20090328

शनिबार, आईतवार : कबिता, गजल, गीतपनि

असाध्यै डर लागिरहेको छ
-बिनोद खड्का

आकाशमा चील र गीद्धहरु नाँचिरहेका छन
धरतीमा ओर्लने अधैर्य प्रतिक्षामा
चीतुवा र श्यालहरु चिहाईरहेछन
वस्तीमा गएर लुछ्ने प्रतिक्षामा
वस्तीमा हाहाकार मच्चिरहेको छ
आतंक र अविश्वाश मडारिईरहेको छ
एउटा भाई अर्को भाईको माथी खनिएको छ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ ।

स्वार्थका चक्रव्यूहहरुभित्र
नैतिकताका कुराहरु हराउदै गएका छन
सेवा र मानवधर्मका कुराहरु
राजनितीका भ्रमहरुले निमोठीरहेका छन
आवाजै आवाजहरु बोकेर
वस्ती र वाटोहरु बलिरहेको छ
संरक्षण र सम्वर्धनको लामो प्रतिक्षामा
देश एउटा असहाय झै रोईरहेको छ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ ।

लुछालुछ खोसाखोस र तानातानले
चोली अझै च्यातिदै गएकॊ छ
फाटेको चोली फेरी दिन्छु भन्ने छोरो
भीडभित्रै खोई कता पो हराईरहेको छ
पीडामा मल्हम लगाउने कुरा गर्ने छोरो
आज भोली साँढा पल्टेको छ
यता ठग्दैछ उता ठग्दैछ
मानौ यस्तो लाग्दैछ ठगीकै खेती गर्दैछ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ ।



देश चिनाउँदै…
-मनप्रसाद सुब्बा

उसले मेरो देशको मानचित्र हेर्न माग्यो
मैले यौटा पिपलको पात देखाइदिएँ
उ छक्क पर्योप ! मैले भनेँ –
‘मुटुजस्तो छैन र यो?’
अनि उसले मेरो देशका
सीमानाहरू जान्न चाह्यो
मैले टाढा उडिरहेको चराहरू देखाइदिएँ
मेरो देशको इतिहास सोद्धा
जबाबमा उसलाई मेले
माटो र पानीको इतिहास सोधेँ
उसले मेरो देशको गीत पनि सुन्न चाह्यो
मैले भनेँ – सुन्नू बिहानै भाले बासेको
परेवाहरू घुरेको अनि पानी झमझम परेको
नानीहरू रोएको/नानीहरू नै हाँसेको
जब उसले मेरो देशका
आस्थाहरू बुझ्न खोज्यो
मैले उसलाई प्राचीन प्रेमका कथाहरू सुनाइदिएँ
मेरो देशको भाषाबारे सोद्धा
जवाबमा उसलाई मैले
रुवाइ र हँसाइको भाषा दोधेँ



देशै तिम्ले भुल्यौ कि
-मञ्जु खड्का

देशै तिम्ले भुल्यौ कि त चट्टै माया मारी
बिसाउँकी बोकूँ मैले सम्झनाको भारी

टेम्के वनमा चाँप फुल्छ तिमी कहाँ फुल्छौ
गैरी खेतमा झुल्यो धान तिमी कहाँ झुल्छौ
भंज्याङ छोडी गयौ तिमी गावै एक्लो पारी
बिसाउँकी बोकूँ मैले सम्झनाको भारी

मेलापात, पधेरीमा खाँचो हुन्छ तिम्रो
फर्की आऊ स्वदेशमै गरौँ काम हाम्रो
भेलबाढीले लग्यो बरै हाम्रो खेतबारी
बिसाउँकी बोकूँ मैले सम्झनाको भारी

- छितापोखरी, खोटाङ

मन लाग्छ
-मधु शर्मा, काठमांडू नेपाल

तिम्रो लागी म
आकाश झै फराकिलो भए
पातळ झै गहिरो पनि
झांगिये म सारा ब्रामांड भरी
मेरो बिसालता अनि गहिराईको
शीमा अनंत थियो
हावा भरिएको बेलुनको
बिसालता लिएर तिमी
म संग नाजिकियेऊ
तेसई गरि हाबा फुस्किनु संगै
तिम्रो बिसालाता बिलायो हावामाँ नै !

जती जती म फैलदै गए
तेती तेती तिमी सागुरिदै गएऊ
मेरो फैलाईले ब्रमांड ढाके पछि
तिमी यती सानो भएर सागुरियेऊ की
पतन भएर बिलायेऊ
धरतीको कुनै अनजान गर्भमा !

आज सम्म पनि
मेरा तिमी प्रतिका
निश्छल शुभेक्छया र सदभाव हरु
तिम्रा म प्रतिका कपटी दुर्भाबना
र झुटा आश्वोसनहरुको
सकुनी पासाको भुमरिमा लपेटीयेर
घाईते भई छटपटी रहेका छन !

शिन्गै समुन्द्र ओहिराउदा
शिन्चन नहुने तिम्रो त्यों
ऊजाड मरुभूमि तुल्य
अस्ट्बक्र आकृति माथि
पुरै प्रसान्त महासागरमा
संसार भरीको कालो रंग
घोलेर तिम्रो टाउको माथी
खनाउना मन लाग्छ !

संसार भरिका थोत्रा
गनाउने जुत्ताको माला
तिम्रो गलामा पहिराहेर
तिमीलाई पुरै ब्रमांड
घूमाउना मन लाग्छ
र चिच्याई चिच्याई
भन्न मन लाग्छ
हेर हेर मानिस हो
यही नै हो
शैतान को मनुष्य रूप


गजल

-अमर क्षितिज

बुझे पुग्ने यता समोसाका बारेमा ।
बुझनै पर्ने उता वासाका बारेमा ।।

दाङ ,थबाङ, चुनबाङ खोजे पुग्थ्यो यता ।
खोज्नै पर्ने उता खासाका बारेमा ।।

घोराही, तुल्सीपुर ,लमही जाने पुग्थ्यो यता ।
जान्नै पर्ने उता ल्हासाका बारेमा ।।

लेखे पुग्थ्यो झुला र छडके केहो ।
लेख्नै पर्ने उता नासाका बारेमा ।।

चिने पुग्थ्यो यता र्साईली र कान्छीलाई ।
चिन्नै पर्ने उता शौरभी र बिपासाका बारेमा ।।

डिस्को र क्यासीनोमा रम्नेहरुलाई ।
के थाहा कौडा र पासाका बारेमा ।।
-रेडियो इन्द्रेणी दाङ


नेपाली लोकतान्त्रिक मञ्च, बेल्जियम,प्रेश बक्तब्य

एकिकृत नेकपा-माओवादी) का तथाकथित तालेवानी मिलेसिया अराजक वाइसिएलका आततायि जल्लादहरुबाट संगठित र नियोजितरुपमा प्ररायू,संघ रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवलाई कायरतापर्ुण्ा हत्याको समचारले हामी बेल्जियमबासी नेपालीहरु मर्माहत भएका छौं र सिंगो मुलुकलाई नै त्राहिमाम पार्न आङ्खना नन्दिभृङ्गहिरुलाई छाडा छोडि ताण्डव नृत्य देखाउने अत्ति नै गैह्रजिम्मेवार तथा नरहिंस्रक सामाजिक अपराधी शैन्य फासिबादि एकिकृत नेकपा-माओवादी) प्रति त्रि्र घृणा र आक्रोश पोख्दै घोर निन्दा र भर्त्सना गर्दछौं ।
बिवेक देवकोटा, बिकाश लम्साल, राज बहादुर मल्ल, गोपाल गुरागार्ंइ, धर्म पौडेल,टिका चेम्जोङ्ग, राजेन्द्र र्राई लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु योजनाबद्ध एवं श्रंृखलाबद्धरुपमा आततायी माओबादीको सिकार बनिरहेको अबस्थामा र साथै नेपाली जनताको बिरुद्धमा शत्ताको आडमा राज्यको सबै निकायहरुमा श्वेत आतंक र सामाजिक तहमा लुट,डकैत, हत्या, हिंसाकै बलमा सामाजिक अपराधलाई चुल्याउदै देशलाई अराजकताको परकाष्ठामा पुर्‍याउने शैन्य सामाजिक फासिबादी एकिकृत नेकपा-माओवादी) को शत्ताको बैशाखी नबनिरहन र तत्कालै सरकारबाट फिर्ता आउन नेपाली जनताको गौरबशाली पार्टर्ीीेकप-एमाले) लाई हामी जोडदार माग गर्दछौं ।
साथै जनअपराधीहरुको आश्रयस्थल माओबादीका क्याण्टोनमेण्टरुपी नरभक्षी गुफाहरुमा लुकेर बसेका नेपाली जनताका हत्याराहरुलाई बेनकाव बाहिर ल्याएर कानूनि उपचार गर्न र कानूनि राज र विधिको साशनको पर्ुण्ारुपमा ग्यारेण्टी गर्न नेपाली जनताको तहबाट आबश्यक कदम अबिलम्व चाल्न हामी नेकपा-एमाले)को नेतृत्वलाइ जोडदार अनुरोध गर्दछौं ।
अन्तमा अधिनायकबादि सामजिक फासिबदी एकिकृत नेकपा-माओवादी)का जनबिरोधी काला कर्तुतहरुलाई अन्तराष्ट्रियकरण गरी उसको अशली अनुहारलाई विश्व सामु र्छलङ्ग पार्न आ-आङ्खनो ठाउंबाट एथेष्ट भूमिका निर्वाहा गर्न सम्पर्ुण्ा लोकतन्त्रबादी नेपाली संघ संगठनहरुलाई बिशेष अनुरोध समेत गर्दछौं ।
- तुलसी नाथ सुबेदी, अध्यक्ष - नेपाली लोकतान्त्रिक मंच,बेल्जियम, मिति १४ चैत्र २०६५

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक