफ्नो दलले माओवादी नेतृत्वको सरकार छाड्ने चेतावनी दिएका छन्। रुपन्देहीका पत्रकार भवानीप्रसाद पाण्डेले दिएका जानकारीअनुसार बुटवलमा थैवको शवयात्रापछि तिनाउ नदी किनाराको घाटमा शनिबार अपराह्न अन्त्येष्टि गरियो। अन्त्येष्टिमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै खनालले थैवको हत्यारालाई कारबाही गर्न आफ्नो पार्टीले किटानीसहित जाहेरी दिएको उल्लेख गर्दै कारबाही नगरिए सरकार छाड्ने चेतावनी दिएका हुन्। ´माओवादीले थैवका हत्या गर्ने अपराधीलाई कारबाही गरेन भने एमाले उसको नेतृत्वको सरकारमा बस्दैन´ उनले भने। उनले जनमुक्ति सेनाका शिविरहरु अपराधीहरुको आश्रयस्थल होइन भन्ने प्रमाणित गर्न माओवादीलाई चुनौतीसमेत दिएका छन्। उनले एमाले लोकतान्त्रिक शक्तिहरुसित सहकार्य गर्न तयार रहेकोसमेत बताए। शवयात्रा र अन्त्येष्टिमा दस हजारभन्दा बढी उपस्थित थिए। शवयात्रा र अन्त्येष्टिमा पार्टी अध्यक्ष खनाल, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेललगायतका नेताहरु सहभागी भएका थिए। शवयात्राका क्रममा एमाले र माओवादीबीच बुटवलमा केही बेर ढु‌ङ्गा हानाहानसमेत भएको थियो। माओवादीले एमालेको विरोधमा बुटवलमा बिहानैदेखि अपराह्नसम्म पटकपटक प्रतिरोध जुलुस निकालेको थियो। माओवादीको जुलुसका सहभागीले भाला र खुकुरीसमेत बोकेका थिए।
रुपन्देही जिल्ला प्रशासनले थैवको अन्त्येष्टि सकिनासाथ बुटवल नगरका सबै वडा र बुटवलदेखि सुनौलीसम्मको सिद्धार्थ राजमागार्गमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। प्रशासनले थैवको शवयात्रा र अन्त्येष्टि कार्यक्रमका लागि बुटवलमा लगाइएको कर्फ्यू अपराह्न ५ बजेसम्मका लागि हटाएको थियो।
यसैबीच एमालेले हत्याका विरुद्ध शनिबार अपराह्न राजधानीमा समेत विरोध प्रदर्शन र सभा गरेको छ। एमालेको रत्नपार्कबाट निस्किएको जुलुस न्युरोड हुँदै रत्नपार्कमा नै फर्केर विरोधसभामा परिणत भएको थियो। राजधानीमा आयोजित विरोध कार्यक्रमलाई सम्बौधन गर्दै एमालेका सचिव शंकर पोखरेलले माओवादी जनमुक्ति सेनाको शिविर अपराधीहरुको आश्रयस्थल बनेको र त्यहीँबाट आएर निहत्था कार्यकर्ता एव‌ आमजनतामाथि हत्या, अपरहणजस्ता आक्रमण हुने गरेको बताए। उनले माओवादीको अराजक व्यवहार नसच्चिए आफ्नो पार्टीले माओवादी नेतृत्वको सरकार छाड्ने चेतावनी दिए। यसअघि एमालेले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न वाईसीएलका रुपन्देही जिल्ला अध्यक्ष सुजित लगायतको समुहलाई कारवाही नगरेसम्म मन्त्रीपरिषद बैठकमा भाग नलिने बताएको थियो।

Nepal: In need of a leadership


The leader is one who touches the heart of the millions. The millions keep a leader inside their heart with respect. However, we Nepalese are very unfortunate not to have any such leader. At present, there is no one whom people can find a quality of leadership.

The leader should have no personal interests. The interests of the leader are confined to the welfare of the nation and the people. The persons working for the party and family interests are not the leaders but the family heads and the agents of the party. At most, they could be pin-pointed as the politician.

Nepal is in complete division. No one is ready to accept other’s point of view. There is very little chance that all views are amalgamated and brought into a useful compound. No one is ready to listen to the real masses. Had there been any leader, he or she might have stood up and said it is the people whose voice needed to be heard. Once the people’s voice is heard, it is very likely the position of a politician is eroded. Here, why Nepal ’s politicians are in favor of division among the Nepalese people. ‘Divide and rule’ is the ultimate goal of all to remain on the helm of the society by protecting the status of politicians.

There were few persons who had some quality of leadership. Among them, I can count these names: BP Koirala, Subarna Shumshere, Ganesh Man Singh, Manmohan Adhikari, CK Prasai and Krishna Prasad Bhattarai. It might be my personal opinion. These leaders never though of dividing nation and the people for the personal or party interests. They all followed the Great King Prithvi Narayan Shah’s principle of having single Nepal . They felt proud to salute the Great King Prithvi Narayan Shah. But the present politicians and many others saw our history of bravery as fault because of their deep-rooted interests.

I was very much attracted to the politics and social services. I served as President of the Student’s Union representing Nepal Student’s Union affiliated to Nepali Congress. Following the removal of the Monarchy, Hindu religion and the efforts to bring Nepal ’s division, like many of us, I also began to have no respect and trust upon the Nepali politicians. We, Nepalese need the leader who can unite us together, who can protect our glorious past and lead to the better future. It is only the Crown which can protect our unity and lead to better future. Hence, the relevance of the Crown still exists.

- Kamala Prasai,
NY.
nepaliwomendiaspora@yahoo.com


बेल्जियममा नेपाली सांस्कृतिक रेस्टुरेन्ट खुले
- पुरुशोत्तम सुबेदी

युरोपकै राजाधानी भयको एउटा सानो देश बेल्जियममा गत केही बर्ष देखी अहिले सम्म यहाँ रहेका नेपालीहरुले आफ्नो निजी ब्यवसाय लाई तिब्र रुपमा अगाडि बढाएका छन । नेपालमा जस्तो पैसा भए पछी जे पनि गर्न पाइने सरकार लाई ट्याक्स दिन पनि नपर्ने सरकार नै माफिया भएको देश त बेल्जियम होइन । यहाँ एउटा सामान्य हाएर कटिङ सैलुन खोल्न पनि डिप्लोमा सर्टीफिकेट हुनु पर्छ । तर सामान्य भने पनि बेल्जियममा हाएर कटिङ सैलुन पेसा खोल्ने सिप भएका नेपालीहरु भने देखिएका छैनन । तर जे होस बेल्जियममा अन्य ब्यवसायहरु जस्तै-रेस्टुरेन्ट कम्युनिकेसन दिवापसल रात्रीपसल मनीट्रान्फर कपडापसल फास्ट्फुड देखी पिज्जा रेस्टुरेन्ट सम्मका ब्यवसायमा नेपालीहरु हाल तिब्र गतिमा अगाडि बढीरहेका छन ।
बिजनेस ब्यवसाय खोल्ने क्रममा गत २८ मार्च २००९ शनिबार बेल्जिग नागरिक लाई भोजमा सरीक गराइ बेल्जियमको एन्टवेरपेन सहरमा एन आर एन बेल्जियमका भुतपुर्व अध्यक्ष युवराज गुरुङ र बिमल सुब्बा मिली नेपाली रेस्टुरेन्ट (यती हाउस) नाम बाट सुरुवात गरेका छन भने ठीक त्यसको भोली पल्ट २९ मार्च आईतबार को दिन झन्डै ५०० जना नेपालीहरु लाई मनोरन्जनात्मक भोज कार्यक्रममा सरीक गराई थप रौनक दिलाएका थिए । उक्त ओपनिङ भोज कार्यक्रममा बेल्जियमका प्रमुख सांस्कृतिक टोली तथा चर्चित नेपाली गायककार नारायण धिताल र मोना ताम्राकार द्वारा बिभिन्न लोक भाकामा गीतहरु प्रस्तुत गरी अतिथितीहरुलाई स्वागत मनोरन्जन दिलाइएको थियो ।
रेस्टुरेन्ट संचालक युवराज गुरुङ ले उपस्थित नेपाली पाहुना हरुलाई २९ तारिख कार्यक्रमको प्रथम चरणमा आफ्नो रेस्टुरेन्ट बाट बेल्जियम को नेपाली समाज लाई सहयोग पुर्याउने र सोही समाज बाट आफुलाई पनि सहयोग मिल्ने धारणा ब्यक्त गरे भने नेपाल बाट युरोप भ्रमणमा रहेका बर्तमान संबिधान सभाका सभासद पासाङ् सेर्पाले बेल्जियममा नेपाली ब्यवसाय अगाडि बढ्नु भनेको नेपाल लाई प्रत्यक्ष फाईदा पुग्नु हो भन्ने मनसाय ब्यक्त गरे । एस रेस्टुरेन्ट का मुख्य आकर्सक कार्यक्रम भनेको बेला बेलामा सांस्कृतिक कार्यक्रम हुनु र क्याट्रिङ् सर्भिस गर्नु पनि मुख्य रहेका छन । साथै बिभिन्न नेपाली सामाजिक संग संस्था हरु लाई सक्दो सहयोग पुर्याउने प्रतिबद्धताले पनि रेस्टुरेन्ट लाई थप उर्जा प्रदान गरेको छ । कार्यक्रमको अन्तमा अतिथिहरु आफैले पनि गीत गाएर नाचेर भरपुर मनोरन्जन प्राप्त गरेका थिए ।

नेपाली ब्यावसायी संघ बेल्जियम कार्यशाला गोस्ठि सम्पन्न

३० मार्च सोमबार २००९ मा नेपाली ब्यावसायी संघ बेल्जियमले ब्यावसायिक हक हित र बेल्जियमका Tax नितिहरु संब्न्धी - मेन विथ अ प्लान (MEN With a Plan ) बिषयक १ दिने कार्यशाला गोस्ठी अत्यन्त सौहार्दपूर्ण वाताबरणमा सम्पन्न गरेको छ । ब्यावसायी संघ प्रमुख अर्जुन श्रेस्ठको अध्यक्षतामा दुतावसका प्रथम सचिव दुर्गा भण्डारीको प्रमुख आथित्यमा दिप ज्वलन गराइ संचालन गरिएको उक्त एक दिने कार्यसाला गोस्ठी लाई संस्थाका महासचिव ओमकार शर्मा ले संचालन गरे । राज कुमार लामाको स्वागत मन्तब्य देखी सुरु गरियको उक्त महत्वपूर्ण कार्यशाला गोस्ठीमा प्रमुख अथिति दुर्गा भण्डारी एन आर एन बेल्जियमका अध्यक्ष पि जि शेर्पा जन प्रगतीशिल मंच का अध्यक्ष बिष्णु भुजेल नेपाली ब्यवसायी संघका भुपु अध्यक्ष राधा कृष्ण अधिकारि लगायतका अथितिहरु ले नपाली ब्यावसायिक संघ बेल्जियम किन ? र के का लागि ? भन्ने बारे आ-आफ्नो धारणा ब्यक्त गरे ।
उक्त समरोहमा सोही संस्थाका बरीस्ठ सल्लाहकार कृष्ण खतिवडा एबं अन्य संघ संस्था बाट थुप्रै नेपालीहरुले सहभागिता जनाएका थिए । त्यस्तै ट्रेनर Adriaan De Leuw ले करीव साँढे दुई घण्टा गोस्ठिमा सहभागि ब्यापारि तथा गैर ब्यापारि ईच्छुक नेपालीहरु लाई कुन ठाउमा कस्तो ब्यवसाय गर्ने ? कती लगानी गर्ने ? कसरी गर्ने ? आफु प्रोडक्ट हो कि डिस्टिब्युटर ? आफुमा के छेमता छ ? बेल्जियमको ट्याक्स निती कस्तो छ ? बजार ब्यवस्थापन कसरी गर्ने ? उध्योग दर्ता कसरी गर्ने ? आत्मा निर्भर कसरी बन्ने ? राज्य र ब्यवसायको के सम्बन्ध छ ? ब्यक्तिले ब्यवसाय संचालन गर्दा के कस्ता चुनौतिहरु देखा पर्छन ? आदी यावत कुराहरुको स्पस्ठ जानकारी गराएका थिय । साथै गोस्ठिमा सहभागिहरु लाई प्रमाण पत्र बितरण गर्ने क्रममा संस्थाका सल्लाहकार कृष्ण खतिवडा द्वारा बिष्णु भुजेल र अन्य केही सहभागि लाई प्रमाण पत्र बितरण गर्नु भयो भने राधा कृष्ण अधिकारि ले समारोहका सदस्यहरु लाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
साथै बेल्जियममा सबैको मिलिमतो भएमा नेपाली सुपर मार्केट बेल्जियम खोल्न सकिने र नेपालमा उत्पादित सबै खाले कृषिजन्य तथा जडिबुटी हेन्ड क्र्याफ्ट जस्ता उपयोगी बस्तुलाई बेल्जियमको बजारमा सप्लाएर्स गरी आफ्नो लगाएत नेपालको पनि आर्थिक ईस्थिती माथि उठ्ने धारणा समेत समारोहमा छलफल चलेको थियो ।

बेल्जियममा ब्यवसाय संचालन गर्दै आएका नेपाली मुल्का नागरिकहरुकै हक हितको लागि सन २००६ मा स्थापना भएको उक्त ब्यावसायिक संघ भित्र बेल्जियमका सबै नेपाली ब्यापारिहरु भने संलग्न भै सकेका छैनन । झन्डै १०० को संख्या पार गर्नै लागेको नेपाली ब्यावसायीहरु मध्य आधा सय जती ब्यावसायी हरु मात्र यस संस्थामा सदस्यताका सहभागि भएका छन


बेल्जियम एक - नेपाली अनेक

युरोपको सानो मुलुक बेल्जियममा करीव ४००० नेपालीहरु स्थाइ र आस्थाइ रुपमा बसोवास गर्दै आइ रहेका छन भने यिनै ४००० नेपाली माझ ४० संघ सस्थाहरु रहेका छन । खोलियका सबै संघ संस्थाहरुको उद्यस्य राम्रै भयता पनि यि संस्थाहरु लाई संस्थागत गरी समाज समक्ष विश्वाश जित्न भने हाल सम्म कुनै एक संस्थाले पनि सकिरहेको छैन । बेल्जियममा सामाजिक काम गरी आत्मा सन्तुस्टी गर्न चाहने थुप्रै समाज सेवीहरु पनि छन
भने अरुको नेत्रित्व अस्विकार गर्ने आफु केही गर्न नसक्ने हरुको भिडको पनि यहाँ कमी छैन
गएको एक बर्ष देखी यता यहाँका नेपाली राजनीतिक पार्टिका संस्थाहरुमा पनि त्यतिकै मन मुटाव देखियको पाईन्छ भने एन आर यन बेल्जियम भित्र पनि राजनीतिक पुर्वाग्रही को ८ रेक्टर को भुकम्पले प्रवेस गरेको छ । त्यस्तै अन्य थुप्रै छेत्रीय जातिय र सामाजिक संघ संस्थाहरुमा पनि आपसी खिचातानिले कुनै महत्वपूर्ण काम अगाडि बढ्न सकिरहेको छैन । यही थुप्रै संघ संस्थाहरुको माझबाट जुर्मुराएर उठेको नेपाली ब्यावसायी संघले भने एन आर एन बेल्जियम लाई नै छायामा पार्ने गरी अगाडि बढ्ने प्रवल संभावना बढेर गएको छ । कुनै पनि संघ संस्थाले राम्रो कार्य संचालन गर्न त्यस भित्रका सदस्यहरुमा निर्भर हुन्छ । नेपाली ब्यावसायी संघ बेल्जियमका सबै सदस्यहरुमा हाल सम्म कुनै मत मतान्तर नदेखियको हुनाले र संस्थाले कुसल नेत्रित्व पाएको हुनाले आगामी दिनमा नेपाली ब्यावसायी संघ बेल्जियमले यहाँ रहेका सबै संस्थाहरु भन्दा बेग्लै पहिचान राख्न सक्ने पक्का देखिन्छ । संघका अध्यक्ष अर्जुन श्रेष्ठ लाई पनि यस घडीमा संस्था द्वारा आफ्नो सामाजिक सेवाको क्षेत्र कती फराकिलो त ? भनी कसिकै रुपमा हेर्ने बेला आएको छ । - पुरुशोत्तम सुबेदी -

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक